प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मार्च p. ७
  • “जागा रहो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जागा रहो”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं ‘जागा रहनुहुनेछ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ
    येसु—बाटो, सत्य र जीवन
  • के तपाईँ चेतावनीहरूमा ध्यान दिँदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • ‘विश्‍वासी दासले’ परीक्षा पार गर्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मार्च p. ७
येशूको दृष्टान्तका दस कन्या

बाइबलमा पाइने अनमोल धन | मत्ती २५

“जागा रहो”

२५:१-१२

येशूले बताउनुभएको दस कन्याको दृष्टान्त अभिषिक्‍त जनहरूको सन्दर्भमा भए तापनि यसमा पाइने मुख्य सन्देश सबै खीष्टियनहरूलाई लागू हुन्छ। (w१५ ३/१५ पृ. १२-१६) “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।” (मत्ती २५:१३) के तपाईँ येशूको यो दृष्टान्त बुझाउन सक्नुहुन्छ?

  • दुलहा (पद. १)—येशू

  • बुद्धिमती र तयार कन्याहरू (पद. २)—अभिषिक्‍त ख्रीष्टियनहरू, जो आफ्नो जिम्मेवारी वफादार भई पूरा गर्न तयार छन्‌ र अन्तसम्मै ज्योतिझैँ चम्किरहन्छन्‌ (फिलि. २:१५)

  • “दुलहा आइपुग्नै लागे!” भन्‍ने आवाज (पद. ६)—येशूको उपस्थितिको प्रमाण

  • निर्बुद्धि कन्याहरू (पद. ८)—दुलहालाई भेट्‌न बाहिर निस्कने ती अभिषिक्‍त ख्रीष्टियनहरू, जो जागा रहँदैनन्‌ र निष्ठा कायम गर्दैनन्‌

  • बुद्धिमती कन्याहरू तेल दिन इन्कार गर्छन्‌ (पद. ९)—अन्तिम छाप लगाउने काम भइसकेपछि वफादार अभिषिक्‍त जनहरूले अवफादार हुनेहरूलाई मदत गर्न ढिला भइसकेको हुनेछ

  • “दुलहा आइपुगे” (पद. १०)—येशू महासङ्‌कष्ट अन्त हुने समयतिर न्याय गर्न आउनुहुनेछ

  • बुद्धिमती कन्याहरू दुलहासँगै विवाह-भोजमा भित्र पस्छन्‌ र ढोका बन्द हुन्छ (पद. १०)—येशूले वफादार अभिषिक्‍त जनहरूलाई स्वर्गमा जम्मा गर्नुहुनेछ तर अवफादार अभिषिक्‍त जनहरूले भने स्वर्गीय इनाम गुमाउनेछन्‌

यो दृष्टान्तले थुप्रै अभिषिक्‍त जनहरू अवफादार हुनेछन्‌ र तिनीहरूको सट्टा अरूलाई नै अभिषेक गरिनेछ भनेर बुझाउँदैन। बरु आफू तयार र चनाखो रहने कि मूर्ख र अवफादार हुने भनेर छनौट गर्ने मौका हरेक अभिषिक्‍त ख्रीष्टियनसित छ भन्‍ने कुराको चेतावनी दिन्छ। येशू यस्तो आग्रह गर्नुहुन्छ: “आफू तयार रहेको प्रमाण देओ।” (मत्ती २४:४४) चाहे हाम्रो आशा जुनसुकै होस्‌, हामी सबैले वफादार भई सेवा गर्न आफ्नो हृदय तयार पारेको र जागा रहेको येशू चाहनुहुन्छ।

जागा रहेको कुरा मैले कसरी देखाइरहेको छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने