प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १३ p. ३६-p. ३७ par. ६
  • येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूका परीक्षाहरूबाट शिक्षा लिने
    सबैभन्दा महान्‌ पुरुष
  • हामी लोभमा फस्नु हुँदैन
    महान्‌ शिक्षकबाट सिकौं
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • दियाबल येसुको परीक्षा लिन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १३ p. ३६-p. ३७ par. ६
येसु दियाबलका प्रलोभनहरूलाई तिरस्कार गर्नुहुन्छ

अध्याय १३

येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌

मत्ति ४:१-११ मर्कुस १:१२, १३ लुका ४:१-१३

  • सैतान येसुलाई प्रलोभनमा पार्न खोज्छ

युहन्‍नाद्वारा बप्तिस्मा गरेलगत्तै परमेश्‍वरको शक्‍तिले येसुलाई यहुदियाको निर्जनभूमितिर डोऱ्‍याउँछ। उहाँले सोच्नुपर्ने कुराहरू धेरै छन्‌। येसुले बप्तिस्मा गर्नुहुँदा ‘आकाश खुलेको थियो।’ (मत्ति ३:१६) यसले गर्दा उहाँले स्वर्गमा छँदा आफूले सिकेका र गरेका कुराहरू सम्झन सक्नुभयो। हो, उहाँले मनन गर्नुपर्ने कुराहरू धेरै छन्‌!

येसु निर्जनभूमिमा ४० दिन, ४० रात बिताउनुहुन्छ। त्यस दौडान उहाँ केही पनि खानुहुन्‍न। त्यसैले येसु असाध्यै भोकाउनुभएपछि सैतान अर्थात्‌ दियाबल उहाँलाई प्रलोभनमा पार्न खोज्छ। त्यसले येसुलाई यसो भन्छ: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।” (मत्ति ४:३) परमेश्‍वरबाट पाएको शक्‍ति आफ्नो व्यक्‍तिगत इच्छा पूरा गर्न चलाउनु गलत हो भन्‍ने कुरा थाह भएकोले येसु त्यस प्रलोभनलाई तिरस्कार गर्नुहुन्छ।

तर दियाबलले सजिलै हार मान्दैन। त्यसले अर्को जुक्‍ति निकाल्छ। परमेश्‍वरका स्वर्गदूतहरूले बचाइहाल्नेछन्‌ भन्दै त्यसले येसुलाई मन्दिरको बुर्जाबाट हाम फाल्ने चुनौती दिन्छ। तर उहाँ त्यहाँबाट हाम फालेर आफ्नो रवाफ देखाउने प्रलोभनमा पर्नुहुन्‍न। येसु धर्मशास्त्रबाट उद्धरण गर्दै यसरी परमेश्‍वरको परीक्षा लिनु गलत हो भन्‍नुहुन्छ।

त्यसपछि तेस्रो प्रलोभनमा दियाबलले कुनै तरिकामा येसुलाई ‘संसारका सबै राज्य र त्यसको महिमा देखाउँछ’ र यसो भन्छ: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” तर यसपटक पनि सीधै इन्कार गर्दै येसु यसो भन्‍नुहुन्छ: “ए सैतान, पर गइहाल्‌!” (मत्ति ४:८-१०) यहोवालाई मात्र पवित्र सेवा चढाउनुपर्छ भन्‍ने कुरा थाह भएकोले येसु सैतानको त्यो प्रलोभनमा पर्न चाहनुहुन्‍न। हो, उहाँ परमेश्‍वरप्रति वफादार रहने छनौट गर्नुहुन्छ।

यी प्रलोभनहरू र येसुले दिनुभएको जवाफबाट आज हामी पाठ सिक्न सक्छौँ। सैतानले ल्याएका ती प्रलोभनहरू वास्तविक थिए। यसले सैतान भनेको केही मानिसहरूले दाबी गरेजस्तो केवल एउटा दुर्गुण मात्र होइन, बरु त्यो वास्तविक र अदृश्‍य व्यक्‍ति हो भनेर देखाउँछ। यसबाट संसारका सम्पूर्ण सरकारहरू वास्तवमा दियाबलको सम्पत्ति हो र ती सबै त्यसकै अधीनमा छन्‌ भन्‍ने कुरा पनि स्पष्ट हुन्छ। यदि त्यसो नहुँदो हो त त्यसले येसुसामु राखेको प्रस्तावको कुनै अर्थ हुने थिएन।

यसबाहेक येसुले एक चोटि मात्र ढोग्नुभयो भने उहाँलाई इनामस्वरूप संसारका सबै राज्य दिने प्रस्ताव दियाबलले येसुसामु राखेको थियो। त्यसले हामीलाई पनि त्यसरी नै प्रलोभनमा पार्न खोज्छ। जस्तै: त्यसले हामीलाई संसारमा नाम, दाम र शक्‍ति हासिल गर्ने लोभ देखाउन सक्छ। तर सैतानले जस्तोसुकै प्रलोभन देखाए तापनि येसुको अनुकरण गर्दै परमेश्‍वरप्रति वफादार रह्‍यौँ भने हामीले आफूलाई साँच्चै बुद्धिमान्‌ साबित गरिरहेका हुन्छौँ। तर यो कुरा पनि नबिर्सनुहोस्‌, दियाबलले येसुलाई “अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि” मात्र छोडेर गएको थियो। (लुका ४:१३) त्यसले हामीलाई पनि त्यसै गर्न सक्छ। त्यसैले हामी हरबखत सतर्क रहनुपर्छ।

  • चालीस दिन निर्जनभूमिमा हुनुहुँदा येसुले कस्ता कुराहरूमा मनन गर्नुभएको हुनुपर्छ?

  • दियाबलले येसुलाई कस्ता प्रलोभनहरूमा पार्न खोज्छ?

  • दियाबलले ल्याएका प्रलोभनहरू र येसुले दिनुभएको जवाफबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने