प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जुलाई p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के परमेश्‍वरले तपाईंको परिवारमा प्राथमिकता पाएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्‌न सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जुलाई p. ३१

पाठकहरूको प्रश्‍न

येसुले “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ” भन्‍नुहुँदा के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

येसुले मानिसहरूलाई एकअर्कासित शान्तिमा रहन सिकाउनुभयो। तर एकचोटि उहाँले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभयो: “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन [शा., “तरबार चलाउन”] आएको हुँ। किनकि म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।” (मत्ति १०:३४, ३५, फुटनोट) येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

येसु परिवारका सदस्यहरूबीच फूट भएको चाहनुहुन्‍नथ्यो तर उहाँको शिक्षाले केही परिवारमा फूट ल्याउनेछ भनेर उहाँलाई थाह थियो। त्यसैले बप्तिस्मा गरेर येसुको चेला बन्‍न चाहने व्यक्‍तिहरूले तिनीहरूको निर्णयदेखि परिवारका कोही-कोही खुसी हुनेछैनन्‌ भन्‍ने कुरा मनमा राख्नुपर्छ। बेग्लै धर्म मान्‍ने पति वा पत्नी अथवा परिवारका अन्य सदस्यबाट विरोधको सामना गर्नुपर्दा ख्रिष्टको शिक्षाअनुसार चलिरहन तिनीहरूलाई गाह्रो हुन सक्छ।

बाइबलले ख्रिष्टियनहरूलाई “सबै मानिससँग शान्तिपूर्वक बस्न” प्रोत्साहन दिन्छ। (रोमी १२:१८) तर येसुको शिक्षाले केही परिवारमा “तरबार”-ले जस्तै अशान्ति मच्चाउन सक्छ। परिवारको एक जना सदस्यले येसुको शिक्षा स्विकार्दा अनि अर्को सदस्यले भने नस्विकार्दा अथवा त्यसको विरोध गर्दा परिवारमा यस्तो अशान्ति मच्चिन सक्छ। यस्तो अवस्थामा परिवारकै सदस्यले बाइबल सिकिरहेको व्यक्‍तिलाई “शत्रु”-लाई जस्तै व्यवहार गर्न सक्छ।—मत्ति १०:३६.

एक आमा आफ्नी जवान छोरीलाई नजान भन्दै छिन्‌ तर छोरी साहसी भई अघि बढ्‌दै छिन्‌। ती युवतीको हातमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताब छ।

बेग्लै धर्म मान्‍ने परिवारसँगै बस्ने ख्रिष्टियनले विभिन्‍न दबाबको सामना गर्नुपर्ने हुन सक्छ। जस्तै, तिनको परिवारले धार्मिक चाडपर्व मनाउन कर गर्न सक्छ। यस्तो बेला तिनले यहोवा र येसुलाई खुसी बनाउने कि परिवारलाई खुसी बनाउने भनेर निर्णय गर्नुपर्ने हुन्छ। येसुले यसो भन्‍नुभयो: “जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।” (मत्ति १०:३७) येसुले चेलाहरूलाई आफ्नो परिवारलाई माया गर्न छोड्‌नुपर्छ भन्‍न खोज्नुभएको थिएन बरु जीवनमा हरेक कुरालाई त्यसको उचित स्थानमा राख्न सिकाउँदै हुनुहुन्थ्यो। परिवारको सदस्यले हाम्रो विरोध गर्छन्‌ भने पनि हामी तिनीहरूलाई माया गर्न छोड्‌दैनौँ बरु यहोवाप्रतिको प्रेमलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौँ।

हो, परिवारले विरोध गर्दा पीडा त हुन्छ तर येसुका चेलाहरूले यो कुरा मनमा राख्नुपर्छ: “जो आफ्नो यातनाको खम्बा बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन योग्य हुँदैन।” (मत्ति १०:३८) अर्को शब्दमा भन्‍नुपर्दा, ख्रिष्टियनहरू परिवारको विरोधलाई ख्रिष्टका चेलाहरूले भोग्नुपर्ने परीक्षाकै एउटा भागको रूपमा हेर्छन्‌। साथै आफ्नो असल आचरण देखेर परिवारका सदस्यहरूले आफ्नो मन परिवर्तन गर्नेछन्‌ र बाइबलको सत्य सिक्न इच्छुक हुनेछन्‌ भनेर तिनीहरू आशा गर्छन्‌।—१ पत्रु. ३:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने