येशूको जीवन र सेवकाई
धेरै जना चेलाहरू येशूका पछि लाग्न छाड़छन्
कफर्नहुमको एउटा सभा-घरमा येशूले उहाँनै स्वर्गबाट ओर्ली आउनु भएको रोटी हो भनेर शिक्षा दिनु हुँदै थियो। गालीलको पूर्व पट्टि अथवा उहाँले चमत्मकारर्पूवक भीड़हरूलाई केही समय अघि रोटी र माछा खुवाउनुभएको ठाउँमा, मानिसहरू फर्केर आउँदा उहाँलाई फेला पारेको समय उठेको छलफल कै सिलसिलामा अहिले येशू कुरा गर्नु हुँदैछ।
येशूले आफ्नो कुरा एसो भन्नु हुँदै अघि सार्नु हुन्छ: “त्यो रोटी जो म संसारको जीवनको लागि दिनेछु, मेरो देह हो।” दुई वर्ष अघि मात्र येशूले निकोदेमसलाई परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो, उहाँले आफ्नो पुत्र मुक्तिदाताको रूपमा दिनु भयो भनेर भन्नु भएको थियो। यसकारण, उहाँले दिनै लाग्नु भएको बलिदानमा, मानिस जातिको संसारका कुनै पनि व्यक्तिले विश्वास गरेर लाक्षणिक रूपमा उहाँको देह खायो भने, अनन्त जीवन पाउन सक्छ भनेर येशूले अब बताउनु हुँदैछ।
तर मानिसहरू चाहिं येशूका शब्दहरूमा ठोकर खान्छन्। “यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिनसक्छ?” भन्दै तिनीहरू प्रश्न गर्छन। उहाँको देहलाई लाक्षणिक रूपमा खानेछन् भनेर मानिसहरूले बुझेको येशू चाहनु हुन्छ। यसकारण, यो कुरालाई जोर दिन, उहाँले अझ एउटा यस्तो कुरा भन्नु हुन्छ, जसलाई शाब्दिक रूपमा लियो भने झन आपत्तिजनक हुनेछ।
“तिमीहरूले मान्छेको पुत्रको देह खाएनौ र उसको रगत पिएनौ भने, तिमीहरू आफैमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु। किनभने मेरो देह साँच्चिकै खानेकुरा हो, औ मेरो रगत साँच्चिकै पिउने कुरा हो। मेरो देह खाने र मेरो रगत पिउने चाहिं ममा रहन्छ औ म त्यसमा।”
हो, यहाँ येशूले मान्छेको मासु र रगत खाने र पिउने कुरा गर्नु भएको हुँदो हो ता, यो अति नै घृणाजनक विषय हुने थियो। तर येशूले यहाँ साँच्चिकै मासु खाने र रगत पिउने कुरा गर्नु भएको होइन। अनन्त जीवन पाउनेहरूले उहाँले आफ्नो सिद्ध जीवन र रगत चढ़ाउनै लाग्नु भएको बलिदानमा विश्वास गर्नु पर्छ भन्ने कुरालाई महत्व दिनु हुँदै छ। तापनि, उहाँका धेरै चेलाहरूले उहाँको शिक्षा बुझ्ने प्रयास गर्नुको सट्टा, एसो भन्दै विरोध गर्छन्: “यो वचन कठोर छ, को यो सुन्नसक्तछ र?”
उहाँका धेरै जसो चेलाहरू गनगन गर्दैछन् भनेर थाह पाए पछि, येशूले एसो भन्नु हुन्छ: “के यसले तिमीहरूलाई वाधा दिन्छ? तिमीहरूले मानिसको पुत्रलाई जहाँ उ अघि थियो त्यता उक्लँदै गरेको देख्यौ भने नि कसो? . . . ती कुरा जो मैले तिमीहरू सित गरेको छु, आत्मा र जीवन हुन्। तर तिमीहरू मध्य कति छौ, जो विश्वास गर्दैनौ।”
येशू अझ एसो पनि भन्नु हुन्छ: “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, यदि पिताबाट दिइएको छैन भने कोही मानिस म कहाँ आउन सक्तैन।” यति भन्नु भए पछि, उहाँका चेलाहरू मध्य धेरै जना पछि हट्छन् र उहाँको पछि लाग्न छाड़छन्। यसकारण येशू उहाँका १२ चेलाहरू तिर फर्केर यो प्रश्न गर्नु हुन्छ: “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?”
पत्रुसले एसो भन्दै उत्तर दिन्छन्: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्। औ तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र जानेका छौं।” पत्रुस र अरू चेलाहरूले येशूले भरखरै दिनुभएको शिक्षा पूर्णरूपमा नबुझेतापनि, तिनीहरूले भक्तिको कति ठूलो प्रमाण दिन्छन्!
पत्रुसको उत्तर सँग प्रसन्न हुनुभएतापनि, येशू एसो भन्नु हुन्छ: “के मैले तिमी बाह्रै जनालाई छानिनँ? औ तिमीहरू मध्य एक जना शैतान छौ।” उहाँले यहाँ शिमोन इस्करयोतीको विषयमा कुरा गर्नु हुँदैछ। शायद यसै समय देखिनै येशूले इस्करयोतिमा गलत आचरणको एउटा “शुरूआत” भेट्टाउनु हुन्छ।
उहाँलाई राजा बनाउन चाहने मानिसहरूको कोशिशको विरोध गरेर, येशूले तिनीहरूलाई भरखरै निराश तुल्याउनु भएको छ। ती मानिसहरूले अब मनैमन यस प्रकार तर्क गर्नसक्छन्: ‘आफ्नो उचित हक र स्थान अपनाउन न चाहने यो मानिस, कसरी मसीह हुन सक्छ? अब मानिसहरूको मनमा यो पनि एउटा नया कुरा खेल्ने भयो। यूहन्ना ६:५१-७१; ३:१६.
◆ येशूले आफ्नो देह कस्को निम्ति दिनु हुन्छ र तिनीहरूले उहाँको “मासु” कसरी “खान्छन्”?
◆ येशूका अरू कुन्-कुन् शब्दहरूले गर्दा मानिसहरू चकित् हुन्छन् तर उहाँले कुन कुरालाई महत्व दिनु हुँदैछ?
◆ धेरै जना येशूको पछि लाग्न छाडि दिंदा, पत्रुसले के भन्छन्? (w87 10/15)