येशूको जीवन र सेवकाई
जन्मोत्सवको भोजमा हत्या
आफ्ना अनुयायीहरूलाई उपदेश दिइ सक्नु भए पछि, येशूले तिनीहरूलाई प्रचार गर्ने इलाकामा दुई-दुई जना गर्दै पठाउनु हुन्छ। हुन सक्छ, भाइहरू भएको हुनाकारण, पत्रुस र एन्दरू एक साथ गए होलान्। साथै, याकूब र यूहन्ना, फिलिप र बारथोलोम्यु, थोमस र मत्ती, याकूब र थेडियस र सिमोन र यहूदा इसकेरियत् साथ गए होलान्। सुसमाचार प्रचारकहरूका यी ६ जोड़ी राज्यको सुसमाचार प्रचार गर्छन् र जता ततै चमत्कार गर्दै, मानिसहरूरलाई निको पार्छन्।
यस बेला, बप्तिस्मा दिने यूहन्ना कारागारमै छन्। उनी कारागारमा बसेको दुई वर्ष हुन लाग्यो। हेरोद एन्तीपासले आफ्नै भाइकी पत्नी राख्नु गलत् हो भनेर यूहन्नाले सबैको सामने घोषणा गरेको तपाईंलाई यादै होला। हेरोद एन्तीपासले मोशाको व्यवस्था अनुसार हिड़ने दाबी गरेको हुनाकारण, यूहन्नाले यो व्यभिचारको पर्दाफास गर्न उचित् थियो। तर यसो गरेको हुनाले, हेरोदले यूहन्नालाई कारागारमा थुनि दिन्छ। यस्मा हेरोदकी पत्नी हेरोदियासको हात हुन सक्छ।
यूहन्ना एउटा धार्मिक मानिस हो भनेर हेरोदलाई थाह छ। यूहन्नाका कुराहरू आनन्द साथ सुन्ने पनि गर्छ। यसैकारण, उसलाई के गर्ने हो भनेर हेरोद अलमलमा पर्छ। तर हेरोदियासले यूहन्नालाई घृणा गर्छे र उसको हत्या गर्ने मौका खोजी रहन्छे। आखिरमा, जुन मौकाको लागि उ पर्खि रहेकी थिइ, त्यो मौका सामने आउँछ।
ई. स. ३२ सालको निस्तार चाड़को केही समय अघि, हेरोदले आफ्नो जन्मोत्सवमा एउटा विशाल भोज आयोजित् गर्छ। यो भोजमा, हेरोदका सबै उच्च पदाधिकारीहरू, सेनापतिहरू र गालीलका मुख्य मुख्य मानिसहरू भेला भएका छन्। जसै रात छाउँदै जान्छ, हेरोदियासको प्रथम पति, फिलिपबाट जन्मेकी छोरी सलोमीलाई, त्यहाँ भेला भएकाहरूको सामने नाँचन् बोलाइ पठाइन्छ। नाँच हेर्ने पुरूषहरू सलोमीको मन लोभाउने नाँच हेरेर चकित् हुन्छन्।
हेरोद पनि सलोमी सँग अति नै खुशी हुन्छ। “तिमीलाई मन लागेको कुरा म सित माग र म तिमीलाई दिन्छु” भन्दै हेरोदले सबैको सामने भन्छ। औ उसले शपथ खाएर एसो पनि भन्छ: “जे तिमी म सित माग्छौ, मेरो आधा राज्य सम्म पनि, म तिमीलाई दिनेछु।”
जवाब दिनु भन्दा अघि, सलोमी बाहिर आफ्नी आमा सँग साहुती गर्न जान्छे। “म के माँगौं?” भनेर आमा सित सोधछे।
मौका बल्ल आयो! हेरोदियासले न हिचकिचाइकन्, “बप्तिस्मा दिने यूहन्नाको सिर माँगनु,” भन्छे।
तुरन्तै सलोमी हेरोद कहाँ फर्केर आउँछे र यो बिन्ति गर्छे: “अहिले मलाई बप्तिस्मा दिने यूहन्नाको सिर थालमा दिनु होस्।”
हेरोद धेरै नै दुखित् हुन्छ। तर उसका सबै पाहुनाहरूले उसले खाएको शपथ सुनेको हुनाकारण, दिइएको वचन पुरा नगरेमा आफ्नै अपमान होला भनेर उ डराउँछ। निर्दोष मानिसको हत्या गर्नु परेता पनि, उसले आफ्नो वचन पुरा गर्ने फैसला गर्छ। तुरन्तै उसको भयानक आदेश पुरा गर्न एक जना मानिसलाई झ्यालखानामा पठाइन्छ। केही समय पछि, त्यो मानिस बप्तिस्मा दिने यूहन्नाको सिर थालमा लिएर फर्कन्छ र त्यो सलोमीलाई दिन्छ। सलोमीले फेरि त्यो लगरे आफ्नी आमालाई दिन्छे। यूहन्नाको चेलाहरूले यस बारे समाचार पाए पछि, तिनीहरू आएर यूहन्नाको लाश लगेर दाह-संस्कार गर्छन्। यस पछि येशूलाई खबर दिन्छन्।
केही समय पछि, येशूले मानिसहरूलाई निको पार्नु भएको र भूतहरू धपाउनु भएको समाचार सुनेर हेरोद भयभित् हुन्छ। उसले येशूलाई, फेरि बिउँतेर आएको यूहन्ना हो भनी ठान्छ। त्यस पछि उसले येशूलाई हेर्ने ठूलो इच्छा गर्छ। उहाँको प्रचारको समाचार सुन्नलाई होइन तर आफ्नै भयको कारण ठीक हो वा होइन भनेर निश्चित् गर्न। मत्ती १०:१-५; ११:१; १४:१-१२; मर्कूस ६:१४-२९; लूका ९:७-९.
◆ यूहन्नालाई झ्यालखाना भित्र किन थुने र हेरोदले उनलाई किन मार्न चाहन्दैन?
◆ अन्तमा हेरोदियासले यूहन्नालाई मार्ने मौका कसरी पाउँछे?
◆ यूहन्नाको मृत्यु पश्चात्, हेरोदले येशू सँग किन भेट गर्न चाहन्छ? (w87 8/15)