प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २ p. १२-p. १३ par. १०
  • येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • जन्मनुअगावै उहाँ सम्मानित हुनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • गब्रिएल मरियमलाई भेट्‌छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एउटा स्वर्गदूत मरियमलाई भेट्‌न आउँछन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. २ p. १२-p. १३ par. १०
मरियम गधामा यात्रा गर्दै; मरियम इलिसिबाको घरभित्र पस्दा इलिसिबाले आफ्नो गर्भमा रहेको शिशु खुसीले गद्‌गद भएर उफ्रिएको चाल पाउँछिन्‌; मरियम इलिसिबालाई घरको कामकाजमा सघाउँछिन्‌

अध्याय २

येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ

लुका १:३४-५६

  • मरियम आफ्नो नातेदार इलिसिबालाई भेट्‌न जान्छिन्‌

गब्रिएल स्वर्गदूत जवान मरियमलाई तिनले एउटा छोरो जन्माउनेछिन्‌ भनेर बताउँछन्‌। उहाँको नाम येसु राखिनेछ अनि उहाँले राजाको रूपमा सधैँभरि शासन गर्नुहुनेछ भनेर पनि उनी बताउँछन्‌। त्यसपछि मरियम स्वर्गदूतलाई सोध्छिन्‌: “यो कसरी हुन सक्छ? किनकि म त कुमारी नै छु।”—लुका १:३४.

गब्रिएल तिनलाई यस्तो जवाफ दिन्छन्‌: “पवित्र शक्‍ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्‍वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्‍वरको छोरा अनि पवित्र कहलाइनुहुनेछ।”—लुका १:३५.

सायद मरियमलाई यो सन्देश स्विकार्न सजिलो होस्‌ भनेर गब्रिएल अझ यसो भन्छन्‌: “हेर, बाँझी कहलिएकी तिम्री नातेदार इलिसिबा पनि बुढेसकालमा गर्भवती भएकी छिन्‌ र उनको कोखमा एउटा छोरो छ। उनी अहिले छैटौँ महिनामा छिन्‌। किनकि आफूले भनेको कुनै पनि कुरा पूरा गर्न परमेश्‍वरको लागि असम्भव हुँदैन।”—लुका १:३६, ३७.

त्यसपछि मरियमले देखाएको प्रतिक्रियाबाट तिनले गब्रिएलले सुनाएको सन्देश स्विकारेको स्पष्ट हुन्छ। तिनी यसो भन्छिन्‌: “हेर्नुहोस्‌, म यहोवा परमेश्‍वरकी दासी हुँ! तपाईँले भन्‍नुभएअनुसारै मलाई होस्‌।”—लुका १:३८.

गब्रिएल गइसकेपछि मरियम इलिसिबाकहाँ जान तयारी गर्छिन्‌। इलिसिबा आफ्नो पति जकरियासँगै यरुसलेमनजिकै यहुदियाको पहाडी इलाकामा बस्छिन्‌। नासरतमा रहेको मरियमको घरबाट त्यहाँसम्म पुग्न तीन-चार दिन लाग्छ।

लामो यात्रापछि मरियम जकरियाको घरमा आइपुग्छिन्‌ र आफ्नो नातेदार इलिसिबालाई अभिवादन गर्छिन्‌। तब इलिसिबा पवित्र शक्‍तिले भरिन्छिन्‌ र मरियमलाई यसो भन्छिन्‌: “स्त्रीहरूमध्ये तिमी धन्यकी हौ अनि तिम्रो गर्भको फल धन्यको हो! मेरा प्रभुकी आमा मकहाँ आउनु मेरो लागि कत्ति ठूलो सम्मान! किनकि हेर, तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भमा भएको शिशु खुसीले गद्‌गद भएर उफ्रियो।”—लुका १:४२-४४.

त्यसपछि मरियम एकदमै कृतज्ञ हुँदै यसो भन्छिन्‌: “म यहोवाको गुणगान गाउँछु अनि मेरा उद्धारक, मेरा परमेश्‍वरमा अति आनन्दित नभई बस्न सक्दिनँ किनकि उहाँले आफ्नी दासीको दरिद्रतालाई ध्यान दिनुभएको छ। हेर, अबउसो सबै पुस्ताले मलाई आनन्दित भन्‍नेछन्‌ किनकि शक्‍तिशाली परमेश्‍वरले मेरो निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।” याद गर्नुहोस्‌, मरियमले यस्तो विशेष अनुग्रह पाए तापनि तिनी यी सबैको श्रेय परमेश्‍वरलाई दिन्छिन्‌। तिनी यसो भन्छिन्‌: “उहाँको नाम पवित्र छ अनि उहाँसित डराउनेहरूमाथि उहाँको कृपा पुस्तौँपुस्तासम्म रहिरहन्छ।”—लुका १:४६-५०.

परमेश्‍वरको प्रशंसा गर्दै मरियम अझ यसो भन्छिन्‌: “उहाँले आफ्नो बाहुलीले पराक्रमी कामहरू गर्नुभएको छ। उहाँले अहङ्‌कारी मनसाय भएकाहरूलाई तितरबितर पार्नुभएको छ। उहाँले शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ र दीन अवस्थामा भएकाहरूलाई उच्च पार्नुभएको छ। उहाँले भोकाहरूलाई असल-असल थोकले तृप्त पार्नुभएको छ र धनसम्पत्ति भएकाहरूलाई रित्तो हात फर्काउनुभएको छ। उहाँ आफ्नो सेवक इस्राएललाई सहायता गर्न आउनुभएको छ र यसरी उहाँले आफ्नो प्रतिज्ञा सम्झेको कुरा देखाउनुभएको छ। उहाँले अब्राहाम र तिनको सन्तानलाई सधैँभरि कृपा देखाउनेछु भनी हाम्रा पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो।”—लुका १:५१-५५.

मरियम इलिसिबालाई घरको कामकाजमा सघाउँछिन्‌

झन्डै तीन महिना इलिसिबाकहाँ बस्दा मरियमले इलिसिबाको गर्भावस्थाको अन्तिम हप्ताहरूमा उनलाई पक्कै पनि धेरै सघाएकी हुनुपर्छ। परमेश्‍वरको कृपाले गर्भवती भएका यी दुवै विश्‍वासी स्त्रीहरू आफ्नो जीवनको यस्तो सुखद क्षणमा सँगै हुन पाउनु साँच्चै राम्रो कुरा हो!

यो कुरा पनि याद गर्नुहोस्‌, येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिएको थियो। इलिसिबाले उहाँलाई “मेरा प्रभु” भनेर सम्बोधन गरिन्‌ र मरियमले अभिवादन गर्दा इलिसिबाको गर्भमा भएको शिशु पनि “खुसीले गद्‌गद भएर उफ्रियो।” तर मरियमको गर्भमा भएको शिशु जन्मेपछि मानिसहरूले मरियमलाई र ती शिशुलाई बिलकुलै फरक व्यवहार गर्छन्‌। यसबारे हामी पछिका अध्यायहरूमा बुझ्नेछौँ।

  • मरियम कसरी गर्भवती हुनेछिन्‌ भनेर बुझाउन गब्रिएल के भन्छन्‌?

  • येसुलाई उहाँको जन्मअघि नै कसरी सम्मान गरिन्छ?

  • मरियम इलिसिबाकहाँ कति समयसम्म बस्छिन्‌ र किन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने