प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ८/१ p. १०
  • भूत लागेको ठिटा निको हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भूत लागेको ठिटा निको हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • दुष्ट स्वर्गदूत बास गरेको केटा निको हुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • पाठकहरूका प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ८/१ p. १०

येशूको जीवन र सेवकाई

भूत लागेको ठिटा निको हुन्छ

येशू, पत्रुस, याकूब, र यूहन्‍ना टाढ़ा हर्मानको डाँड़ामा भएको बेलामा, अरू बाँकी चेलाहरू एउटा समस्यामा पर्दछन्‌। उहाँ फर्कनु भए पछि, केही गड़बड़ी छ भनी येशू बुझिहाल्नु हुन्छ। उहाँका चेलाहरूको वरिपरि एउटा भीड़ जम्मा भएको छ, र शास्त्रीहरू तिनीहरूसित बहस गरिरहेकाछन्‌। येशूलाई देखेर, मानिसहरू छक्क पर्छन्‌ र उहाँलाई स्वागत गर्न दौड़ेर जान्छन्‌। उहाँले तिनीहरूलाई सोध्नुहुन्छ: “तिमीहरू यिनीहरूसित के प्रश्‍न गर्दैछौ?”

भीड़बाट अघि सर्दै, एक जना मानिस येशूका अगाड़ि घुँड़ा टेक्दै व्याख्या गर्दछ: “गुरुज्यू, मैले लाटो भूतात्मा लागेको मेरो छोरालाई तपाईंकहाँ ल्याएको थिएँ। भूतात्माले त्यसलाई जहाँ फेला पार्छ, त्यहीं बजारिहाल्छ र त्यसले फींज काढ़छ र दाह्रा किट्‌छ र त्यो कमजोर भएर जान्छ। मैले तपाईंका चेलाहरूलाई त्यो निकालिदिऊन्‌ भनी भनें, तर तिनीहरूले सकेनन्‌।”

त्यस ठिटालाई चेलाहरूले निको पार्न नसकेको कुरालाई शास्त्रीहरूले ठूलो पार्दछन्‌, शायद चेलाहरूले गरेको प्रयासको गिल्ला समेत गर्दछन्‌। ठीक समयमा येशू आइ पुग्नुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “ए अविश्‍वासी पुस्ता, म कत्तिसम्म तिमीहरूसित रहुँला? तिमीहरूलाई कत्ति सहूँ?”

येशूले यी शब्दहरू द्वारा त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्नु भए जस्तो छ। तर निःसन्देह, उहाँले विशेषगरी ती शास्त्रीहरूलाई सम्बोधन गर्नु हुँदैछ जसले उहाँका चेलाहरूलाई अफ्ठ्यारोमा पारिरहेका छन्‌। त्यस पछि, येशूले त्यो ठिटावारे भन्‍नुहुन्छ: “त्यसलाई म कहाँ ल्याओ।” तर जसै त्यो ठिटो उहाँकहाँ आउँछ, त्यसमा भएको भूतात्माले त्यसलाई भुइँमा पछारिदिन्छ र त्यो ठिटो डरलाग्दो गरी काम्न थाल्छ। त्यो भुइँमा फींज काढ़दै लड़ीबड़ी गर्छ।

येशूले सोध्नुहुन्छ: “कहिलेदेखि यसलाई यो भएको हो?”

बाबुले भन्छ: “बालककाल देखिनै। औ त्यसलाई नाश गर्नालाई घरिघरि त्यसले त्यसलाई आगो र पानीमा पनि फालेको थियो।” अझ बिन्ती गर्दै उसले भन्छ: “यदि तपाईंले केही गर्नसक्नु हुन्छ भने हामीमाथि दया गरी उपकार गर्नुहोस्‌।”

शायद बषौंदेखि, बाबुले मद्दत खोजी रहेको छ। र अब येशूका चेलाहरूले पनि केही गर्न नसकेको कारण, उ धेरै नै निराशित्‌ छ। त्यस मानिसको हरेस खाएको बिन्ती सुनेर, येशूले त्यसलाई हिम्मत दिंदै भन्‍नुहुन्छ: “‘सक्नु हुन्छ भने!’ विश्‍वास गर्नेको लागि ता सबै कुरा सम्भवै छ।”

तब झट्टै ठिटाको बाबुले कराएर बिन्ती गर्छ: “जहाँ मेरो विश्‍वासको कमी होला, त्यहाँ मलाई मद्दत गर्नुहोस्‌!”

अनि भीड़ एकसाथ दगुर्दै आएको देखेर येशूले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनु हुन्छ: “ए लाटो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज, औ फेरि कहिल्यै त्यस भित्र नपस्‌।” त्यो अशुद्ध आत्मा निस्केर जाँदा पनि, त्यस ठिटालाई कक्राक कुक्रुक्क पार्दछ र त्यो कराउन थाल्दछ। अनि त्यो केटो मूर्छा पर्दछ, यहाँसम्म कि, धेरैले ता “त्यो मर्‌यो भनी ठान्छन्‌!” तर येशूले त्यस केटोलाई हात समातेर जुरूक्क उठाउनु हुन्छ, र त्यो उठ्‌छ।

अघि अघि ता, चेलाहरू प्रचार गर्न जाँदा, तिनीहरूले अशुद्ध आत्मालाई निकालेका थिए। त्यसकारण अहिले, तिनीहरू घरभित्र पसे पछि, येशूलाई एकान्तमा सोध्छन्‌: “हामीले त्यसलाई किन निकाल्न सकेनौं?”

यो तिनीहरूको विश्‍वासको अभावले गर्दा हो भन्‍ने सङ्‌केत गर्दै, येशूले जवाफ दिनुहुन्छ: “यस किसिमको चाहिं प्रार्थनाले बाहेक अरू कुनै उपायले निस्कन सक्‍तैन।” खास किसिमको यो शक्‍तिशाली अशुद्ध आत्मालाई निकाल्न विशेष तयारीको आवश्‍यक्‍ता पर्दथियो भन्‍ने कुरा स्पष्ट छ। दृढ़ विश्‍वासका साथै परमेश्‍वरसित शक्‍तिकालागि प्रार्थना गर्नु पर्ने आवश्‍यकता थियो।

अनि येशू अरू भन्‍नुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्दछु, कि तिमीहरूमा एउटा रायोको गेड़ा जति विश्‍वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटि जा’ भन्यौ भने त्यो हटि जानेछ, र तिमीहरूका लागि केही असम्भव हुनेछैन।” विश्‍वास कति शक्‍तिशाली हुनसक्छ!

यहोवाको सेवामा प्रगति गर्न रोकावट ल्याउने बाधाहरू र दिक्कतहरू पनि पार गर्न अथवा हटाउन नसकिने पहाड़हरू जस्तै देखा पर्न सक्छन्‌। तथापि, हामीहरूले आफ्नो हृदयमा विश्‍वास बढ़ायौं भने, त्यसमा बराबर पानी पटायौं भने, र त्यसलाई बढ़ाउने प्रोत्साहन दियौं भने, त्यो विश्‍वास परिपक्वता तर्फ बढ़नेछ र पहाड़ जस्ता देखिने बिघ्न बाधाहरूलाई पार गर्न हामी सक्षम हुनेछौं। मर्कूस ९:१४-२९; मत्ती १७:१९, २०; लूका ९:३७-४३.

◆ हर्मान पर्वतबाट फर्किए पछि, येशूले कुन परिस्थितिको मुकाविला गर्नु पर्दछ?

◆ भूतात्मा लागेको ठिटाको बाबुलाई येशूले के प्रोत्साहन दिनुहुन्छ?

◆ अशुद्ध आत्मालाई चेलाहरूले किन निकाल्न सकेनन्‌?

◆ विश्‍वास कति शक्‍तिशाली हुन सक्छ भनी येशूले कसरी प्रदर्शित गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने