प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ४ p. १६-p. १७ par. ३
  • मरियम—गर्भवती तर अविवाहित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरियम—गर्भवती तर अविवाहित
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • गर्भवती तर अविवाहित
    सबैभन्दा महान्‌ पुरुष
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ४ p. १६-p. १७ par. ३
मरियमले युसुफलाई आफू गर्भवती भएको कुरा बताउँछिन्‌

अध्याय ४

मरियम—गर्भवती तर अविवाहित

मत्ति १:१८-२५ लुका १:५६

  • युसुफले मरियम गर्भवती छिन्‌ भनेर थाह पाउँछन्‌

  • मरियम युसुफकी पत्नी हुन्छिन्‌

मरियम गर्भवती भएको चार महिना भएको छ। याद गर्नुहोस्‌, आफ्नो गर्भावस्थाको सुरुका केही महिना तिनले दक्षिणमा पर्ने यहुदियाको पहाडी इलाकामा आफ्नो नातेदार इलिसिबासँगै बिताएकी थिइन्‌। तर अहिले मरियम आफ्नो घर नासरत फर्केकी छिन्‌। तिनी गर्भवती भएको कुरा अब चाँडै सबैले थाह पाउनेछन्‌। तिनी अप्ठ्यारो स्थितिमा परेकी छिन्‌!

मरियमको मगनी युसुफ नाम गरेका एक जना स्थानीय सिकर्मीसित भइसकेकोले स्थिति झनै जटिल छ। परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसार मगनी भइसकेकी कुनै स्त्रीले अर्को पुरुषसित स्वेच्छाले यौनसम्बन्ध राखेमा उसलाई ढुङ्‌गाले हानेर मार्नुपर्छ भनेर तिनलाई थाह छ। (व्यवस्था २२:२३, २४) हुनत मरियमले कसैसित अवैध यौनसम्बन्ध राखेकी थिइनन्‌ तैपनि युसुफलाई आफू गर्भवती भएको कुरा कसरी बताउने अनि त्यसपछि के होला भन्‍ने चिन्ताले तिनलाई पिरोलेको हुनुपर्छ।

मरियम तीन महिनापछि घर फर्केकीले युसुफ पक्कै पनि तिनलाई भेट्‌न आतुर छन्‌। युसुफलाई भेटेपछि मरियमले आफू गर्भवती भएको कुरा बताएकी हुनुपर्छ। आफू परमेश्‍वरको पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुँ भनेर युसुफलाई बुझाउन तिनले सक्दो कोसिस गरिन्‌ होला। तर युसुफलाई मरियमको कुरा बुझ्न र त्यसमा विश्‍वास गर्न पक्कै गाह्रो भएको हुनुपर्छ।

युसुफलाई मरियम एक असल स्त्री हुन्‌ र तिनले राम्रो नाम कमाएकी छिन्‌ भनेर थाह छ। अनि युसुफ तिनलाई धेरै माया गर्छन्‌। तर मरियमले बुझाउन जति नै कोसिस गरे पनि तिनी कुनै पुरुषसित सम्बन्ध नराखी गर्भवती भएकी हुन्‌ भनेर युसुफलाई पत्यारै लाग्दैन। मानिसहरूले तिनलाई ढुङ्‌गाले हानेर मारेको वा अरूको अगाडि तिनको बेइज्जत भएको पनि युसुफ चाहँदैनन्‌। त्यसैले उनले मरियमसित गुप्तमै सम्बन्धविच्छेद गर्ने निर्णय गर्छन्‌। त्यतिबेलाको समाजमा मगनी भएकाहरूलाई विवाहित जोडीको रूपमै हेरिन्थ्यो अनि मगनी तोड्‌न सम्बन्धविच्छेद नै गर्नुपर्ने हुन्थ्यो।

यहोवाको स्वर्गदूत सपनामा युसुफकहाँ देखा पर्छन्‌

युसुफ यी कुराहरूबारे सोच्दा-सोच्दै निदाउँछन्‌। यहोवाको स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भन्छन्‌: “मरियमसित विवाह गर्न नडराऊ! किनभने तिनी पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुन्‌। तिनले एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले उहाँको नाम येसु राख्नू किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”—मत्ति १:२०, २१.

युसुफ निद्राबाट ब्युँझन्छन्‌ र सबै कुरा अझ स्पष्ट रूपमा बुझेकोमा ढुक्क महसुस गर्छन्‌। उनले स्वर्गदूतले भनेझैँ मरियमलाई तुरुन्तै आफ्नो घरमा ल्याउँछन्‌। युसुफले चालेको यस कदमलाई विवाह समारोहकै रूपमा लिइन्छ। त्यसपछि युसुफ र मरियम मानिसहरूको नजरमा विवाहित जोडी हुन्छन्‌। तर येसुको जन्म नहोउन्जेल युसुफले मरियमसित यौनसम्बन्ध राख्दैनन्‌।

मरियम गधामा चढ्‌छिन्‌ र युसुफ गधामाथि सरसामान राख्छन्‌

केही महिनापछि युसुफ र मरियमले नासरतबाट लामो यात्रा गर्नुपर्ने हुन्छ। मरियमले बच्चा जन्माउने बेला नजिकै आइसकेको छ। यस्तो बेला पनि तिनीहरू किन यात्रामा निस्कनुपरेको?

  • मरियम गर्भवती भएको कुरा थाह पाएपछि युसुफको मनमा कस्ता कुराहरू खेलेको हुनुपर्छ र किन?

  • युसुफ र मरियमको विवाह भइसकेको छैन तैपनि युसुफले किन सम्बन्धविच्छेद गर्न सक्छन्‌?

  • युसुफले चालेको कुन कदमले गर्दा युसुफ र मरियम मानिसहरूको नजरमा विवाहित जोडी हुन्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने