प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७८ p. १८४-p. १८५ par. १
  • येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशू पृथ्वीमा किन आउनुभयो
    सबैभन्दा महान्‌ पुरुष
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७८ p. १८४-p. १८५ par. १
येसु र एक जना चेला प्रचार गर्दै हुनुहुन्छ

पाठ ७८

येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ

येसुले बप्तिस्मा गर्नुभएको केही समयपछि “परमेश्‍वरको राज्य नजिकै आएको छ” भनेर प्रचार गर्न थाल्नुभयो। उहाँ गालिल र यहुदिया जानुहुँदा चेलाहरू पनि उहाँको पछि लागे। उहाँ आफ्नो गृहनगर नासरतमा फर्कनुभएपछि सभाघर जानुभयो र यसैयाको मुठा खोलेर ठूलो स्वरले पढ्‌नुभयो: ‘मैले सुसमाचार प्रचार गर्न सकूँ भनेर यहोवा परमेश्‍वरले मलाई पवित्र शक्‍ति दिनुभएको छ।’ उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? मानिसहरू उहाँले चमत्कारहरू गर्नुभएको हेर्न चाहन्थे तर उहाँले पवित्र शक्‍ति पाउनुको मुख्य कारण सुसमाचार प्रचार गर्नु थियो। त्यसपछि आफ्नो कुरा सुनिरहेकाहरूलाई उहाँले भन्‍नुभयो: ‘आज यो भविष्यवाणी पूरा भयो।’

येसु गालिल समुद्रमा जानुभयो। त्यहाँ उहाँले चार जना जलारीलाई भेट्‌नुभयो, जो पछि उहाँका चेला बने। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।” ती चार जना पत्रुस, अन्द्रियास, याकुब र युहन्‍ना थिए। उत्तिखेरै तिनीहरूले माछा मार्ने काम छोडेर उहाँको पछि लागे। तिनीहरूले गालिलभरि परमेश्‍वरको राज्यबारे प्रचार गरे। तिनीहरूले सभाघर, बजार र सडकहरूमा प्रचार गरे। तिनीहरू जहाँ गए पनि मानिसहरूको भीड तिनीहरूको पछि लाग्यो। चारैतिर उहाँको चर्चा हुन थाल्यो, टाढा पर्ने सिरियासम्मै।

केही समयपछि येसुले केही चेलालाई मानिसहरूलाई निको पार्ने र प्रेतहरू धपाउने शक्‍ति दिनुभयो। उहाँले सहर-सहर अनि गाउँ-गाउँ हुँदै प्रचार गर्नुहुँदा अरू चेलाहरू उहाँसँगै गए। मरियम मग्दलिनी, योअन्‍ना, सुसन्‍ना र अरू थुप्रै वफादार स्त्रीले येसु र उहाँका अनुयायीहरूको ख्याल राखे।

येसुले चेलाहरूलाई तालिम दिनुभएपछि प्रचार गर्न पठाउनुभयो। तिनीहरूले गालिलभरि यात्रा गर्दा अरू थुप्रै मानिस चेला बने र बप्तिस्मा गरे। चेला बन्‍न चाहनेहरू यत्ति धेरै थिए कि उहाँले तिनीहरूलाई बाली काट्‌ने समयको फसलसित तुलना गर्नुभयो। उहाँले भन्‍नुभयो: ‘यहोवालाई बाली काट्‌न खेतालाहरू पठाइदिनुहोस्‌ भनेर प्रार्थना गर।’ पछि उहाँले ७० जना चेला छान्‍नुभयो र तिनीहरूलाई दुई-दुई गरी यहुदियाभरि प्रचार गर्न पठाउनुभयो। तिनीहरूले सबै खाले मानिसलाई परमेश्‍वरको राज्यबारे सिकाए। चेलाहरू फर्केर येसुलाई सबै कुरा बताउन उत्सुक थिए। सैतानले प्रचारकार्य रोक्न सकेन।

आफू स्वर्ग फर्किसकेपछि चेलाहरूले यो महत्त्वपूर्ण काम गरिरहून्‌ भन्‍ने येसु चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: ‘सारा संसारमा सुसमाचार प्रचार गर। मानिसहरूलाई परमेश्‍वरको वचन सिकाओ र बप्तिस्मा गराओ।’

“मैले अरू सहरमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”—लुका ४:४३

प्रश्‍नहरू: येसुले आफ्ना चेलाहरूलाई के काम दिनुभयो? चेलाहरूलाई त्यो काम कस्तो लाग्यो?

मत्ति ४:१७-२५; ९:३५-३८; २८:१९, २०; मर्कुस १:१४-२०; लुका ४:१४-२१; ८:१-३; १०:१-२२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने