प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ८/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको रिसको दिन आउनुअघि नै उहाँको खोजी गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • “सङ्‌कष्टको समय” बाट को उम्कने छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • ‘हे पृथ्वीका दीन जन हो, यहोवाको खोजी गर’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ८/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

के सपन्याह २:३ मा उल्लिखित “सायद” शब्दको अर्थ परमेश्‍वरका सेवकहरू अनन्त जीवन पाउने विषयमा पक्का हुन सक्दैनन्‌ भन्‍न खोजिएको हो?

यस शास्त्रपदमा यसो भनिएको छ: “हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” यस पदमा “सायद” शब्द प्रयोग गर्नुको कारण के हो?

आरमागेडोनमा यहोवाले आफ्ना विश्‍वासी जनहरूसित कस्तो व्यवहार गर्नुहुनेछ भन्‍ने कुरा बुझ्नको लागि न्याय गर्ने त्यो समय आउनुअघि नै मृत्यु हुने मानिसहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ भन्‍ने विषयमा बाइबलले सिकाउने कुरा सम्झनु मदतकारी हुन्छ। कतिले पुनरुत्थान भएपछि स्वर्गमा आत्मिक प्राणीहरूको हैसियतमा अमर जीवन पाउनेछन्‌ भने, अरूको चाहिं प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशासहित पृथ्वीमै पुनरुत्थान हुनेछ। (यूहन्‍ना ५:२८, २९; १ कोरिन्थी १५:५३, ५४) यदि यहोवाले आरमागेडोन आउनुअघि मरेका आफ्ना वफादार जनहरूलाई सम्झनुका साथै इनाम दिनुहुन्छ भने, उहाँले आफ्नो रिसको दिनमा जीवित हुने आफ्ना सेवकहरूसित पनि अवश्‍य त्यस्तै व्यवहार गर्नुहुनेछ।

प्रेरित पत्रुसका प्रेरित शब्दहरू पनि प्रोत्साहनदायी छन्‌। तिनले यस्तो लेखे: “[परमेश्‍वरले] अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो, औ सदोम र गमोराका शहरहरूलाई भस्म गर्नुहुँदा अभक्‍तहरूलाई . . . दण्ड दिनुभयो, र . . . धार्मिक लूतलाई बचाउनुभयो, . . . यसरी भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु [“यहोवा,” NW] जान्‍नुहुन्छ।” (२ पत्रुस २:५-९) विगतमा यहोवाले दुष्टहरूमाथि विनाश ल्याउनुभए तापनि विश्‍वासीपूर्वक उहाँको सेवा गर्ने नूह र लूत दुवैलाई उहाँले जोगाउनुभयो। आरमागेडोनमा दुष्टहरूमाथि विनाश ल्याउनुहुँदा पनि यहोवाले भक्‍तहरूलाई बचाउनुहुनेछ। धर्मी मानिसहरूको “एक ठूलो भीड” बच्नेछ।—प्रकाश ७:९, १४.

त्यसैले, सपन्याह २:३ मा उल्लिखित “सायद” शब्द यहोवाको अनुमोदन प्राप्त व्यक्‍तिहरूलाई बचाउने परमेश्‍वरको क्षमताबारे कुनै अनिश्‍चितता प्रकट गर्न चलाइएको होइन जस्तो देखिन्छ। बरु, कुनै व्यक्‍तिले धार्मिकता र नम्रता खोज्न थालेपछि मात्र तिनी यहोवाको रिसको दिनमा बच्ने हो कि होइन भन्‍ने सम्भव्यता हुन्छ। बच्ने, नबच्ने कुरा त व्यक्‍तिविशेषले नम्रता र धार्मिकता खोजिरहनुमा निर्भर हुनेछ।—सपन्याह २:३.

[पृष्ठ ३१-मा भएको चित्र]

“भक्‍तहरूलाई परीक्षाबाट बचाउन . . . यहोवा जान्‍नुहुन्छ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने