प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ६/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
  • “यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • स्वर्गदूतहरू—तिनीहरूले मानिसजातिलाई कसरी असर गर्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के तपाईंलाई रक्षा गर्ने स्वर्गदूत छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ६/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

कैदमा परेका पत्रुस ढोकामा उभिरहेका छन्‌ भन्‍ने खबर सुनेपछि चेलाहरूले किन यसो भने: “सायद त्यो उनको दूत [“स्वर्गदूत,” NRV ] होला”?—प्रेरित १२:१५.

पत्रुसको प्रतिनिधित्व गर्ने स्वर्गदूतीय सन्देशवाहक ढोकामा उभिएका होलान्‌ भन्‍ने भ्रम चेलाहरूलाई परेको हुन सक्छ। यस पदको सन्दर्भलाई विचार गर्नुहोस्‌।

याकूबलाई मृत्युदण्ड दिने हेरोदले पत्रुसलाई गिरफ्तार गरेका थिए। त्यसैले पत्रुसको पनि त्यसरी नै हत्या गरिनेछ भनेर विश्‍वास गर्ने जायज कारण चेलाहरूसित थियो। साङ्‌लाले बाँधेर झ्यालखानामा राखिएका पत्रुसलाई प्रत्येक समूहमा चार-चार जना सिपाही भएको चारवटा समूहले पालैपालो पहरा दिन्थ्यो। यस्तैमा एक रात एक जना स्वर्गदूतले चमत्कारपूर्ण ढङ्‌गमा तिनलाई झ्यालखानाबाट छुटाएर बाहिर निकाले। के हुँदैछ भन्‍ने कुरा थाह पाएपछि पत्रुसले यसो भने: “अब मलाई साँच्चिनै थाह भयो, कि प्रभुले आफ्नो दूत [“स्वर्गदूत,” NW ] पठाएर मलाई हेरोद राजाको हातबाट . . . उम्काउनुभएको रहेछ।”—प्रेरित १२:१-११.

पत्रुस तुरुन्तै यूहन्‍ना मर्कूसकी आमा मरियमको घरमा गए, जहाँ थुप्रै चेलाहरू जम्मा भएका थिए। तिनले मूलढोका ढक्ढक्याउँदा रोदा नाउँकी दासी ढोका खोल्न गई। पत्रुसको सोर चिनेपछि अरूलाई यो खबर सुनाउन तिनलाई भित्रै नहुली ऊ भित्र दगुरी! पत्रुस ढोकामा उभिरहेका छन्‌ भन्‍ने कुरा सुरुमा त चेलाहरूले पत्याउनै सकेनन्‌। बरु, तिनीहरूलाई यस्तो भ्रम पऱ्‍यो: “सायद त्यो उनको दूत [“स्वर्गदूत,” NRV ] होला।”—प्रेरित १२:१२-१५.

पत्रुसलाई मृत्युदण्ड दिइसकेको छ र मृत शरीरबाट निस्केको तिनको आत्मा ढोकामा आएको हो भनेर के चेलाहरूले सोचे? यस्तो हुनै सक्दैन किनभने येशूका अनुयायीहरूलाई मृतकहरूबारे धर्मशास्त्रले बताएको सत्य कुरा अर्थात्‌ मरेकाहरूले “केही पनि जान्दैनन्‌” भनी थाह थियो। (उपदेशक ९:५, १०) त्यसोभए, चेलाहरूले “सायद त्यो उनको दूत [“स्वर्गदूत,” NRV ] होला” भनी बताउँदा के भन्‍न खोजिरहेका थिए त?

इतिहासभरि स्वर्गदूतहरूले परमेश्‍वरका जनहरूलाई व्यक्‍तिगत मदत दिंदै आएका छन्‌ भन्‍ने कुरा चेलाहरूलाई थाह थियो। उदाहरणका लागि, याकूबले “ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाए” भनी बताए। (उत्पत्ति ४८:१६) अनि तिनीहरूमाझ भएका साना बालकहरूबारे येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “हेर, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले [“स्वर्गदूतले,” NW ] मेरा स्वर्गका पिताको चेहेरा बराबर हेर्दछन्‌।”—मत्ती १८:१०.

रोचक कुरा, योङ्‌गस्‌ लिटरल ट्रान्सलेसन अफ द होली बाइबल-ले आजिलोस्‌ (“स्वर्गदूत”) भन्‍ने शब्दलाई “दूत” भनेर अनुवाद गर्छ। परमेश्‍वरका हरेक जनहरूको आ-आफ्नै स्वर्गदूत अर्थात्‌ “संरक्षक स्वर्गदूत” हुन्छ भनी केही यहूदीहरू विश्‍वास गर्थे जस्तो देखिन्छ। निस्सन्देह, परमेश्‍वरको वचनमा यस्तो शिक्षा सिकाइएको त छैन। तैपनि, चेलाहरूले “सायद यो उनको दूत [“स्वर्गदूत,” NRV ] होला” भन्दा सम्भवतः तिनीहरूले पत्रुसको प्रतिनिधित्व गर्ने स्वर्गदूतीय सन्देशवाहक ढोका उभिएका होलान्‌ भन्ठानिरहेका थिए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने