प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ८/१५ pp. २९-३०
  • हामी योअन्‍नाबाट के सिक्न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी योअन्‍नाबाट के सिक्न सक्छौं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • योअन्‍ना को थिइन्‌?
  • तिनले आफ्नो सम्पत्ति खर्चेर सेवा गरिन्‌
  • योअन्‍ना येशूप्रति वफादार रहिन्‌
  • आमाका थुप्रै कामहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • स्त्रीहरूसित आदरपूर्ण र मर्यादित व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ
    प्रहरीधरहरा: के ईश्‍वर महिलाहरूलाई अनमोल ठान्‍नुहुन्छ?
  • मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ८/१५ pp. २९-३०
योअन्‍नाले येशू र उहाँका चेलाहरूको सेवा गर्छिन्‌

हामी योअन्‍नाबाट के सिक्न सक्छौं?

धेरै मानिसलाई येशूका १२ जना प्रेषित थिए भन्‍ने कुरा थाह छ। तर येशूसित घनिष्ठ भएका चेलाहरूमध्ये स्त्रीहरू पनि थिए भन्‍ने कुरा थाह नहुन सक्छ। ती स्त्रीहरूमध्ये एक जना योअन्‍ना थिइन्‌।—मत्ती २७:५५; लूका ८:३.

योअन्‍नाले येशूको सेवाको काममा के-कस्तो मदत गरिन्‌? अनि तिनको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

योअन्‍ना को थिइन्‌?

योअन्‍ना “हेरोदको घरको रेखदेख गर्ने नाइके चूजाकी पत्नी” थिइन्‌। हेरोद एन्टिपासको घरको रेखदेख गर्ने काम चूजाले गरेका हुन सक्छन्‌। चूजाकी पत्नी योअन्‍नालाई पनि येशूले निको पार्नुभएको थियो। येशू आफ्ना प्रेषितहरूसित प्रचार गर्न जानुहुँदा उहाँसँगसँगै थुप्रै स्त्री पनि जान्थे; ती स्त्रीहरूको समूहमा योअन्‍ना पनि थिइन्‌।—लूका ८:१-३.

यहूदी गुरुहरूले स्त्रीहरू आफ्नो नातेदारबाहेक अरू पुरुषसित घुमफिर गर्नु त परै जाओस्‌, सङ्‌गत पनि गर्नु हुँदैन भनी सिकाउँथे। यहूदी पुरुषहरू स्त्रीहरूसित त्यति कुरा गर्दैनथे। समाजमा यस्तो सोचाइ व्याप्त भए तापनि येशूले योअन्‍ना र अरू विश्‍वासी स्त्रीलाई आफूसितै प्रचारकार्यमा लानुभयो।

येशू र उहाँका प्रेषितहरूसित सङ्‌गत गरेमा मानिसहरूले आफूलाई हेला गर्लान्‌ भनी योअन्‍नाले सोचिनन्‌; तिनले उहाँहरूसित सङ्‌गत गरिरहिन्‌। येशूको पछि लाग्नेहरू आफ्नो दैनिक कामकुरामा छाँटकाँट गर्न तयार हुनुपर्थ्यो। यस्ता अनुयायीहरूबारे येशूले यसो भन्‍नुभयो, “यिनीहरू नै मेरा आमा र भाइहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌।” (लूका ८:१९-२१; १८:२८-३०) येशूको पछि लाग्न त्याग गर्नेहरूलाई उहाँ आफ्नो परिवारसरह ठान्‍नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा के तपाईंलाई खुसी लागेन र?

तिनले आफ्नो सम्पत्ति खर्चेर सेवा गरिन्‌

“आफ्नो सम्पत्ति खर्चेर” योअन्‍ना अनि अरू स्त्रीहरूले येशू र १२ प्रेषितको सेवा गरे। (लूका ८:३) एक जना लेखकले बताएअनुसार “स्त्रीहरूले खाना पकाए, भाँडा माझे अनि उद्रेको लुगाहरू सिलाए भनेर लूकाले भन्‍न खोजिरहेका थिएनन्‌। हुन त तिनीहरूले त्यस्तो काम पनि गरे होलान्‌ तर लूकाको विवरणमा त्यस कुरालाई जोड दिइएको पाइँदैन।” जेहोस्‌, ती स्त्रीहरूले पैसा, सरसमान वा सम्पत्ति आफ्ना साथीहरूको लागि खर्चे भन्‍न सकिन्छ।

येशू र उहाँका प्रेषितहरूले टाढा-टाढासम्म प्रचार गर्नुभयो। तर त्यतिबेला जीविकोपार्जनको लागि कुनै काम गर्नुभएन। उहाँहरूसित आम्दानीको स्रोत नभएकोले लगभग २० जनालाई चाहिने खानेकुरा अनि अन्य आवश्‍यक कुराहरू किन्‍न उहाँहरूलाई सजिलो थिएन। हुन त मानिसहरूले उहाँहरूको अतिथि सत्कार गर्थे। तर जीविका चलाउन उहाँहरू त्यसमै भर पर्नुहुन्‍नथ्यो। किनभने बाइबलमा उहाँहरूसित “पैसाको कन्तुर” थियो भनी बताइएको छ। (यूह. १२:६; १३:२८, २९) योअन्‍ना अनि अरू स्त्रीहरूले उहाँहरूलाई अनुदान दिएका हुन सक्छन्‌।

यहूदी स्त्रीहरूसित सरसम्पत्ति हुँदैनथ्यो भनी कोही-कोही दाबी गर्छन्‌। तर त्यतिबेलाकै लेखकहरूका अनुसार यहूदी स्त्रीले विभिन्‍न स्रोतबाट सरसम्पत्ति पाउन सक्थे। जस्तै: (१) दाजुभाइ नभएको खण्डमा बुबाबाट, (२) उपहारस्वरूप अरूबाट, (३) सम्बन्धविच्छेद भएमा पतिबाट, (४) पतिले आफ्नो मृत्युपश्‍चात्‌ पत्नीको नाममा छोडेर गएको इच्छापत्रबाट र (५) आफ्नै आयआर्जनबाट।

येशूका अनुयायीहरूले आफूले सकेजति अनुदान दिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उहाँका अनुयायीमा धनी स्त्रीहरू पनि थिए। चूजा हेरोदको भण्डारे भएकाले चूजा र तिनकी पत्नी योअन्‍ना धनी थिए भनी कसै-कसैले बताएका छन्‌। येशूले लगाउनुभएको महँगो खालको लुगा योअन्‍ना अथवा तिनीजस्तै अरू धनी स्त्रीले दिएको हुन सक्छ। (यूह. १९:२३, २४) एक जना लेखिकाले बताएअनुसार त्यस प्रकारको लुगा “माझीहरूका श्रीमतीहरूले दिन सक्दैनन्‌।”

हुन त योअन्‍नाले आर्थिक सहयोग गरेको कुरा बाइबलमा तोकेरै बताइएको छैन। तर तिनले सकेजति मदत गरिन्‌। यसबाट हामी राम्रो पाठ सिक्न सक्छौं। राज्य गतिविधिलाई अघि बढाउन के दिन चाहन्छौं, त्यो हाम्रै हातको कुरा हो। तर महत्त्वपूर्ण कुरा, हामीले खुसीसाथ दिएको परमेश्‍वर चाहनुहुन्छ।—मत्ती ६:३३; मर्कू. १४:८; २ कोरि. ९:७.

योअन्‍ना येशूप्रति वफादार रहिन्‌

येशूलाई मृत्युदण्ड दिइँदा सायद योअन्‍ना अरू स्त्रीसँगै त्यहाँ थिइन्‌। ती स्त्रीहरू पनि “उहाँसँगै हिंड्‌थे र उहाँको सेवा-सुसार गर्थे। यसबाहेक उहाँसँगै यरूशलेम उक्लेका अरू थुप्रै स्त्री पनि त्यहीं थिए।” (मर्कू. १५:४१) येशूको शव खम्बाबाट निकालेपछि “गालीलदेखि उहाँसँगै आएका स्त्रीहरू पछि-पछि लागे अनि उहाँलाई राखिएको चिहानलाई नियाल्नुका साथै उहाँको शवलाई कसरी राखिएको छ, त्यो पनि तिनीहरूले हेरे। अनि सुगन्धित मसला र तेल तयार पार्न तिनीहरू फर्के।” ती स्त्रीहरू “मरियम मग्दलिनी, योअन्‍ना र याकूबकी आमा मरियम” थिए भनी लूकाले लेखे। तिनीहरू विश्राम दिनपछि येशूलाई राखिएको चिहान हेर्न फर्के। त्यतिबेला तिनीहरूलाई स्वर्गदूतले येशू पुनर्जीवित हुनुभएको कुरा बताए।—लूका २३:५५–२४:१०.

योअन्‍ना र अरू स्त्रीहरू येशूको शवको लागि मसला तयार पार्छन्‌

योअन्‍ना अनि अरू विश्‍वासी स्त्रीहरूले येशूको लागि सकेजति गरे

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा येशूकी आमा र उहाँका भाइहरू अनि अन्य चेलाहरूका साथै योअन्‍ना पनि यरूशलेममा भेला भएको हुनुपर्छ। (प्रेषि. १:१२-१४) योअन्‍नाको पति चूजा हेरोदको घरमा काम गर्ने भएकोले तिनलाई हेरोद एन्टिपासको बारेमा थुप्रै कुरा थाह भएको हुनुपर्छ। लूकाले हेरोदसित सम्बन्धित जानकारीहरू योअन्‍नाबाट पाएको हुन सक्छ। त्यसैले योअन्‍नाको नाम तोकेरै उल्लेख गर्ने लेखक लूका मात्र हुन्‌।—लूका ८:३; ९:७-९; २३:८-१२; २४:१०.

योअन्‍नाको विवरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। तिनले येशूको लागि सकेजति गरिन्‌। तिनको अनुदानले येशू, उहाँका १२ प्रेषित र अन्य चेलाहरूलाई यात्रा गर्न अनि प्रचार गर्न मदत पुगेको देख्दा तिनलाई पक्कै खुसी लागेको हुनुपर्छ। योअन्‍नाले येशूको सेवा गरिन्‌ अनि गाह्रो अवस्था आइपर्दा पनि उहाँप्रति वफादार रहिन्‌। त्यसैले ख्रीष्टियन स्त्रीहरूले तिनको अनुकरण गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने