प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ७/०५ p. १
  • हामीले अरूलाई तिर्नुपर्ने ऋण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले अरूलाई तिर्नुपर्ने ऋण
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मानिसहरू घरमा नभेटिंदा
    हाम्रो राज्य सेवकाई—२००७
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ७/०५ p. १

हामीले अरूलाई तिर्नुपर्ने ऋण

१ प्रेरित पावलले मानिसहरूलाई प्रचार गर्नै पर्ने दायित्व महसुस गरे। यहोवाले आफ्नो पुत्रको अमूल्य रगतद्वारा सबै मानिसहरूको उद्धार सम्भव तुल्याउनुभएको छ भन्‍ने कुरा तिनलाई थाह थियो। (१ तिमो. २:३-६) त्यसैकारण पावलले यसो भने: “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरूको पनि म ऋणी छु।” सुसमाचार प्रचार गरेर सँगी मानवहरूको ऋण तिर्न तिनले उत्सुकतासाथ अथक प्रयास गरे।—रोमी १:१४, १५.

२ पावलले जस्तै आज मसीहीहरूले पनि मौका पाउने बित्तिकै आफ्ना छिमेकीहरूलाई सुसमाचार प्रचार गर्ने कोसिस गर्छन्‌। “महासङ्‌कष्ट” तुफानको गतिमा नजिक-नजिक आइरहेकोले इमानदार हृदय भएका मानिसहरूलाई खोज्नु नितान्त जरुरी छ। मानिसहरूप्रतिको चोखो प्रेमले हामीलाई यस जीवनदायी काममा लगनशील हुन प्रेरित गरोस्‌।—मत्ती २४, २१; इज. ३३:८.

३ ऋण तिर्ने: मानिसहरूलाई भेट्‌ने एउटा प्रमुख तरिका घर-घरमा प्रचार गरेर हो। प्रचार गर्ने इलाकामा धेरैजसो मानिसहरूलाई घरमा भेट्‌दै-भेटिंदैन भने, सही रेकर्ड राख्नुका साथै विभिन्‍न समयमा पुनःभेट गऱ्‍यौं भने हामी धेरैभन्दा धेरै मानिसहरूलाई भेट्‌न सक्नेछौं। (१ कोरि. १०:३३) व्यापारिक इलाका, सडक, पार्क तथा गाडी पार्किङ गर्ने ठाउँमा र टेलिफोनमार्फत साक्षी दिएर पनि हामी मानिसहरूलाई भेट्‌न सक्छौं। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘जीवनदायी सन्देश सुनाउन के मैले प्रचार गर्ने हरेक मौकाको फाइदा उठाउँदैछु?’—मत्ती १०:११.

४ एउटी अग्रगामीले आफ्नो इलाकाका सबै मानिसहरूलाई भेट्‌नै पर्ने गहन जिम्मेवारी महसुस गरिन्‌। एउटा घरको झ्यालका पर्दाहरू सधैं ढ्यामढुम्म लगाएको हुन्थ्यो र घरमा कोही पनि देखिंदैनथ्यो। तथापि एक दिनको कुरा हो, सेवकाईमा नगएको बेला ती अग्रगामी बहिनीले कहिल्यै मान्छे नभेटिने त्यस घरअगाडि एउटा मोटरगाडी देखिन्‌। त्यही मौका छोपेर तिनले ढोकाको घण्टी बजाइन्‌। एक जना लोग्ने मानिस बाहिर आए र सुरुको भेटमा भएको वार्तालापपछि यी बहिनी तथा तिनको पतिले त्यस व्यक्‍तिलाई धेरै चोटि पुनःभेट गरे। अन्तमा, ती व्यक्‍तिले बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारे र अहिले तिनी एक जना बप्तिस्माप्राप्त भाइ भएका छन्‌। यी बहिनीले अरूलाई प्रचार गर्नु आफ्नो दायित्व ठानेकोमा ती व्यक्‍ति कृतज्ञ छन्‌।

५ समय सिद्धिनै लागेकोले प्रचारकार्यमा जोडतोडका साथ भाग लिएर हाम्रा सँगी मानवहरूप्रतिको ऋण चुक्‍ता गर्ने समय अहिल्यै हो।—२ कोरि. ६:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने