प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ९१ p. २१४-p. २१५ par. ४
  • लाजरस फेरि जीवित हुन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाजरस फेरि जीवित हुन्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • लाजरस पुनर्जीवित हुँदा
    सबैभन्दा महान्‌ पुरुष
  • येसुलाई पहिला हन्‍नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येसु लाजरसलाई जीवित पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • उहाँ पहिले हन्‍नासकहाँ र त्यसपछि कैयाफाकहाँ लगिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ९१ p. २१४-p. २१५ par. ४
मार्था र मरियम येसुले तिनीहरूको भाइलाई जीवित पार्नुभएको हेर्दै

अध्याय ९१

लाजरस फेरि जीवित हुन्छन्‌

युहन्‍ना ११:३८-५४

  • लाजरस फेरि जीवित हुन्छन्‌

  • यहुदी न्यायपरिषद्‌ येसुलाई मार्ने योजना बनाउँछ

येसुले मार्था र मरियमलाई बेथानिनजिकै भेट्‌नुभएपछि उहाँहरू लाजरसको चिहान भएको ठाउँमा जानुहुन्छ। यो ओडार हो र यसको मुख ढुङ्‌गाले छोपिएको छ। येसु यस्तो आदेश दिनुहुन्छ: “ढुङ्‌गा हटाओ।” येसु के गर्दै हुनुहुन्छ भनी नबुझेकोले मार्था यसरी आफ्नो चिन्ता व्यक्‍त गर्छिन्‌: “प्रभु, अहिलेसम्म त गन्हाउन थालिसक्यो होला किनकि चार दिन भइसक्यो।” तर येसु तिनलाई यसो भन्‍नुहुन्छ: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्‍वास गऱ्‍यौ भने परमेश्‍वरको महिमा देख्नेछ्यौ?”—युहन्‍ना ११:३९, ४०.

त्यसपछि ढुङ्‌गा हटाइन्छ। अनि येसु आकाशतिर हेरेर यसरी प्रार्थना गर्नुहुन्छ: “हे बुबा, म तपाईँलाई धन्यवाद दिन्छु किनकि तपाईँले मेरो प्रार्थना सुन्‍नुभएको छ। हो, मलाई थाह थियो, तपाईँ सधैँ मेरो प्रार्थना सुन्‍नुहुन्छ तर वरपर उभिरहेको भीडको खातिर मैले तपाईँलाई यसो भनेँ ताकि तपाईँले नै मलाई पठाउनुभएको हो भनेर यिनीहरूले विश्‍वास गर्न सकून्‌।” यसरी येसुले त्यहाँ उपस्थित मानिसहरूको अगाडि प्रार्थना गर्नुहुँदा उहाँले अब जे गर्न लाग्नुभएको छ, त्यो परमेश्‍वरको शक्‍ति पाएर हो भनेर तिनीहरूले बुझ्न सक्छन्‌। त्यसपछि उहाँ ठूलो स्वरमा यसो भन्‍नुहुन्छ: “ए लाजरस, बाहिर आऊ!” नभन्दै लाजरस हातखुट्टा कपडाले बेरिएकै अवस्थामा बाहिर आउँछ अनि उसको अनुहारमा पनि कपडा बेरिएको छ। तब येसु यसो भन्‍नुहुन्छ: “उसलाई फुकाइदेओ र जान देओ।”—युहन्‍ना ११:४१-४४.

मार्था र मरियमलाई सान्त्वना दिन आएका थुप्रै यहुदीले यो चमत्कार देख्छन्‌ र येसुमाथि विश्‍वास गर्छन्‌। तर अरू केहीले फरिसीहरूकहाँ गएर येसुले गर्नुभएको कामबारे बताउँछन्‌। तब फरिसीहरू र मुख्य पुजारीहरूले यहुदी न्यायपरिषद्‌को बैठक बोलाउँछन्‌। यस परिषद्‌को एक जना सदस्य प्रधानपुजारी कैयाफा पनि हुन्‌। तिनीहरूमध्ये कसै-कसैले यसो भन्छन्‌: “यस मानिसले धेरै चमत्कार गर्दै छ, अब हामी के गरौँ? यदि हामीले त्यसलाई त्यत्तिकै छोडिदियौँ भने तिनीहरू सबैले त्यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरू आएर हाम्रो ठाउँ र हाम्रो जाति दुवै कब्जा गर्नेछन्‌।” (युहन्‍ना ११:४७, ४८) प्रत्यक्षदर्शीहरूबाट येसुले “धेरै चमत्कार गर्दै” हुनुहुन्छ भनेर सुने तापनि न्यायपरिषद्‌का सदस्यहरू परमेश्‍वरले येसुमार्फत गरिरहनुभएको कामहरूको लागि खुसी हुँदैनन्‌। तिनीहरूको मुख्य चासोको विषय भनेकै आफ्नो ओहदा र अख्तियार हो।

यहुदीहरू फरिसीहरूलाई लाजरस जीवित भएको कुरा बताउँदै

मरिसकेका लाजरस फेरि जीवित भए भन्‍ने सुनेर सदुकीहरूलाई ठूलो झट्‌का लाग्छ किनभने उनीहरू मरिसकेकाहरू फेरि जीवित हुन्छन्‌ भनेर विश्‍वास गर्दैनन्‌। कैयाफा, जो एक सदुकी हुन्‌, तिनी यसरी आफ्नो कुरा राख्छन्‌: “तिमीहरूलाई केही पनि थाह छैन अनि पूरै जाति नाश हुनुभन्दा सबै मानिसको निम्ति एक जना मानिस मर्नु नै तिमीहरूको निम्ति फाइदाजनक हुन्छ भनेर तिमीहरू सोच्दैनौ।”—युहन्‍ना ११:४९, ५०; प्रेषित ५:१७; २३:८.

कैयाफा प्रधानपुजारी भएकोले परमेश्‍वरले नै तिनलाई यसो भन्‍न लगाउनुभएको हो; यो ‘तिनले आफ्नै तर्फबाट बोलेका होइनन्‌।’ कैयाफा येसुलाई मार्नुपर्छ भन्‍न खोज्दै छन्‌ किनकि तिनी यहुदी धर्मगुरुहरूको अधिकार र प्रभाव अझै कमजोर भएको चाहँदैनन्‌। तर कैयाफाको यस भविष्यवाणीले येसुले यहुदीहरूको निम्ति मात्र होइन तर “छरिएर रहेका परमेश्‍वरका सन्तान” सबैको निम्ति फिरौतीस्वरूप आफ्नो जीवन दिनुहुनेछ भन्‍ने तथ्यलाई औँल्याउँछ।—युहन्‍ना ११:५१, ५२.

कैयाफा येसुलाई मार्ने योजना बनाउनको लागि यहुदी न्यायपरिषद्‌लाई मनाउन सफल हुन्छन्‌। येसुसित राम्रो सम्बन्ध भएको यहुदी न्यायपरिषद्‌का सदस्य निकोदेमसले के उहाँलाई यस योजनाबारे खबर गरे होलान्‌? जेहोस्‌, येसु त्यस इलाकाबाट निस्कनुहुन्छ। यसरी उहाँ परमेश्‍वरले तोक्नुभएको समयभन्दा अघि नै मारिनदेखि जोगिनुहुन्छ।

  • लाजरस जीवित भएको देख्ने मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌?

  • यहुदी न्यायपरिषद्‌का सदस्यहरूको दुष्टता कुन कुराबाट प्रस्ट हुन्छ?

  • कैयाफाको मनसाय खराब भए तापनि परमेश्‍वर तिनलाई कस्तो भविष्यवाणी गर्न लगाउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने