प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३४ p. ८२-p. ८३ par. ६
  • येसु बाह्र प्रेषित रोज्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु बाह्र प्रेषित रोज्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • आफ्ना प्रेषितहरू छान्‍नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • तिनीहरू येशूका चेला बने
    महान्‌ शिक्षकबाट सिकौं
  • येशू डाँडामा सिकाउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु बाह्र प्रेषित रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ३४ p. ८२-p. ८३ par. ६
येसु एउटा डाँडामा जानुहुन्छ

अध्याय ३४

येसु बाह्र प्रेषित रोज्नुहुन्छ

मर्कुस ३:१३-१९ लुका ६:१२-१६

  • बाह्र प्रेषित

बप्तिस्मा गराउने युहन्‍नाले येसुलाई परमेश्‍वरको पाठोको रूपमा चिनाएको लगभग डेढ वर्ष बितिसकेको छ। येसुले सेवाको काम थाल्नुभएपछि नम्र हृदय भएका केही पुरुष उहाँको चेला बने। उनीहरू अन्द्रियास, सिमोन पत्रुस, युहन्‍ना, सायद याकुब (युहन्‍नाका दाइ), फिलिप र बारथोलोमाइ (जसलाई नथनेल पनि भनिन्छ) थिए। पछि अरू धेरै जना ख्रिष्टको पछि लागे।—युहन्‍ना १:४५-४७.

अब येसु आफ्ना प्रेषितहरू रोज्न तयार हुनुहुन्छ। तिनीहरू उहाँका घनिष्ठ सहयोगी हुनेछन्‌ र तिनीहरूले उहाँबाट विशेष तालिम पाउनेछन्‌। तर प्रेषितहरू रोज्नुअघि येसु एउटा डाँडामा जानुहुन्छ। त्यो डाँडा सायद गालिल समुद्रनजिकै छ र कफर्नहुमबाट पनि त्यति टाढा छैन। उहाँ पूरै रात प्रार्थना गरेर बिताउनुहुन्छ। सम्भवतः उहाँ परमेश्‍वरसित बुद्धि र आशिष्‌ माग्नुहुन्छ। भोलिपल्ट उहाँ आफ्ना चेलाहरूलाई बोलाउनुहुन्छ र उनीहरूमध्ये १२ जनालाई आफ्नो प्रेषितको रूपमा रोज्नुहुन्छ।

येसु सुरुको अनुच्छेदमा उल्लेख गरिएका छ जनाका साथै मत्तिलाई पनि रोज्नुहुन्छ, जसलाई येसुले कर उठाउने ठाउँबाट आफ्नो पछि लाग्ने निम्तो दिनुभएको थियो। उहाँले रोज्नुभएको अरू पाँच जना प्रेषितचाहिँ यहुदा (जसलाई थेदियस पनि भनिन्छ र जो “याकुबका छोरा” हुन्‌), जोसिलो सिमोन, थोमा, अल्फयसको छोरा याकुब र यहुदा इस्करियोत हुन्‌।—मत्ति १०:२-४; लुका ६:१६.

बाह्र प्रेषित रोज्नुअघि येसु प्रार्थना गर्नुहुन्छ

यी १२ जनाले येसुसित धेरै समय बिताइसकेका छन्‌। त्यसैले उहाँ तिनीहरूलाई राम्ररी चिन्‍नुहुन्छ। तिनीहरूमध्ये कोही-कोही त उहाँका नातेदार हुन्‌। याकुब र तिनको भाइ युहन्‍ना येसुको आफ्नै सानीआमाका छोराहरू हुन्‌ जस्तो देखिन्छ। कसै-कसैले तर्क गरेअनुसार अल्फयस येसुको बुबा युसुफका भाइ हुन्‌। यदि त्यसो हो भने अल्फयसका छोरा, प्रेषित याकुब येसुको भाइ पर्छन्‌।

येसुलाई पक्कै पनि आफ्ना प्रेषितहरूको नाम सम्झन गाह्रो छैन। तर के तपाईँ तिनीहरूको नाम सम्झन सक्नुहुन्छ? तपाईँ सजिलो तरिकामा यसरी सम्झन सक्नुहुन्छ: सिमोन नाम गरेका दुई जना, याकुब नाम गरेका दुई जना, यहुदा नाम गरेका दुई जना, सिमोनका (पत्रुस) भाइ अन्द्रियास र याकुबका (जब्दिका छोरा) भाइ युहन्‍ना। यो त भयो आठ जनाको नाम सम्झने तरिका। अरू चार जनाको नामचाहिँ यसरी सम्झन सक्नुहुन्छ: कर उठाउने (मत्ति), पछि शङ्‌का गर्ने (थोमा), रूखमुनिबाट बोलाइएका (नथनेल) र नथनेलका साथी (फिलिप)।

यीमध्ये ११ जना प्रेषित येसुको गृहनगर गालिलका हुन्‌। नथनेलचाहिँ कानाका हुन्‌। फिलिप, पत्रुस र अन्द्रियास पहिला बेथसेदामा बस्थे। पछि पत्रुस र अन्द्रियास कफर्नहुममा सर्छन्‌। मत्ति पनि कफर्नहुममै बस्थे जस्तो देखिन्छ। याकुब र युहन्‍ना पनि कफर्नहुममै वा कफर्नहुमनजिकै बस्थे र तिनीहरू माछाको व्यापार गर्थे। पछि येसुलाई धोका दिने यहुदा इस्करियोत मात्र यहुदियाका हुन्‌ जस्तो देखिन्छ।

  • पूरै रात प्रार्थना गरेर बिताएपछि येसु कस्तो महत्त्वपूर्ण निर्णय गर्नुहुन्छ?

  • येसुका प्रेषितहरू को-को हुन्‌ र तपाईँ तिनीहरूको नाम कसरी सम्झन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने