प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ५ p. ९
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • दुःखमा परेकाहरूका लागि अनुकम्पा
    सबैभन्दा महान्‌ पुरुष
  • पीडितहरूमाथि अनुकम्पा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • येसु एउटी केटी र एक जना बहिरोलाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ५ p. ९

के तपाईंलाई थाह थियो?

येशूले चलाउनुभएको “छाउराहरू”-को दृष्टान्त अपमानजनक थियो कि?

ग्रीस वा रोममा बनेको मूर्ति जसमा एउटा बच्चाले छाउरा हातमा लिइरहेको छ

ग्रीस वा रोममा बनेको मूर्ति जसमा एउटा बच्चाले छाउरा हातमा लिइरहेको छ (ईसापूर्व पहिलो शताब्दीदेखि इस्वी संवत्‌ दोस्रो शताब्दीको बीचतिर बनेको)

येशू एक पटक इस्राएलको सिमाना बाहिर सिरियाको रोमी प्रान्तमा हुनुहुन्थ्यो। त्यतिबेला एक ग्रीक महिलाले येशूसँग मदत मागिन्‌। त्यसपछि येशूले गैर-यहूदीहरूलाई “छाउराहरू”-सँग तुलना गर्दै एउटा दृष्टान्त बताउनुभयो। मोशाको व्यवस्थाअनुसार कुकुरहरू अशुद्ध जनावर थिए। (लेवी ११:२७) तर के येशूले त्यस ग्रीक महिलाको वा अन्य गैर-यहूदीहरूको अपमान गर्दै हुनुहुन्थ्यो?

त्यसो त पक्कै होइन। येशूले आफ्ना चेलाहरूलाई बताउनुभए झैं त्यसबेला उहाँको प्रमुख चासोको विषय यहूदीहरूलाई मदत दिनु थियो। यो कुरा बुझाउन उहाँले त्यस ग्रीक महिलालाई यसो भन्‍नुभयो: “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” (मत्ती १५:२१-२६; मर्कूस ७:२६) त्यतिबेला ग्रीक र रोमीहरू कुकुरलाई प्यारो घरपालुवा जनावरको रूपमा लिन्थे। कुकुरहरू मालिकसँगै घरमा बस्थे र साना केटाकेटीहरूसँगै खेल्थे। त्यसैले येशूले “छाउराहरू” भन्‍नुहुँदा त्यस महिलाको मनमा एउटा प्यारो जनावरको चित्र आएको हुन सक्छ। त्यस ग्रीक महिलाले येशूका शब्दहरूको भाव बुझेर यस्तो जवाफ फर्काइन्‌: “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन्‌ नि।” येशूले ती महिलाको विश्‍वासको प्रशंसा गर्नुभयो र तिनको छोरीलाई निको पारिदिनुभयो।—मत्ती १५:२७, २८.

समुद्री यात्रालाई केही समय रोक्न प्रेषित पावलले दिएको सल्लाह के साँच्चै व्यावहारिक थियो?

काठमा कुँदिएको मालवाहक जहाजको चित्र

काठमा कुँदिएको मालवाहक जहाजको चित्र (प्रथम शताब्दी)

पावल इटालीतर्फ जाँदै गर्दा उनी चढेको जहाजले विपरीत दिशाबाट चलेको ठूलो हावा-हुरीको सामना गर्दै थियो। जहाज बन्दरगाहमा रोक्दा प्रेषित पावलले त्यो समुद्री यात्रालाई केही समय रोक्न सल्लाह दिए। (प्रेषित २७:९-१२) उनले यस्तो सल्लाह दिनुको पछाडि कुनै कारण थियो कि?

हिउँदमा भूमध्य सागरमा जहाज चलाउनु निकै जोखिमपूर्ण हुन्छ भनेर पुरातन समयका नाविकहरूलाई थाह थियो। नोभेम्बरको बीचदेखि मार्चको बीचसम्मका महिनाहरूमा जहाजबाट सामान ओसार-पोसार गरिंदैन थियो। तर पावलले बताएको समुद्री यात्रा सेप्टेम्बर वा अक्टोबरतिरको हुन सक्छ। रोमी लेखक भिजिटिअसले (इस्वी संवत्‌ चौथो शताब्दी) आफ्नो किताबमाa त्यस समुद्रमा यात्रा गर्ने सन्दर्भमा यस्तो लेखेका थिए: “कुनै-कुनै महिनाहरूमा यात्रा गर्न सजिलो हुन्छ, कुनैमा चाहिं अलि गाह्रो हुन सक्छ अनि अरू महिनाहरूमा भने यात्रा गर्न असम्भव हुन्छ।” मे २७ देखि सेप्टेम्बर १४ सम्ममा यात्रा गर्न सुरक्षित हुन्छ तर सेप्टेम्बर १५ देखि नोभेम्बर ११ सम्म र मार्च ११ देखि मे २६ सम्म यात्रा गर्न चाहिं निकै कठिन र खतरनाक हुन सक्छ भनेर भिजिटिअसले बताएका थिए। पावलले भूमध्य सागरमा विभिन्‍न मौसममा यात्रा गरेकोले यस्तो कुरा उनलाई थाह भएको हुन सक्छ। जहाज चलाउने मान्छे र जहाज धनीलाई पनि यो कुरा थाह थियो होला तर उनीहरूले पावलको त्यो सल्लाह मानेनन्‌। नभन्दै पावल चढेको जहाज क्षतिग्रस्त भयो।—प्रेषित २७:१३-४४.

a Epitome of Military Science

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने