प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ३/१५ p. १९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • जन्मनुअगावै उहाँ सम्मानित हुनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ३/१५ p. १९

पाठकहरूका प्रश्‍नहरू

के कुमारी केटी मरियमको असिद्धताले येशूको गर्भधारणमा कुनै प्रतिकूल असर पाऱ्‍यो?

“येशू ख्रीष्टको जन्म[बारे]” प्रेरित विवरण यसो भन्छ: “उहाँकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर उनीहरूको सहवास हुनुभन्दा अघिबाटै मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्‌।” (मत्ती १:१८) वास्तवमा, मरियमको गर्भधारणमा परमेश्‍वरको पवित्र आत्माले निर्णायक भूमिका खेल्यो।

यद्यपि, मरियमबारे के भन्‍न सकिन्छ? तिनको गर्भधारणमा के तिनको अण्ड वा डिम्बले कुनै भूमिका खेल्यो? मरियमका पितापूर्खाहरू, अब्राहाम, इसहाक, याकूब, यहूदा र राजा दाऊदलाई गरिएका प्रतिज्ञाहरूलाई विचार गर्ने हो भने, जन्मने बालक तिनीहरूकै असली सन्तान हुनुपर्थ्यो। (उत्पत्ति २२:१८; २६:२४; २८:१०-१४; ४९:१०; २ शमूएल ७:१६) मरियमबाट जन्मेको बालक कसरी उक्‍त ईश्‍वरीय प्रतिज्ञाहरूका हकदार हुन सक्थे? ती बालक मरियमको साक्खे पुत्र हुनुपर्थ्यो।—लूका ३:२३-३४.

यहोवाका स्वर्गदूत कुमारी मरियमकहाँ देखा परेर यसो भनेका थिए: “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट निगाह प्राप्त गरेकी छौ। अब हेर, तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू।” (लूका १:३०, ३१) गर्भधारणको लागि डिम्ब निषेचित हुनुपर्छ। आफ्नो एक मात्र पुत्रको जीवनलाई आत्मिक संसारबाट पृथ्वीमा पठाउनुभएर यहोवाले मरियमको गर्भाशयलाई निषेचित गरिदिनुभएको हुन सक्छ।—गलाती ४:४.

असिद्ध स्त्रीको गर्भमा यसरी गर्भधारण गरिएको बालक के शारीरिक रूपमा सिद्ध तथा पापमुक्‍त हुन सक्थ्यो? सिद्ध र असिद्धको मिलन हुँदा वंशानुगत नियमले कसरी काम गर्छ? परमेश्‍वरको पुत्रको सिद्ध जीवनशक्‍ति स्थानान्तरण र गर्भधारण प्रक्रियामा पवित्र आत्मा परिचालन गरियो भन्‍ने कुरा नबिर्सनुहोस्‌। यसले मरियमको डिम्बमा भएको असिद्धताका सारा प्रभावहरूलाई निष्प्रभाव पारेको हुन सक्छ, जसबाट यस्तो जीव कोषको विकास भयो जुन सुरुदेखि नै सिद्ध थियो।

मरियमको डिम्ब जसरी निषेचित भए तापनि त्यस बेला परमेश्‍वरको पवित्र आत्माले काम गरेको हुँदा हामी परमेश्‍वरको उद्देश्‍य अवश्‍य पूरा हुनेछ भन्‍ने कुरामा पक्का हुन सक्छौं। ग्रबिएल स्वर्गदूतले मरियमलाई यसो भनेका थिए: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, औ परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ, यसैकारण जो जन्मनुहुनेछ सो पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।” (लूका १:३५) हो, विकास भइरहेको भ्रूणलाई असिद्धता अथवा कुनै पनि हानिकारक प्रभावहरूले असर नगरोस्‌ भनी परमेश्‍वरको पवित्र आत्माले मानौं, एउटा सुरक्षात्मक पर्खाल खडा गऱ्‍यो।

स्पष्टतः आफ्नो सिद्ध मानव जीवनको लागि येशू ख्रीष्ट कुनै मानिसप्रति होइन तर आफ्ना स्वर्गमा बास गर्नुहुने पिताप्रति ऋणी हुनुहुन्थ्यो। गर्भधारण पछि यहोवाले उहाँको लागि “एक शरीर तयार पारिदिनुभयो,” जुन “निष्कलङ्‌क पापीहरूबाट अलग” थियो।

[पृष्ठ १९-मा भएको चित्र]

“तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने