प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१५ pp. २६-२७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले मसीह आउने आशा गरेका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मसीह देखापर्ने समयबारे दानियलले गरेको भविष्यवाणी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • “हामीले मसीहलाई भेट्टाएका छौं!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१५ pp. २६-२७

पाठकहरूको प्रश्‍न

प्रथम शताब्दीका यहूदीहरूले किन मसीह आउने “आशा गरिरहेका थिए”?

बप्तिस्मा गराउने यूहन्‍नाको समयमा “सबै मानिसहरूले ख्रीष्ट आउने आशा गरिरहेका थिए अनि ‘कतै यिनी नै ख्रीष्ट हुन्‌ कि?’ भनेर यूहन्‍नाको विषयमा मनमनै सोचिरहेका थिए।” (लूका ३:१५) यहूदीहरूले मसीह त्यही समयमा आउनेछन्‌ भनेर आशा गर्नुको कारण के हो? यसका थुप्रै कारण छन्‌।

बेतलेहेमनजिकै यहोवाको दूत गोठालाहरूसित कुरा गर्दै

येशू जन्मेपछि परमेश्‍वरका स्वर्गदूत गोठालाहरूकहाँ देखा परे। ती गोठालाहरू बेतलेहेम नजिकैको एउटा चौरमा बगालको सुरक्षा गरिरहेका थिए। स्वर्गदूतले यस्तो घोषणा गरे: “दाऊदको सहरमा आज तिमीहरूको उद्धारक, ख्रीष्ट प्रभुको जन्म भएको छ।” (लूका २:८-११) त्यसपछि “स्वर्गबाट आएको एउटा ठूलो पल्टन ती स्वर्गदूतसँगै अचानक देखा पऱ्‍यो अनि तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्न थाले:a ‘स्वर्गमा परमेश्‍वरको महिमा होस्‌ अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।’”—लूका २:१३, १४.

स्वर्गदूतले गरेको घोषणाले ती नम्र गोठालाहरूको मनमा पक्कै पनि गहिरो छाप पाऱ्‍यो। तिनीहरू तुरुन्तै बेतलेहेम गए। यूसुफ, मरियम र बालक येशूलाई त्यहाँ देखेपछि तिनीहरूले “त्यस सानो बालकबारे स्वर्गदूतले भनेका सबै कुरा उनीहरूलाई बताइदिए। अनि गोठालाहरूको कुरा सुन्‍नेजति सबै छक्क परे।” (लूका २:१७, १८) “सुन्‍नेजति सबै” भन्‍ने अभिव्यक्‍तिबाट गोठालाहरूले आफूले सुनेको कुरा मरियम र यूसुफलाई मात्र होइन, अरूलाई पनि बताए भनेर थाह हुन्छ। त्यसपछि ती गोठालाहरू फर्के अनि “परमेश्‍वरको महिमा र प्रशंसा गर्न लागे। किनकि तिनीहरूलाई जस्तो बताइएको थियो, तिनीहरूले ठीक त्यस्तै सुने अनि देखे।” (लूका २:२०) ती गोठालाहरूले ख्रीष्टबारे सुनेको असल कुरा आफैमा सीमित राखेनन्‌।

भविष्यवक्‍ता हन्‍नाले यहोवालाई धन्यवाद चढाइरहेकी बेला मरियम बालक येशूलाई बोक्दै

मोशाको व्यवस्थाअनुसारै मरियमले आफ्नो पहिलो छोरालाई यरूशलेमको मन्दिरमा ल्याइन्‌। येशूलाई देखेपछि हन्‍ना नाम गरेकी भविष्यवक्‍ताले “परमेश्‍वरलाई धन्यवाद चढाउन अनि यरूशलेमको छुटकाराको बाटो हेरिरहेका सबैलाई ती बालकको विषयमा बताउन थालिन्‌।” (लूका २:३६-३८; प्रस्थ. १३:१२) मसीह देखा परेको समाचार चारैतिर फैलिन थाल्यो!

पछि “पूर्वबाट ज्योतिषीहरू यरूशलेम आए, र भने: ‘जो यहूदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ? किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौं र उहाँको दर्शन गर्न हामी आएका छौं।’” (मत्ती २:१, २) यो सुनेपछि “राजा हेरोद व्याकुल भए र सारा यरूशलेममा पनि हलचल मच्चियो। अनि तिनले सबै मुख्य पुजारीहरू र शास्त्रीहरूलाई भेला गराएर ख्रीष्टको जन्म कहाँ हुने हो भनेर सोधपुछ गर्न लागे।” (मत्ती २:३, ४) थुप्रै मानिसले मसीह देखा परेको जानकारी पाइसकेका थिए।b

राजा हेरोद ख्रीष्टबारे सोधपुछ गर्दै। पूर्वबाट आएका ज्योतिषीहरू तारालाई पछ्याउँदै

लूका ३:१५ अनुसार केही यहूदीले बप्तिस्मा गराउने यूहन्‍ना नै ख्रीष्ट हुनुपर्छ भनेर सोचेका थिए। तर तिनीहरूको सोचाइ सच्याउन यूहन्‍नाले यसो भने: “मपछि आउने मभन्दा शक्‍तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न लायकको समेत म छैन। उहाँले पवित्र शक्‍ति र आगोले तिमीहरूको बप्तिस्मा गराउनुहुनेछ।” (मत्ती ३:११) यूहन्‍नाले नम्रतापूर्वक भनेका शब्दहरूले मसीह आउने सन्दर्भमा मानिसहरूले राखेको आशा झनै बलियो भयो।

के प्रथम शताब्दीका यहूदीहरूले दानियल ९:२४-२७ मा रेकर्ड गरिएको ७० हप्तासम्बन्धी भविष्यवाणीको आधारमा मसीह देखा पर्ने समय हिसाब गरेका हुन्‌? हुन पनि सक्छ तर यसको कुनै प्रमाण भने छैन। वास्तविकता के हो भने, येशूको समयमा ७० हप्ताबारे विभिन्‍न धारणा थियो र तीमध्ये कुनै पनि धारणा अहिलेको हाम्रो बुझाइसित मेल खाँदैन।c

समाजबाट अलग्गिएर बसेको यहूदी मत मान्‍ने एउटा पन्थले ४९० वर्षपछि दुई जना मसीह देखा पर्नेछन्‌ भनेर सिकायो। तर त्यस पन्थले दानियलको भविष्यवाणीमा आधारित भएर हिसाब निकाल्यो भनेरचाहिं पक्का छैन। तिनीहरूले त्यसो गरेकै भए पनि समाजबाट अलग्गिएर बसेको त्यस समूहको कुरा त्यतिबेलाका यहूदीहरूले पत्याए होलान्‌ र?

सत्तरी हप्ताले ईसापूर्व ६०७ मा भएको पहिलो मन्दिरको विनाशदेखि इस्वी संवत्‌ ७० मा भएको दोस्रो मन्दिरको विनाशसम्मको समयावधिलाई ढाक्छ भनेर इस्वी संवत्‌ दोस्रो शताब्दीका केही यहूदीहरू विश्‍वास गर्थे। कतिपयले भने भविष्यवाणीको पूर्ति ईसापूर्व दोस्रो शताब्दीमा मक्काबीहरूको शासनकालमा भयो भन्थे। त्यसकारण ७० हप्ता हिसाब गर्ने सन्दर्भमा सबै यहूदीको विचार एउटै थिएन।

प्रथम शताब्दीका मानिसहरूले ७० हप्तासम्बन्धी भविष्यवाणी सही तरिकाले बुझेका भए प्रेषितहरूले अनि प्रथम शताब्दीका ख्रीष्टियनहरूले मसीह तोकिएकै समयमा आउनुभयो भनेर देखाउन त्यसलाई नै प्रमाणको रूपमा पेस गर्थे होलान्‌। तर ती ख्रीष्टियनहरूले त्यसो गरेको कुनै प्रमाण छैन।

अर्को पक्ष पनि ध्यान देऔं। हिब्रू धर्मशास्त्रका केही भविष्यवाणी येशू ख्रीष्टमा पूरा भएको कुरा सुसमाचारका लेखकहरूले उल्लेख गरेका छन्‌। (मत्ती १:२२, २३; २:१३-१५; ४:१३-१६) तर उनीहरूमध्ये कसैले पनि पृथ्वीमा येशू देखा परेको कुरालाई ७० हप्तासम्बन्धी भविष्यवाणीसित जोडेका छैनन्‌।

सारांश: येशूको समयका मानिसहरूले ७० हप्तासम्बन्धी भविष्यवाणीलाई सही तरिकाले बुझेका थिए कि थिएनन्‌, हामीलाई थाह छैन। तर मानिसहरूले मसीह आउने “आशा” गर्नुका थुप्रै व्यावहारिक कारण भने सुसमाचारका लेखकहरूले उल्लेख गरेका छन्‌।

a येशूको जन्म हुँदा स्वर्गदूतहरूले “गीत गाए” भनेर बाइबलमा उल्लेख गरिएको छैन।

b तपाईंलाई यस्तो लाग्ला: पूर्वमा “तारा” देखा परेको कुरालाई ज्योतिषीहरूले “यहूदीहरूका राजा”-को जन्मसित कसरी जोडे? तारालाई पछ्याउँदै इस्राएलको बाटो भएर यात्रा गर्दा उनीहरूले मसीहको जन्म भयो भनेर सुनेका पो हुन्‌ कि?

c सत्तरी हप्ताबारे अहिलेको बुझाइ थाह पाउन दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! किताबको अध्याय ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने