प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अप्रिल p. १२
  • मानिसहरू घरमा नभेटिंदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरू घरमा नभेटिंदा
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • घरमा नभएकाहरूको अभिलेख किन राख्ने?
    हाम्रो राज्य सेवकाई—१९९५
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
  • के तपाईंको मण्डलीसँग पर्याप्त इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००२
  • विशेष अभियान अक्टोबर १६ देखि नोभेम्बर १२ सम्म!
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अप्रिल p. १२

मानिसहरू घरमा नभेटिंदा

१. घर-घरमा प्रचार गर्दा अक्सर कस्तो समस्या देखा पर्न थालेको छ?

१ थुप्रै इलाकामा मानिसहरूलाई घरैमा भेट्टाउनु निकै गाह्रो हुन थालिसक्यो। यस ‘डरलाग्दो समयमा’ थुप्रै मानिस आफ्नो आधारभूत आवश्‍यकता पूरा गर्न मात्र पनि घण्टौं काममा खट्‌न बाध्य छन्‌। (२ तिमो. ३:१) कोही भने घरबाट टाढा किनमेल वा मोजमस्तीमा खर्च गरिरहेका छन्‌। हामीले यस्ता व्यस्त मानिसहरूलाई पनि सुसमाचार सुनाउनु परेको छ। उसोभए, हामी कसरी यिनीहरूलाई सुसमाचार सुनाउन सक्छौं?

२. घरमा नभेटिएकाहरूलाई पछि भेट्‌ने निधो कसरी गर्न सकिन्छ?

२ राम्रो रेकर्ड राख्नुहोस्‌: पहिलो काम भनेको घरमा नभेटिएकाहरूको राम्रो रेकर्ड राख्नु हो। बारम्बार प्रचार गरिने इलाकामा यसरी रेकर्ड राख्नु एकदमै जरुरी छ। के तपाईं घर-घरको रेकर्डमा प्रचार गरिएको इलाका, इलाका नम्बर, मिति अनि आफ्नो नाउँ पनि लेख्ने गर्नुहुन्छ? घरमा नभेटिएकाहरूलाई तपाईं वा अरू कोही प्रकाशकले फेरि भेट्‌न जाँदा थप नोट लेख्नको लागि घर-घरको रेकर्डमा अलिकता ठाउँ छोड्‌नुहोस्‌। घरमा नभेटिएका मानिसहरू बस्ने ठाउँ जुन भाइको प्रचार-इलाका हो, तिनलाई उक्‍त रेकर्ड वा नोट दिन नबिर्सनुहोस्‌। तर घरमा नभेटिएका ती मानिसहरूलाई तपाईंले नै भेट्‌ने कोसिस गर्नुस्‌ भनेमा चाहिं रेकर्ड आफूसितै राख्नुहोस्‌। चासो दिने घरधनीहरूमध्ये कसैलाई तपाईं आफै भेट्‌न चाहनुहुन्छ भने आफ्नो लागि बेग्लै रेकर्ड राख्नुहोस्‌।

३. घरमा नभेटिएका मानिसहरूलाई अरू कुन-कुन तरिकाले भेट्‌न सकिन्छ?

३ बेग्लै समयमा भेट्‌ने कोसिस गर्नुहोस्‌: अरू बेला अक्सर नभेटिने मानिसहरूलाई कहिलेकाहीं साँझपख अथवा शुक्रबार वा शनिबारतिर भेट्‌न सकिन्छ। त्यसैले आफ्नो तालिकामा अलिकता छाँटकाँट गरेर अनुकूल समयमा भेट्‌न जानुभए कसो होला? (१ कोरि. १०:२४) यसो गर्न सकिंदैन भने, सक्ने प्रकाशकलाई आफ्नो रेकर्ड दिनुहोस्‌। अथवा, आफैले चिठी लेखेर वा फोन गरेर पनि भेट्‌न सक्नुहुन्छ। बिरामी भएकोले घर-घरको प्रचारमा त्यत्ति जान नसक्ने प्रकाशकहरूलाई तपाईंले त्यसरी चिठी लेखेर वा फोन गरेर प्रचार गर्न पनि आग्रह गर्न सक्नुहुन्छ।

४. घरमा नभेटिएका मानिसहरूलाई भेट्‌ने कोसिस गरिरहनुपर्छ भनेर कुन उदाहरणबाट स्पष्ट भएको छ?

४ घरमा नभेटिएका मानिसहरूलाई भेट्‌ने कोसिस गर्नु महत्त्वपूर्ण छ भनेर यो घटनाबाट स्पष्ट हुन्छ। घरमा नभेटिएका एक जना मानिस तीन वर्षको कोसिस पछि बल्ल भेट्टिएछ। अनौठो कुरा के रहेछ भने, यो इलाकामा सरेदेखि घरधनी महिला आफैले फेरि बाइबल अध्ययन गर्न केही साक्षी भाइबहिनी भेट्‌न पाइएला कि भनेर त्यत्तिका वर्षदेखि कुरेर बसिरहेकी रहिछन्‌।

५. कहिले मात्र इलाका पूरै प्रचार गरिसिद्धियो भन्‍न सकिन्छ?

५ इलाका पूरै ढाक्नुहोस्‌: कहिले मात्र इलाका पूरै प्रचार गरिसिद्धियो भन्‍न सकिन्छ? प्रत्येक घरको कम्तीमा पनि एक जना व्यक्‍तिलाई भेट्‌ने सक्दो प्रयास गरिसकिएको छ भने मात्र पूरै इलाकामा प्रचार गर्न सिद्धियो भन्‍न सकिन्छ। विशेष गरी बारम्बार प्रचार गरिने इलाकामा घरधनी भेटिएन भने बटुवाहरूले नदेख्ने गरी पर्चा वा पुराना अंकका पत्रिकाहरू छोड्‌नु उपयुक्‍त हुन सक्छ। हामीले व्यक्‍तिगत इलाका लिएका छौं भने, चार महिनाभित्र प्रचार गरिसक्नुपर्छ। त्यसपछि तुरुन्तै इलाका सेवकलाई खबर गर्नुपर्छ। यसो गर्दा तिनले दुरुस्त रेकर्ड राख्न सक्नेछन्‌।

६. इलाकामा भएका सबैलाई सुसमाचार सुनाउने कोसिस किन गर्नुपर्छ?

६ हामी सकेसम्म धेरैभन्दा धेरै मानिसले यहोवाको नाउँ पुकार्ने मौका पाऊन्‌ भन्‍ने चाहन्छौं। (रोमी १०:१३, १४) घर-घरमा प्रचार गर्दा नभेटिएका मानिसहरू पनि त्यो समूहमा पर्छन्‌। प्रेरित पावल जस्तै तपाईं पूरै इलाकामा बस्नेजति सबैलाई “परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिन” इच्छुक हुनुहोस्‌।—प्रेरि. २०:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने