प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ११/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंसित अब्राहामको जस्तो विश्‍वास छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • परमेश्‍वरको साथी अब्राहाम
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ११/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

यहोवाले अब्राहामसँग कहाँ करार बाँध्नुभएको थियो, ऊरमा वा हारानमा?

यहोवाले अब्राहामसँग करार बाँध्नुभएको सबैभन्दा पहिलो विवरण उत्पत्ति १२:१-३ मा पाइन्छ। यहाँ यसो भनिएको छ: “परमप्रभुले अब्रामलाई भन्‍नुभयो, ‘तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु। . . . तँमानै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्‌।’ ”a यहोवाले अब्राहामसँग यो करार तिनी ऊरमा छँदा बाँध्नुभएको हुनसक्छ भने तिनी हारानमा छँदा यसलाई पुनः पुष्टि गर्नुभएको हुनसक्छ।

प्रथम शताब्दीमा स्तिफनसले अब्राहामलाई कनानमा बसाइँ सर्न यहोवाले दिनुभएको आज्ञाबारे बताए। महासभालाई सम्बोधन गर्दै तिनले यसो भने: “महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई उनी हारानमा बस्न अघिनै मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो। औ तिनलाई भन्‍नुभएको थियो, ‘तिमी आफ्ना देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ ” (प्रेरित ७:२, ३) अब्राहाम ऊरका थिए र स्तिफनसले संकेत गरेझैं त्यहीं तिनले कनान जाने आज्ञा सबैभन्दा पहिलो चोटि सुनेका थिए। (उत्पत्ति १५:७; नहेम्याह ९:७) स्तिफनसले अब्राहामसँगको परमेश्‍वरको करार उल्लेख गरेनन्‌ तर उत्पत्ति १२:१-३ मा त्यस करारको सम्बन्ध कनान जाने आज्ञासँग गाँसिएको छ। त्यसैकारण, यहोवाले अब्राहामसँग ऊरमा करार बाँध्नुभएको थियो भनी विश्‍वास गर्नु व्यावहारिक छ।

तथापि, उत्पत्तिको विवरण ध्यान दिएर पढ्‌दा अब्राहाम हारानमा छँदा यहोवाले आफ्नो करार पुनः पुष्टि गर्नुभएको पाउँछौं। यसप्रकार उहाँले विभिन्‍न अवसरमा उक्‍त करार दोहऱ्‍याउनुका साथै यसका पक्षहरू अझ स्पष्ट पार्दै लैजानुभयो। (उत्पत्ति १५:५; १७:१-५; १८:१८; २२:१६-१८) उत्पत्ति ११:३१, ३२ अनुसार अब्राहामका पिता तेरह ऊर छोडेर अब्राहाम, सारा, लूतसँग कनान गएका थिए। तिनीहरू हारानमा तेरहको मृत्यु नभएसम्म बसे। हारानमा बसोबास गर्दा अब्राहामको निकै धन-सम्पत्ति भइसकेको तथ्यबाट तिनी त्यहाँ निकै समय बसेको हुनसक्छ भन्‍ने पुष्टि हुन्छ। (उत्पत्ति १२:५) अनि यसै समयबीच अब्राहामको भाइ नाहोर पनि त्यहाँ सरेका थिए।

तेरहको मृत्युबारे लिपिबद्ध गरिसकेपछि धर्मशास्त्रले अब्राहामलाई यहोवाले भन्‍नुभएको कुरा लिपिबद्ध गरेको छ। त्यहाँ यसो भनिएको छ: “परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले।” (उत्पत्ति १२:४) तसर्थ, उत्पत्ति ११:३१–१२:४ ले तेरहको मृत्युपछि यहोवाले उत्पत्ति १२:१-३ मा लिपिबद्ध शब्दहरू बोल्नुभएको हो भनी सशक्‍त प्रमाण दिन्छ। त्यसो हो भने, अब्राहाम वर्षौंअघि ऊरमा आफूले पहिलो चोटि सुनेको आज्ञा र भर्खरै सुनेको आज्ञाबमोजिम हारान छोडेर यहोवाले भन्‍नुभएको ठाउँमा सरेको हुनसक्छ।

उत्पत्ति १२:१ अनुसार यहोवाले अब्राहामलाई यस्तो आज्ञा दिनुभयो: “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।” एक समय अब्राहामको “देश” ऊर थियो र तिनको पिताका “जहान” त्यहीं थियो। तथापि, अब्राहामका पिताले आफ्नो घरपरिवार हारानमा सारे र अब्राहामले त्यस ठाउँलाई नै आफ्नो देश भने। कनानमा बसेको धेरै वर्षपछि तिनले इसाहाकको निम्ति पत्नी खोज्न ‘तिनको देशमा तिनकै कुटुम्बकहाँ’ आफ्नो चाकरलाई पठाउँदा त्यो चाकर “नाहोरको शहर” (हारान वा छेउछाउ) गए। (उत्पत्ति २४:४, १०) त्यहाँ तिनले नाहोरको ठूलो परिवार अर्थात्‌ अब्राहामका नातेदारहरूबीच रिबेकालाई भेट्टाए।—उत्पत्ति २२:२०-२४; २४:१५, २४, २९; २७:४२, ४३.

महासभामा दिएको भाषणमा स्तिफनसले यसो भने: “तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू रहनुहुन्छ।” (प्रेरित ७:४) यसबाट हामी यहोवाले अब्राहामसँग हारानमा बोल्नुभएको थियो भन्‍ने संकेत पाउँछौं। यस अवसरमा उत्पत्ति १२:१-३ मा उल्लेख गरिएअनुसार यहोवाले अब्राहामसँग गर्नुभएको करारलाई फेरि जोड दिनुभयो भन्‍नु व्यावहारिक हुनेछ। किनकि उक्‍त करार अब्राहाम कनान सरेपछि लागू भयो। तसर्थ, यी सबै तथ्यहरूले के देखाउँछ भने, यहोवाले अब्राहामसँग सुरुमा ऊरमा करार बाँध्नुभएको थियो र हारानमा फेरि त्यसलाई दोहऱ्‍याउनुभयो भन्‍ने कुरा प्रमाणित हुन्छ।

[फुटनोट]

a अब्राहाम ९९ वर्षको हुँदा कनानमा यहोवाले अब्राम नाउँ परिवर्तन गरेर अब्राहाम राख्नुभएको थियो।—उत्पत्ति १७:१, ५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने