प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ७/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • गब्रिएल मरियमलाई भेट्‌छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • जन्मनुअगावै उहाँ सम्मानित हुनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • एउटा स्वर्गदूत मरियमलाई भेट्‌न आउँछन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ७/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

येशूकी आमा, मरियम आफ्नी नातेदार इलीशिबालाई भेट्‌न जाँदा के तिनी गर्भवती भइसकेकी थिइन्‌?

हो, प्राप्त प्रमाणहरूअनुसार तिनी गर्भवती थिइन्‌। पूजाहारी जकरियाकी पत्नी, इलीशिबाको गर्भधारणबारे हामी लूका अध्याय १ मा प्रथम चोटि पढ्‌छौं। तिनले यूहन्‍नालाई (बप्तिस्मा दिने) जन्माइन्‌। इलीशिबा गर्भवती भएकी “छैटौं महीनामा . . . गब्रिएल दूत” मरियमलाई भेट्‌न आइन्‌ अनि तिनी गर्भवती हुनेछिन्‌ र “परमप्रधानका पुत्र” जन्माउनेछिन्‌ भनेर बताए। (लूका १:२६, ३०-३३) तर मरियम कहिले गर्भवती भइन्‌?

त्यसपछि मरियम आफ्नी गर्भवती नातेदार इलीशिबालाई भेट्‌न यहूदातर्फ गइन्‌ भनेर लूकाको विवरणले बताउँछ। ती दुइ स्त्रीको भेट हुँदा इलीशिबाको गर्भको शिशु (यूहन्‍ना) उफ्रियो। इलीशिबाले ‘मरियमको गर्भको फललाई’ सम्बोधन गरिन्‌ र मरियमलाई “मेरा प्रभुका आमा” भनिन्‌। (लूका १:३९-४४) तसर्थ, तार्किक निष्कर्ष यो हुनेछ, मरियमले गर्भधारण गरिसकेकी थिइन्‌ र इलीशिबालाई भेट्‌न जाँदा तिनी गर्भवती थिइन्‌।

लूका १:५६ मा यस्तो लेखिएको पाउँछौं: “अनि मरियम तिनीकहाँ प्रायः तीन महीना बसेर आफ्नो घर फर्किन्‌।” यस पदले निश्‍चित दिन तोकेको छैन। यसो भनिएको छ “प्रायः तीन महिना,” जुन हिसाबअनुसार इलीशिबाको गर्भधारणको नवौं महिना हुनुपर्छ।

इलीशिबालाई गर्भधारणको पछिल्ला महिनाहरूमा मदत गरिसकेपछि मरियम नासरतमा आफ्नो घर फर्किन्‌। इलीशिबाले (यूहन्‍नालाई) जन्माइसकेपछि धेरै आगन्तुकहरू आउनेछन्‌ र केही त नातेदारहरूसमेत हुनेछन्‌ भनेर मरियमलाई सम्भवतः थाह थियो। अविवाहित तर गर्भवती युवतीको लागि त्यो परिस्थति अप्ठ्यारो हुनसक्थ्यो। मरियम नासरत फर्किंदा तिनी गर्भवती भएकी कति महिना भएको हुनुपर्छ? तिनी इलीशिबासित “प्रायः तीन महिना” बसेकीले नासरत फर्कंदा मरियम गर्भवती भएर तेस्रो महिना पूरा भएको वा चौथो महिना सुरु भएको हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने