प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १८ p. ४६-p. ४७ par. ६
  • युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • यूहन्‍ना घट्‌छन्‌, येशू बढ्‌नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के यूहन्‍नामा विश्‍वासको कमी थियो?
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १८ p. ४६-p. ४७ par. ६
बप्तिस्मा गराउने युहन्‍ना आफ्ना चेलाहरूसित कुरा गर्छन्‌

आध्याय १८

युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ

मत्ति ४:१२ मर्कुस ६:१७-२० लुका ३:१९, २० युहन्‍ना ३:२२–४:३

  • येसुका चेलाहरू बप्तिस्मा गराउँछन्‌

  • बप्तिस्मा गराउने युहन्‍नालाई झ्यालखानामा हालिन्छ

इस्वी संवत्‌ ३० को वसन्त ऋतुको निस्तार चाड मनाएपछि येसु र उहाँका चेलाहरू यरुसलेमबाट निस्कनुहुन्छ। तर उहाँहरू त्यहाँबाट सीधै गालिलमा आफ्नो घरतर्फ जानुहुन्‍न। उहाँहरू यहुदिया जानुहुन्छ र धेरैलाई बप्तिस्मा गराउनुहुन्छ। बप्तिस्मा गराउने युहन्‍नाले लगभग एक वर्षदेखि सायद यर्दन नदीको बेँसीमा यही काम गरिरहेका छन्‌। तिनका केही चेलाहरू अझै पनि तिनीसितै छन्‌।

येसु आफैले कसैलाई बप्तिस्मा गराउनुहुन्‍न तर उहाँको निर्देशनमा उहाँका चेलाहरूले बप्तिस्मा गराउँछन्‌। अहिले येसु र युहन्‍ना दुवै जना परमेश्‍वरको व्यवस्थाविरुद्ध गरेको पापको पश्‍चात्ताप गर्ने यहुदीहरूलाई सिकाउँदै हुनुहुन्छ।—प्रेषित १९:४.

तर युहन्‍नाका चेलाहरूलाई डाह लाग्छ र येसुबारे गुनासो गर्दै तिनीहरू युहन्‍नालाई यसो भन्छन्‌: “जुन मानिस . . . तपाईँसित हुनुहुन्थ्यो . . . उहाँले त बप्तिस्मा गराउँदै हुनुहुन्छ अनि सबै जना उहाँकहाँ जाँदै छन्‌।” (युहन्‍ना ३:२६) तर युहन्‍ना डाह गर्दैनन्‌। तिनी येसुको सफलतामा रमाउँछन्‌ र आफ्ना चेलाहरू पनि रमाएको चाहन्छन्‌। युहन्‍ना तिनीहरूलाई यो कुरा सम्झाउँछन्‌: “‘म ख्रिष्ट होइनँ तर उहाँको अघि-अघि पठाइएको हुँ’ भनी मैले भनेको कुराको तिमीहरू आफै साक्षी छौ।” सबैले बुझ्ने एउटा उदाहरण चलाउँदै तिनी यसो भन्छन्‌: “जोसित दुलही छ, उही दुलहा हो। अनि दुलहाको साथी, जसले दुलहाको नजिकै उभिएर तिनको स्वर सुन्छ, उसको खुसीको सीमा रहँदैन। त्यसैले म पनि आनन्दले ओतप्रोत भएको छु।”—युहन्‍ना ३:२८, २९.

महिनौँअघि येसुसित आफ्ना चेलाहरूको परिचय गराउँदा युहन्‍ना दुलहाको साथीजस्तै रमाएका थिए। तिनीहरूमध्ये केही येसुको पछि लागे र पछि तिनीहरू पवित्र शक्‍तिद्वारा अभिषेक हुने थिए। अहिले आफूसित भएका चेलाहरू पनि येसुको पछि लागेको युहन्‍ना चाहन्छन्‌। वास्तवमा युहन्‍नाको उद्देश्‍य ख्रिष्टको सेवाको कामको लागि बाटो तयार पार्नु हो। युहन्‍ना भन्छन्‌: “उहाँ बढ्‌दै जानुपर्छ तर म भने घट्‌दै जानुपर्छ।”—युहन्‍ना ३:३०.

अर्का युहन्‍ना, जो पहिल्यैदेखि येसुको पछि लागिरहेका थिए, तिनी येसुको अस्तित्व र मानिसहरूको उद्धारमा उहाँको मुख्य भूमिकाबारे पछि यस्तो लेख्छन्‌: “जो माथिबाट आउँछ, ऊ अरू सबैको माथि हुन्छ। . . . बुबाले छोरालाई प्रेम गर्नुहुन्छ र सबै थोक उसको हातमा सुम्पनुभएको छ। जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ; जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन तर ऊमाथि परमेश्‍वरको क्रोध आइपर्नेछ।” (युहन्‍ना ३:३१, ३५, ३६) मानिसहरूले थाह पाउनुपर्ने कत्ति महत्त्वपूर्ण सत्य!

बप्तिस्मा गराउने युहन्‍नालाई झ्यालखानामा हालिन्छ

बप्तिस्मा गराउने युहन्‍नाले आफ्नो काम र भूमिका घट्‌दै जाने कुरा बताएको केही समय नबित्दै राजा हेरोदले तिनलाई पक्राउ गर्छन्‌। हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका छन्‌। युहन्‍नाले हेरोदको यो कर्तुत सबैसामु उदाङ्‌ग पारेकोले हेरोद युहन्‍नालाई झ्यालखानामा हाल्छन्‌। युहन्‍ना पक्राउ परे भनी सुनेर येसु आफ्ना चेलाहरूसितै यहुदिया छोड्‌नुहुन्छ र ‘गालिलतिर लाग्नुहुन्छ।’—मत्ति ४:१२; मर्कुस १:१४.

  • युहन्‍नाले गराएको बप्तिस्मा र येसुको सेवाको कामको दौडान उहाँका चेलाहरूले गराएको बप्तिस्माको अर्थ के हो?

  • येसुको गतिविधिको डाह गर्नु हुँदैन भनेर युहन्‍ना आफ्ना चेलाहरूलाई कसरी बुझाउँछन्‌?

  • युहन्‍नालाई किन झ्यालखानामा हालिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने