प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pe chap. १८ pp. १४८-१५४
  • “संसारको अन्त” नजिक छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “संसारको अन्त” नजिक छ!
  • पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • मिल्दोजुल्दो सामग्री
  • के यो संसार रहिरहनेछ?
    के यो संसार रहिरहनेछ?
  • तपाईंले सोंच्नु भएको भन्दा अबेर भइसकेको छ कि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
pe chap. १८ pp. १४८-१५४

अध्याय १८

“संसारको अन्त” नजिक छ!

१. ख्रीष्टले स्वर्गमा शासन गर्न शुरू गरी सक्नु भयो भनेर उहाँका पार्थिव अनुयायीहरूले कसरी थाह पाउँन सक्ने थिए?

येशू ख्रीष्टले शैतान र त्यसका दूतहरूलाई स्वर्गबाट बाहिर फालि दिएर आफ्नो शासन शुरू गर्नु भएको अर्थ, शैतान र यो दुष्ट रीति-रिवाजको अन्त नजिक हुनु हो। (प्रकाश १२:७-१२) तर आफ्नो आँखाले नदेखेको स्वर्गमा घटेको यो घटनालाई पृथ्वीमा हुने ख्रीष्टका अनुयायीहरूले कसरी थाह पाउने होलान्‌? ख्रीष्ट अदृश्‍य रूपमा राज्य शक्‍तिमा उपस्थित हुनुहुन्छ र “संसारको अन्त” नजिक छ भनेर तिनीहरूले कसरी बुझ्ने होलान्‌? येशूले दिनु भएको “चिन्हको” पूर्ति भइरहेको छ वा छैन भनी जाँचेर हेर्दा तिनीहरूले बुझ्न सक्ने थिए।

२. ख्रीष्टका चेलाहरूले उहाँलाई के प्रश्‍न सोधे?

२ येशूको मृत्यु हुनु भन्दा केही समय अघि, उहाँ जैतून डाँडामा बस्नु हुँदा, उहाँका प्रेरितहरू मध्य चार जनाले उहाँलाई एउटा “चिन्ह” वारे सोधे। तिनीहरूले सोधेको प्रश्‍नलाई किंग जेम्स भर्सनमा करोडौं मानिसहरूले यसरी पढ्‌दछन्‌: “हामीलाई भन्‍नुहोस्‌, यो कुरा कहिले हुनेछन्‌, र तपाईंको आगमन र जगत्‌को अन्तको चिन्ह के हुन्छ?” (मत्ती २४:३) तर, यी वाक्यांश, “तपाईंको आगमन” र “जगत्‌को अन्त” को यथार्थ अर्थ के हो?

३. (क) “तपाईंको आगमन” र “संसारको अन्त” भन्‍ने वाक्यांशको वास्तविक अर्थ के हो? (ख) उसो भए ख्रीष्टका चेलाहरूले सोधेको प्रश्‍नको शुद्ध अनुवाद के हो?

३ यहाँ “आगमन” शब्द, युनानी शब्द पारूसिया बाट अनुवाद गरिएको छ, र यसको अर्थ “उपस्थिति” हो। अत:, त्यो “चिन्ह” देखा पर्दा, ख्रीष्ट अदृश्‍य हुनुभएता पनि उपस्थित हुनुहुन्छ, र उहाँ राज्य शक्‍तिमा आइसक्नु भएको छ भनेर थाह हुनेछ। “जगत्‌को अन्त” भन्‍ने वाक्यांश पनि भ्रमात्मक छ। यसको अर्थ पृथ्वीको अन्त होइन, बरू शैतानको रीति-रिवाजको अन्त हो (२ कोरिन्थी ४:४) त्यसकारण, प्रेरितहरूले सोधेको प्रश्‍न पढ़ने सही ढ़ङ्‌ग यो हो: “हामीलाई भन्‍नुहोस्‌, यो कुरा कहिले हुनेछन्‌, र तपाईंको उपस्थिति र यो रीति-रिवाजको अन्तको चिन्ह के हुनेछ?”—मत्ती २४:३, न्यु वर्ल्ड ट्रान्सलेशन.

४. (क) येशूले दिनु भएको “चिन्हमा” के कुराहरू समावेश छन्‌? (ख) “चिन्हलाई” एउटा औंलाको छापसँग कसरी तुलना गर्न सकिन्छ?

४ येशूले “चिन्हको” रूपमा एउटा घटना मात्र दिनु भएन। उहाँले धरैनै घटनाहरू र परिस्थितिहरू भन्‍नुभयो। मत्ती वाहेक बाइबलका अन्य लेखकहरूले “अखिरी दिनको” चिन्हको रूपमा अझ थप घटनाहरू उल्लेख गरेका छन्‌। अग्रिमवाणी गरिएका ती सबै कुराहरू त्यस समयमा घटने छन्‌ जसलाई बाइबलका लेखकहरूले “आखिरी दिन” भनेका छन्‌। (२ तिमोथी ३:१-५; २ पत्रुस ३:३, ४) ती घटनाहरू एउटा व्यक्‍तिको औंलाको छापमा हुने विभिन्‍न रेखाहरू जस्तै हुन्‌, जुन्‌ छाप कुनै अन्य व्यक्‍तिसँग मिल्दैन। “आखिरी दिनका” आफ्नै किसिमका चिन्हहरू र घटनाहरू छन्‌। ती जम्मै मिलेर औंलाको एउटा “निर्दिष्ट छापको” रूप लिन्छन्‌ र त्यो छाप अन्य कुनै औंलाको छापसँग मिल्ने छैन।

५, ६. जसै तपाईं अगाड़िका पानाहरूमा “आखिरी दिनका” ११ वटा प्रमाणहरूको जाँच गर्नु हुन्छ, “यस रीति-रिवाजको अन्त” वारे के बुझ्नु हुन्छ?

५ यस पुस्तकको १६ वाँ अध्यायमा बाइबलको प्रमाणबाट हामीले ठहराइ सक्यौं कि १९१४ सालमा ख्रीष्टको पुनरागमन भयो र उहाँले आफ्ना शत्रुहरूका माँझमा शासन गर्न शुरू गरी सक्नु भयो। अब ख्रीष्टको उपस्थितिको “चिन्हका” विभिन्‍न भागहरू र शैतानको “आखिरी दिनको” अझ थप प्रमाणहरू तर्फ ध्यानपूर्वक दृष्टि दिउँ। अगाड़िका चार पानाहरूमा जसै तपाईं ती अग्रिमवाणी गरिएका कुराहरूको पूर्तिलाई जाँचगर्नु हुनेछ, ती सबै कुराहरूको पूर्ति १९१४ देखिन्‌ कसरी पूरा भइ रहेछन्‌ भन्‍ने कुरालाई ध्यान दिनुहोस्‌।

“जातिको विरुद्धमा जाति, राज्यको विरुद्धमा राज्य हुनेछ।”—मत्ती २४:७.

निश्‍चय पनि तपाईंले १९१४ देखिन्‌ “चिन्हको” यो भागको पूर्ति भएको देख्नु भएको छ! त्यस सालमा प्रथम विश्‍व-युद्ध शुरू भयो। यस प्रकारको भयङ्‌कर युद्ध इतिहासमा पहिले कहिले भएको थिएन। यो पूर्ण युद्ध थियो। १९१४ भन्दा २,४०० वर्ष अगाड़िका समयमा भएका ठूला युद्धहरू भन्दा प्रथम विश्‍व-युद्ध धेरैनै विशाल थियो। तापनि, त्यो युद्ध समाप्त भएको २१ वर्ष पछिनै दोस्रो विश्‍व-युद्ध शुरू भयो। र यो प्रथम विश्‍व-युद्ध भन्दा चार गुणा विनाशकारी थियो।

भयङ्‌कर युद्धहरू अझ जारीनै छन्‌। १९४५ सालमा दोस्रो विश्‍व-युद्धको समाप्ति पछि पनि, संसारभरि केही १५० वटा लड़ाइँहरूमा दुई करोड़ पचास लाख भन्दा बढ़ी मानिसहरू मारिएका छन्‌। संसारको कुनै-न-कुनै कुनामा, कुनै एक दिनमा, औसत १२ वटा लड़ाइँहरू भइ रहेकाछन्‌। अर्को विश्‍व-युद्धको खतरा सँधैंनै रहिरहेको छ। संयुक्‍त राष्ट्र अमेरिका सँग मात्र पृथ्वीमा भएका प्रत्येक पुरूष, महिला, र केटा-केटीलाई १२ पटकसम्म नाश गर्ने आणविक क्षमता छ!

“ठाउँ ठाउँमा अनिकाल हुनेछ।”—मत्ती २४:७.

प्रथम विश्‍व-युद्ध पछि सारा इतिहासमा कहिले नभएको, सबै भन्दा ठूलो अनिकाल आयो। उत्तरी चीनमा मात्र प्रक दिन १५,००० मानिसहरू भोकभोकै मरे। तर दोस्रो विश्‍व-युद्ध पछि खाद्य सामग्रीको झन्‌ अझ बढ़ी अभाव भयो। संसारका एक चौथाई जनसंख्या भोकभोकै थिए। र त्यस समय पछि, पृथ्वीका धेरै मानिसहरूकालागि खाद्य पदार्थको कमी जारी नै छ।

१९६७ मा न्यु योर्क टाइम्सले भनेको छ, “कुपोषणको कारण उत्पन्‍न रोगले गर्दा, प्रत्येक ८.६ सेकेन्डमा एउटा अविकशित देशमा कोइ-न-कोइ मरिरहेको हुन्छ।” करोड़ौं अझै भोकभोकै मरिरहेकाछन्‌—एक वर्षमा लगभग ५ करोड़! १९८० मा, पृथ्वीमा हुने मानिसहरूको एक चौथाइ (१००,००,००,००० मानिसहरू) भोका थिए किनभने तिनीहरूसँग पर्याप्त खाने कुरा थिएन। खाद्य सामग्री प्रशस्त भएको ठाउँमा पनि, गरिबीले गर्दा धेरैले किनेर खान सक्‌दैनन्‌।

“विभिन्‍न ठाउँमा रूढ़ी हुनेछन्‌।” —लूका २१:११.

प्रथम विश्‍व-युद्धको अन्त हुने बित्तिकै, स्पेनिस फ्लू भन्‍ने महामारीले गर्दा जत्ति मानिसहरू मरे त्यत्ति मानव इतिहासमा अन्य कुनै पनि महामारीबाट मरेका थिएनन्‌। मर्नेहरूको संख्या लगभग २ करोड़ १० लाख थियो! रूढ़ी र रोगहरूको कोप अझै बढ़दै छ। प्रत्येक वर्ष हृदय रोग र क्यान्सर रोगले करोड़ौं मरिरहेकाछन्‌। औलो, चिप्ले किरो ज्वरो, (स्नेल फिभर) रिभर ब्लाइन्डनेस जस्ता भयङ्‌कर रोगहरू एक देश पछि अर्को देशमा, खासगरी एसिया, अफ्रिका, र ल्याटिन अमेरिकाका देशहरूमा व्याप्त छन्‌।

“ठाउँ ठाउँमा भैंचालो हुनेछ।” —मत्ती २४:७.

१९१४ देखिन्‌ यता जत्ति ठूल-ठूला भैंचालाहरू गए, त्यत्ति लिखित्‌ इतिहासमा कहिले पनि गएको थिएन। सा. यु. ८५६ देखिन्‌ १९१४ सम्मको १,००० वर्ष भन्दा बढ़ीको समयमा २४ वटा ठूला भैंचालाहरू गए जसले गर्दा केही १९,७३,००० मरेका थिए। तर १९१५ देखिन्‌ १९७८ सम्म ६३ वर्षको अवधिमा ४३ वटा भैंचालो गयो जस्मा केही १६,००,००० जना मानिसहरू मरे।

“अधर्म बढ़ेको हुनाले।”—मत्ती २४:१२.

सारा संसारबाट अधर्म र अपराधको बृद्धिको खबर आउँदछ। हत्या, बलात्कार, डकैती जस्ता हिंसात्मक अपराधहरू आज काबू बाहिर भइ रहेछन्‌। संयुक्‍त राष्ट्र अमेरिकामा मात्र, प्रक सेकेन्ड औसतन्‌ एउटा गम्भीर अपराध घट्‌दछ। अरू अन्य धेरै ठाउँमा, दिउँसै पनि सड़कमा हिड्‌न मानिसहरू सुरक्षित ठान्दैनन्‌। राती ता मानिसहरू घरको ढोकामा ताल्चा र छेकबारहरू लगाएर, बाहिर नगएर, आफ्नो घरमा बस्दछन्‌।

“डरले मानिसहरू मूर्च्छा पर्नेछन्‌।” —लूका २१:२६.

मानिसहरूको जीवनमा आज सबैभन्दा ठूलो एउटा कुनै भावना छ भने शायद त्यो हो डरको भावना। प्रथम आणविक बमको बिस्फोटन गरिए पछि, आणविक बैज्ञानिक ह्‍यारोल्ड सी. उरेले भने: “हामीहरूले डर खाने छौं, डरमा सुत्ने छौं, डरमा बाँच्ने छौं, र डरमा मर्ने छौं।” धेरै जसो मानवजातिकालागि यस्तै भइरहेको छ। यो सदा उपस्थित आणविक युद्धको त्रासले मात्र भएको होइन। अपराध, प्रदूषण, रोग, मुद्रा-स्फिति र आफ्नो सुरक्षा र जीवन समेतलाई खतरामा पारिराखेका अन्य धेरै कुराहरूले गर्दा पनि तिनीहरू डराइ रहेका छन्‌।

‘आमा-बाबुको आज्ञा पालन नगर्ने।’ —२ तिमोथी ३:२.

आज आमा-बाबुको नियंत्रण छोरा-छोरीहरू माथि निकैनै कम छ। नौजवानहरू सबै अधिकार विरुद्ध विद्रोह गर्दछन्‌। अत: पृथ्वीका प्रत्येक देश युवा अपराधको महामारी बाट प्रभावित भएक छ। कुनै देशमा ता अपराधको आधा भन्दा बढ़ी भाग १० देखि १७ वर्षका केटा-केटीहरूबाट भइरहेछ। हत्या, बलात्कार, कुटपिट, डकैती, चोरी, मोटर चोरी—यी सबै कुराहरू केटा-केटीहरूले गरिरहेका छन्‌। इतिहासमा आमा-बाबुको अवहेलना यत्ति विस्तृत रूपमा पहिले कहिले भएको थिएन।

“धनका लोभी।”—२ तिमोथी ३:२.

जता हेर्नुहोस्‌ त्यतै लोभका कामहरू तपाईं देख्नु हुनेछ। धेरै ता धनकालागि जे पनि गर्न तैयार हुन्छन्‌। तिनीहरूले चोरी मात्रै होइन, हत्या समेत पनि गर्नेगर्छन्‌। एउटा कुनै सामानले अर्कालाई बिमारी पार्छ अथवा मार्न समेत सक्ने छ भन्‍ने कुरा थाह पाएर पनि, लोभी मानिसहरूले त्यो सामानलाई बेच्नु कुनै असामान्य कुरा होइन। खुल्लमखुल्ला, अथवा आफ्नो रहन-सहनबाट, धन वारे मानिसहरू भनी रहेकाछन्‌: ‘यो मेरो ईश्‍वर हो।’

“परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने।”—२ तिमोथी ३:४.

धेरै मानिसहरू आज परमेश्‍वरलाई खुशी पार्ने कुरा भन्दा बढ़ी आफूलाई वा आफ्नो परिवारलाई खुशी पार्ने कुरा मात्र सोंच्दछन्‌। परमेश्‍वरले निन्दनीय मान्‍नु भएका कुराहरू, अर्थात जारी, व्यभिचार, मतवालापन, लागू पदार्थ खाने र त्यस्ता अन्य तथाकथित आनन्दहरूलाई धेरैले आज मन पराउँछन्‌। परमेश्‍वरवारे सिक्ने र उहाँको सेवा गर्ने प्रयास गर्नुको सट्टा, हितकर मानिने खालका आनन्दहरूलाई बढ़ी महत्व दिने गर्छन्‌।

“भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।” —२ तिमोथी ३:५.

विश्‍व नेताहरू तथा सर्व-साधारण मानिसहरू अक्सर भक्‍तिको बाहिरी रूप धारण गर्दछन्‌। गिर्जा सेवाहरूमा जान्छन्‌ र धार्मिक कार्यकालागि दान पनि दिन्छन्‌। सरकारी ओहदाको शपथ लिंदा बाइबल माथि हाथ पनि राख्दछन्‌। तर यी सबै अक्सर “भक्‍तिको भेष” मात्र हो। बाइबलले अग्रिमवाणी गरे जस्तै, धेरै मानिसहरूको जीवनमा परमेश्‍वरको साँचो उपासनाले एउटा वास्तविक प्रभाव पारेको हुँदैन। तिनीहरू परमेश्‍वरकालागि एउटा वास्तविक शक्‍तिले उत्प्रेरित भएका हुँदैनन्‌।

“पृथ्वीका नष्टकारीहरू . . .”—प्रकाश ११:१८.

हामीले सासलिने हावा, हामीले पिउँने पानी, र हाम्रो खाद्यपदार्थ पैदागर्ने माटो सबैनै प्रदूषित भइरहेका छन्‌। यो समस्या यति गम्भीर भइसकेको छ कि बैज्ञानिक बैरी कम्मोनोरले चेतावनी दिएका छन्‌: “पृथ्वीमा लगातार भइरहेको प्रदूषणलाई नरोक्ने हो भने, यो ग्रह मानव जीवन बस्ने लाएक रहने छैन।”

६ ती सबै कुराहरूलाई विचार गर्दा, ख्रीष्टले दिनुभएको “चिन्ह” र उहाँका चेलाहरूले दिएका प्रमाणहरूको अहिले पूर्ति हुँदैछ भन्‍ने कुरा के स्पष्ट छैन र? अझ अन्य अरू धेरै प्रमाणहरू भएता पनि, बाइबलमा अग्रिमवाणी गरिएको “आखिरी दिनमा” हामीहरू बाँची रहेका छौं भन्‍ने कुरा दर्शाउँन, यहाँ उल्लेखित प्रमाणहरू पर्याप्त हुनु पर्छ।

७. (क) ख्रीष्टको उपस्थिति र “आखिरी दिन” बारे बाइबलका भविष्यवाणीहरू कुन कुराले गर्दा यति महत्वपूर्ण छन्‌? (ख) बाइबलको अग्रिमवाणी भन्दा विपरीत, संसारका नेताहरूले १९१४ साल आउँनु भन्दा केही समय अघिसम्म के भविष्यवाणी गरिरहेका थिए?

७ तथापि कसैले भन्‍न सक्छ: ‘युद्ध, अनिकाल, महामारी, भूकम्प जस्ता कुराहरू ता इतिहासभरि अक्सर भइरहेका कुराहरू हुन्‌। फेरि पनि ती हुन्छन्‌ भनेर अग्रिमवाणी गर्नु कुनै कठिन कुरा होइन।’ तर सोंच्नु होस्‌: बाइबलले ती कुराहरूको अग्रिमवाणी मात्र गरेन, तर यी कुराहरू विश्‍वव्यापी स्तरमा हुनेछ भनेर औंल्याएको थियो। साथै, यी सबै कुराहरू १९१४ मा बाँचेका पुस्ता भित्रै हुनेछ भनेर बाइबलले भनेको थियो। तर १९१४ भन्दा केही अघि विश्‍वका प्रमुख नेताहरू चाहिं के अग्रिमवाणी गर्दै थिए? विश्‍व-शान्तिकालागि त्यो भन्दा बढ़ी अनुकूल परिस्थिति कहिले थिएन भनेर तिनीहरू भनी रहेका थिए। तर, बाइबलमा अग्रिमवाणी गरिएका भयङ्‌कर दु:खहरू ठीक १९१४ मा शुरू भयो! यथार्थमा, इतिहासमा १९१४ साल एउटा निर्णय बिन्दु थियो भनेर विश्‍वका नेताहरू अब भनी रहेकाछन्‌।

८. (क) यस रीति-रिवाजको अन्त कुन पुस्ताले देख्ने छ भनेर येशूले औंल्याउनु हुँदै थियो? (ख) अत: हामीहरू के कुरावारे विश्‍वस्त हुन सक्दछौं?

८ १९१४ को समय देखिन्‌ अगाड़िको समयलाई चिन्हित गर्ने धेरै कुराहरू तर्फ ध्यान आकर्षित गराउँनु भए पछि येशूले भन्‍नुभयो: “यो पुस्ता बिती नजाँदै यी सबै कुराहरू (यस रीति-रिवाजको अन्त समेत) पूरा भइजानेछ।” (मत्ती २४:३४, १४) येशूले भन्‍नुभएको पुस्ता कुन हो? येशूले यहाँ १९१४ मा बाँची रहेका मानिसहरूको पुस्तालाई सङ्‌केत गर्नु हुँदै थियो। अझसम्म बाँच्ने त्यस पुस्ताका मानिसहरू अहिले धेरै बूढ़ा भइसकेका छन्‌। तथापि, यस दुष्ट रीति-रिवाजको अन्त भएको हेर्न तिनीहरू मध्य केही बाँचेका हुनेछन्‌। अत: यस कुरावारे हामी निश्‍चित हुनसक्छौं: अब चाँड़ैनै सबै दुष्टता र दुष्ट मानिसहरूको आर-मागेडोनमा अचानक अन्त हुनेछ।

[पृष्ठ १४९-मा भएको चित्र]

राज्य शक्‍तिमा उहाँको अदृश्‍य उपस्थितिको दृश्‍य प्रमाण के हुनेछ भनेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो

[पृष्ठ १५४-मा भएको चित्र]

१९१४ – आर-मागेडोन

१९१४ मा बाँच्ने पुस्ताका केहीले यो रीति-रिवाजको अन्त देख्नेछन्‌ र त्यसबाट बाँच्नेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने