प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ५/१ p. ३२
  • दुष्टतामाथि विजय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुष्टतामाथि विजय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ५/१ p. ३२

दुष्टतामाथि विजय

“हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्ने? म पारि गएर त्यसको शिर उड़ाइदिनेछु।” यो अनुरोध इस्राएलका सेनापति अबीशैले गरेका थिए। तिनका मालिक, राजा दाऊदलाई शिमी नामका बिन्यामिनीले तथानाम गाली गर्न थालेपछि रिसले चुर हुँदै तिनले त्यस्तो प्रतिक्रिया देखाएका थिए।—२ शमूएल १६:५-९.

अबीशैले पनि जस्तालाई तस्तै ढिंडालाई निस्तै भन्‍ने प्रचलित धारणा व्यक्‍त गरिरहेका थिए। हो, अबीशै दाऊदलाई शिमीले गरेको बेइज्जतीको दण्ड दिन चाहन्थे।

तथापि, दाऊदले कस्तो प्रतिक्रिया देखाए? दाऊदले अबीशैलाई यसो भन्दै रोके, “त्यसलाई छोड़िदेऊ।” शिमीले लगाएका दोषहरू झूटा भए तापनि दाऊदले बदला लिने भावनाको नम्र भई प्रतिरोध गरे। बरु, तिनले यस कुरालाई यहोवाकै हातमा छोडिदिए।—२ शमूएल १६:१०-१३.

छोराले विद्रोह गरेकोले भागेका दाऊद विद्रोह असफल भएपछि फेरि सिंहासन सम्हाल्न फर्कंदा तिनलाई स्वागत गर्ने र तिनीसित क्षमा माग्नेहरूमध्ये सबैभन्दा पहिलो शिमी नै थिए। अबीशैले फेरि पनि तिनलाई मार्ने विचार गरे तर दाऊदले त्यसो गर्न दिएनन्‌।—२ शमूएल १९:१५-२३.

यस उदाहरणमा, दाऊदले येशू ख्रीष्टको चित्रण गरे जसबारे प्रेरित पावलले यसरी लेखे: “जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन . . . तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।”—१ पत्रुस २:२३.

आज मसीहीहरूलाई “नम्र मनका, खराबीको बदला खराबी नगर्ने” हुन सल्लाह दिइएको छ। (१ पत्रुस ३:८) दाऊद र येशू ख्रीष्टले छाडेको नमुना पछ्याउँदै हामी पनि “खराबीलाई भलाइले जित्न” सक्छौं।—रोमी १२:१७-२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने