प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ३/१५ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “सबै मानिसहरूसँग शान्तिमा रहो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • रीसलाई किन नियन्त्रणमा राख्ने?
    ब्यूँझनुहोस्‌!—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ३/१५ p. २९

पाठकहरूका प्रश्‍नहरू

प्रेरित पावलले रोमी १२:१९ मा “बदला नलेओ, तर . . . क्रोधलाई स्थान देओ” भन्‍नुको अर्थ मसीहीहरू क्रोधित हुनुहुँदैन भनेको हो?

सीधै भन्‍ने हो भने, होइन। प्रेरित पावलले यहाँ परमेश्‍वरको क्रोधबारे बताइरहेका थिए। यसले मसीहीहरू रिसाए पनि कुनै फरक पर्दैन भन्‍न खोजेको होइन। बाइबलले हामीलाई नरिसाउने सन्दर्भमा सुस्पष्ट सल्लाह दिन्छ। ईश्‍वरीय सल्लाहको एउटा सानो नमुना विचार गर्नुहोस्‌।

“रिसाउन छोड़ र क्रोधलाई त्याग्‌। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।” (भजन ३७:८) “जो कोही आफ्ना भाइसित रिसाउला, त्यो इन्साफको योग्य हुनेछ।” (मत्ती ५:२२) “शरीरका कामहरू प्रत्यक्ष छन्‌, जो यिनै हुन्‌—व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैंझगड़ा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग।” (गलाती ५:१९, २०) “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) “हरेक मानिस सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्‌।” (याकूब १:१९) यसबाहेक, हितोपदेशको पुस्तकले हामीलाई क्रोधित हुने वा स-साना गल्ती वा मानव त्रुटिहरूमा झडंग रिसाउने स्वभाव विरुद्ध निकै पटक चेताउनी दिएको छ।—हितोपदेश १२:१६; १४:१७, २९; १५:१; १६:३२; १७:१४; १९:११, १९; २२:२४; २५:२८; २९:२२.

रोमी १२:१९ को प्रसंग यस्तै सल्लाहअनुरूप छ। पावलले हाम्रो प्रेममा कपट नहोस्‌, हामीलाई सताउनेहरूको कुभलो नचाहनू, अरूको भलो चिताउनू, खराबीको बदला खराबी नगर्नू अनि सबैसित मेलमिलाप गरेर बस्ने प्रयास गर्नू भन्‍ने सल्लाह दिए। त्यसपछि तिनले यस्तो आग्रह गरे: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”—रोमी १२:९, १४, १६-१९.

हो, हामीले रिसको झोंकमा बदला लिन तम्सिनु हुँदैन। हामीलाई त्यो परिस्थितिबारे वा के कस्तो न्याय गर्नुपर्ने भनेर जे जति थाह छ, सबै सही हुँदैन। रिसको झोंकमा क्रोधित भएर केही गरिहाल्यौं भने प्रायजसो नतिजा राम्रो हुँदैन। त्यसो गर्दा परमेश्‍वरको विरोधी, दियाबलको इच्छा पूरा हुनेछ। पावलले यस्तो पनि लेखे: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस। शैतानलाई मौका नदेओ। चोर्नेले फेरि नचोरोस।”—एफिसी ४:२६, २७.

कहिले र कसमाथि क्रोध खन्याउने भनेर परमेश्‍वरलाई नै निर्णय गर्न दिनु सर्वोत्तम तथा बुद्धिमानी मार्ग हो। उहाँले सबै तथ्य कुराहरू बुझेर क्रोध खन्याउन सक्नुहुन्छ अनि उहाँले बदला लिनुहुँदा सिद्ध न्याय झल्कनेछ। व्यवस्था ३२:३५, ४१ (नयाँ संशोधित संस्करण ) मा लेखिएका यी शब्दहरूलाई विचार गर्दा पावलले रोमी १२:१९ मा भन्‍न खोजेको कुरा पनि त्यही हो भनेर बुझ्नसक्छौं: “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु।” (हिब्रू १०:३० तुलना गर्नुहोस्‌।) तसर्थ, युनानी पदमा “परमेश्‍वरको” भन्‍ने वाक्यांश नभए तापनि थुप्रै आधुनिक अनुवादकहरूले रोमी १२:१९ मा यो वाक्यांश थपेका छन्‌। यसले गर्दा अनुवादहरू यस्तो हुन जान्छन्‌, “परमेश्‍वरले बदला लेऊन्‌” (कन्टेम्पररी इंगलिश भर्सन ); “परमेश्‍वरको क्रोधलाई स्थान देऊन्‌” (अमेरिकन स्टाण्डर्ड भर्सन ); “परमेश्‍वरले चाहनुभए दण्ड देओस्‌” (द न्यु टेस्टामेन्ट इन मर्डन इंगलिश ); “ईश्‍वरीय बदलाको लागि स्थान देओ।”—द न्यु इंगलिश बाइबल।

सत्यका शत्रुहरूले दुर्व्यवहार गर्दा वा सतावट दिंदा पनि हामी मोशाले यहोवा परमेश्‍वरबारे सुनेको यो विवरणमा भरोसा राख्नसक्छौं: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता-पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ।”—प्रस्थान ३४:६, ७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने