प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ९२ p. २१४-p. २१५ par. १
  • येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु जलारीहरूसामु देखा पर्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • गालिल समुद्रको किनारामा
    येसु—बाटो, सत्य र जीवन
  • गालील समुद्रमा
    सबैभन्दा महान्‌ पुरुष
  • मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ९२ p. २१४-p. २१५ par. १
भुङ्‌ग्रोमा माछा पाकिरहेको बेला येसु आफ्ना चेलाहरूसित कुराकानी गर्नुहुन्छ

पाठ ९२

येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

येसु प्रेषितहरूसामु देखा पर्नुभएको केही समयपछि पत्रुस गालिल समुद्रमा माछा मार्न गए। थोमा, याकुब, युहन्‍ना र अरू केही चेला पनि तिनीसँगै गए। तिनीहरूले रातभरि जाल हाने तर जालमा एउटै माछा परेन।

बिहान हुनै लाग्दा तिनीहरूले एक जना मानिस किनारामा उभिरहेको देखे। ती मानिसले तिनीहरूलाई सोधे: ‘जालमा माछा पऱ्‍यो?’ तिनीहरूले भने: ‘अहँ, परेन।’ ती मानिसले तिनीहरूलाई भने: “डुङ्‌गाको दाहिनेतिर जाल हान।” तिनीहरूले त्यसो गर्दा जालमा यत्ति धेरै माछा पऱ्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्‌। तब युहन्‍नाले ती मानिस येसु हुनुहुँदो रहेछ भनेर थाह पाइहाले र भने: “उहाँ प्रभु हुनुहुन्छ!” पत्रुस तुरुन्तै समुद्रमा हामफाले अनि पौडिएर किनारामा गए। अरू चेलाचाहिँ डुङ्‌गा खियाएर किनारामा आए।

किनारामा आइपुग्दा तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा रोटी र माछा देखे। येसुले तिनीहरूलाई खानको लागि भर्खरै समातेको केही माछा पनि ल्याउन भन्‍नुभयो। त्यसपछि उहाँले भन्‍नुभयो: “आओ, नास्ता गर।”

पत्रुस किनारामा येसुतर्फ जाँदै छन्‌ र अरू चेलाहरू डुङ्‌गामा तिनको पछि आउँदै छन्‌

तिनीहरूले नास्ता गरिसकेपछि उहाँले पत्रुसलाई सोध्नुभयो: ‘के तिमी मलाई माछा मार्ने कामलाई भन्दा धेरै प्रेम गर्छौ?’ तिनले जवाफ दिए: ‘गर्छु प्रभु, तपाईँलाई थाहै छ नि।’ उहाँले भन्‍नुभयो: ‘त्यसो हो भने मेरा पाठाहरूलाई खुवाऊ।’ उहाँले तिनलाई फेरि सोध्नुभयो: ‘पत्रुस, के तिमी मलाई प्रेम गर्छौ?’ तिनले जवाफ दिए: ‘गर्छु भनेर तपाईँलाई थाहै छ नि।’ उहाँले भन्‍नुभयो: “मेरा साना भेडाहरूको हेरचाह गर।” उहाँले पत्रुसलाई तेस्रो चोटि पनि त्यही प्रश्‍न सोध्नुभयो। तिनी असाध्यै दुःखी भए। तिनले भने: ‘प्रभु, तपाईँलाई सबै कुरा थाह छ। म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छ।’ तब उहाँले तिनलाई भन्‍नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।” उहाँले पत्रुसलाई यसो पनि भन्‍नुभयो: “तिमी निरन्तर मेरो पछि लाग।”

“[येसुले] तिनीहरूलाई भन्‍नुभयो: ‘मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।’ उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।”—मत्ति ४:१९, २०

प्रश्‍नहरू: जलारीहरूको लागि येसुले कस्तो चमत्कार गर्नुभयो? तिम्रो विचारमा येसुले पत्रुसलाई किन तीन चोटिसम्म “के तिमी मलाई प्रेम गर्छौ” भनेर सोध्नुभयो?

युहन्‍ना २१:१-१९, २५; प्रेषित १:१-३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने