प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ६/१५ pp. २९-३१
  • शावलले मसीहीहरूलाई किन सताउँथे?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शावलले मसीहीहरूलाई किन सताउँथे?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्तिफनसलाई ढुंगाले हानेको
  • सताउनमा अग्रणी
  • गलत कुराहरूको निम्ति जोसिलो भएको हुनसक्छ
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्‌?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ६/१५ pp. २९-३१

शावलले मसीहीहरूलाई किन सताउँथे?

‘मैले येशू नासरीको नाउँको विरुद्ध धेरै काम गरूँला भन्‍ने ठानेको थिएँ, र यो कुरा मैले यरूशलेममा पनि गरें, भक्‍त जनहरूमध्येका धेरैलाई, मुख्य पूजाहारीहरूबाट अख्तियार पाई, मैले झ्यालखानमा पनि थुनें र तिनीहरूको हत्या हुँदा मैले पनि तिनीहरूको विरुद्धमा मत दिएको थिएँ, सबै सभाघरहरूमा तिनीहरूलाई वारंवार सजाय दिईकन ख्रीष्टको निन्दा गर्न लगाउँथें। तिनीहरूका विरुद्धमा उन्मत्त भईकन बाहिरका शहरसम्म पनि मैले तिनीहरूको खेदो गरें।’—प्रेरित २६:९-११.

टार्ससका शावल भनेर चिनिने प्रेरित पावलले उक्‍त उद्‌गार व्यक्‍त गरे। यत्तिखेर उनी साँच्ची नै परिवर्तन भइसकेका थिए। अब उनी मसीही धर्मको विरोधी नभई एउटा जोसिलो प्रचारक भइसकेका थिए। तर मसीहीहरूलाई सताउन शावललाई कुन कुराले प्रेरित गरेको थियो? यस्तो काम ‘उनले गर्नैपर्ने’ किन सोचे? हामीले उनको इतिहासबाट केही पाठ सिक्न सक्छौं?

स्तिफनसलाई ढुंगाले हानेको

स्तिफनसलाई मार्नेमध्येमा शावल पनि थिए भनेर बाइबल उल्लेख गर्छ। “उनीहरूले तिनलाई शहर बाहिर निकालेर तिनीमाथि ढुंगा बर्साए, र गवाहीहरूले आफ्ना लुगाहरू शावल नाउँ भएको एउटा युवकको खुट्टानेर राखे।” “तिनको हत्यामा शावल पनि सहमत थिए।” (प्रेरित ७:५८; ८:१) त्यो आक्रमणको कारण के थियो? स्तिफनससितको मुठभेडमा यहूदीहरू लगायत सिलिसियाबाट आएका मानिसहरूले तिनको सामना गर्न सकेनन्‌। पावल पनि सिलिसियावासी नै थिए तर उनी त्यस समूहमा थिए कि थिएनन्‌ त्योचाहिं उल्लेख गरिएको छैन। जसोतसो गरेर स्तिफनस विरूद्ध तिनीहरूले ईश्‍वर निन्दाको आरोप लगाउन झूटा गवाहीहरू खडा गरेर महासभाको अगाडि घिसार्दै लगे। (प्रेरित ६:९-१४) प्रधान पूजाहारीको सभापतित्वमा भएको यो महासभा यहूदी उच्च अदालतले गरेको बराबर थियो। सर्वोच्च धार्मिक अदालत भएको कारण यसका सदस्यहरूले धर्मावलम्बीहरूलाई अशुद्ध हुन देखि जोगाउँथे। तिनीहरूको दृष्टिकोणमा स्तिफनस प्राणदण्ड दिन लायकका थिए। स्तिफनसले उनीहरूलाई व्यवस्था पालन गरेन भनेर सोधेका थिए कि? (प्रेरित ७:५३) उनीहरूले स्तिफनसलाई ढुंगाले हानी मारेर व्यवस्था पालन गरेका छौं कि छैनौं भनेर देखाए।

उक्‍त रायमा सम्मति दिन शावलको विश्‍वासअनुरूप मुनासिब थियो। उनी फरिसी थिए। यो सम्प्रदाय आफ्नो धर्म सम्बन्धी विधि र परम्परामा कट्टर थिए। येशू मसीह मार्फत उद्धारको नयाँ शिक्षा दिने मसीहीधर्म यहूदी सिद्धान्तहरूका विपरीत थिए। प्रथम शताब्दीका यहूदीहरूले मसीह महिमित राजा हुनुभएपछि रोमी शासनको दमनबाट उनीहरूलाई छुटकारा दिनुहुनेछ भनेर आशा गरेका थिए। उहाँलाई महासभाबाट ईश्‍वर निन्दकको दोष लगाई श्रापित अपराधीको रूपमा काठमा झुन्ड्याइँदा, उहाँ मसीह हुनहुन्छ भनेर कल्पनासमेत गर्न सकेनन्‌। तसर्थ, उहाँलाई उनीहरूले मनबाटै विरोध, अस्वीकार र घृणा गरे।

व्यवस्थाअनुसार काठमा झुन्ड्याइएको मानिस “परमेश्‍वरबाट श्रापित” हुन्थ्यो। (व्यवस्था २१:२२,२३; गलाती ३:१३) शावलको दृष्टिकोणमा, “येशूमा यी शब्दहरू लागू हुन मुनासिब थियो” भनेर फ्रेडरिक एफ. ब्रूस टिप्पणी गर्छन्‌। “उहाँ परमेश्‍वरबाट श्रापित भएर मरेका थिए यसैकारण उहाँ मसीह हुनुहुन्छ भनेर पत्यार गर्न सकिन्‍नथ्यो। यहूदी परम्पराअनुसार परमेश्‍वरद्वारा अनुमोदन पाउने मानिस अद्वितीय हुनुपर्थ्यो। येशूलाई मसीह भन्‍नु नै ईश्‍वरनिन्दा ठान्थे, उहाँले यहूदी नियमविरुद्ध चलेर ईश्‍वरनिन्दाकै आरोपमा सतावट भोग्नुभयो।” शावलले पनि ‘क्रूसमा टाँगिनुभएका मसीह यहूदीहरूका निम्ति बाधाको कारण भएका थिए’ भनेर मानिलिए।—१ कोरिन्थी १:२३.

शावल यस्तो शिक्षाको विरुद्ध सक्दोभर विद्रोह गर्न सुरिएका थिए। यो शिक्षालाई निर्मूल पार्न उनले क्रुर व्यवहार समेत गरे। परमेश्‍वरले यस्तै मनपराउनुहुन्छ भनेर उनी विश्‍वस्त थिए। आफ्नो पहिलाको मनोवृत्तिबारे शावल यसरी भन्छन्‌: म “जोशको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निर्दोष ठहरिएको” थिएँ। “अचाक्लीसँग मैले परमेश्‍वरको मण्डलीलाई खेदो गरी त्यसको संहार गरें, पिता-पुर्खाका प्रथामा असाध्य जोशिलो भईकन आफ्ना देशवासीहरूमा मेरा दौंतरका धेरैभन्दा म अघि बढेको थिएँ।”—फिलिप्पी ३:६; गलाती १:१३, १४.

सताउनमा अग्रणी

स्तिफनसको मृत्यु पश्‍चात्‌ शावल सताउने काममा समर्थक मात्र नभई तर मुख्य व्यक्‍ति नै भएका थिए। यत्तिसम्म कि उनले कुख्याती कमाइसकेका थिए। तिनको परिवर्तनपछि त्यहाँका चेलाहरूसित उनी मिल्न प्रयत्न गरे, ‘तर तिनीहरूलाई उनी चेला हो भन्‍ने पत्यार नपर्दा सबै उनीसँग डराए।’ जब उनी त साँच्चै एउटा मसीही भइसकेका रहेछन्‌ भन्‍ने कुरा थाहा पाए तब उनको परिवर्तनले चेलाहरू रमाए र धन्यबाद दिने कारण भयो। तिनीहरूले सुने कि तिनको हृदय परिवर्तन भएको मात्र होइन तर “जसले अघाडि हाम्रो खेदो गर्दथियो, त्यसले अघाडि संहार गरेको विश्‍वास अहिले प्रचार गरिरहेको छ।”—प्रेरित ९:२६; गलाती १:२३, २४.

यरूशलेमदेखि दमीशक हिंडेर पुग्न झन्डै सात-आठ दिनको बाटो अर्थात्‌ लगभग २२० किलोमिटर टाढा छ। शावल “चेलाहरूको विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै,” दमीशकका सभा-घरहरूको नाउँमा उनको पुर्जी माग्न प्रधान पूजाहारीकहाँ गए। किन? ताकि शावलले “त्यस मार्ग[मा]” हुने, जस जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउनपाओस्‌। औपचारिक अनुमति पाएर उनले ‘घर घरमा पसी पसीकन मण्डलीलाई संहार गर्थे। औ पुरुष र स्त्रीहरूलाई घिस्याई घिस्याईकन झ्यालखानमा हालिदिन्थे।’ कत्तिलाई ‘सभाघरमा कुटपीट’ गर्थे र तिनीहरूलाई सजाय होस्‌ भन्‍ना खातिर ‘मत दिन्थे।’—प्रेरित ८:३; ९:१, २, १४; २२:५, १९; २६:१०, पादटिप्पणी NW.

शिक्षाको क्षेत्रमा हेर्ने हो भने शावलले गमलिएलबाट शिक्षा हासिल गरे अनि उनले त्यस शिक्षाको उपयोग गरे। केही शात्रज्ञहरू विश्‍वास गर्छन्‌ उनी कानुनका विद्यार्थी हुँदादेखि प्रगति गर्दै यहूदीधर्मको शक्‍तिशाली अख्तियारवाला भएका थिए। जस्तै, तीमध्ये एकले शावल यरूशलेम सभाघरको शिक्षक पनि हुनसक्छन्‌ भनेर मानिलिए। तरैपनि, शावलले अदालतका एक सदस्यको हैसियतमा वा मसीहीहरूले सजाय पाउनैपर्छ भन्‍ने पक्षमा आफ्नो ‘मत दिएका’ थिए, हामी भन्‍न सक्दैनौं।a

सुरु सुरुमा सबै मसीहीहरू यहूदीधर्मका अर्थात्‌ यहूदीहरू नै थिए। मसीहीधर्म, यहूदीधर्म भित्रको स्वधर्मत्यागी अभियान हो भनेर शावलले बुझे, त्यसपछि यसमा सुधार ल्याउने जिम्मेवारी यहूदीधर्म अधिकारीहरूकै हो भन्ठाने। शास्त्रज्ञ अर्लन्ड जे. हल्टग्रन भन्छन्‌, “सतावट दिने पावलले, मसीहीधर्म यहूदीधर्मसँग प्रतिस्पर्धा गर्ने बेग्लै धर्म हो भनेर होइन तर यो यहूदीमाझ उब्जिएको मसीही अभियान हुनुपर्छ भनेर विरोध गरेका थिए।” बरालिएका यहूदीहरूलाई आफूले गरेको कुरा झूटो हो भनी स्वीकार्न लगाएर यहूदीधर्ममा फर्काउने उनको अभिप्राय थियो। (प्रेरित २६:११) झ्यालखानमा हाल्ने एउटा तरिका थियो भने महासभामा तीनजना न्यायाधीशहरू भएका स्थानीय अदालतमा यहूदी गुरुको अख्तियार विरुद्ध अनाज्ञाकारी भएकोमा अनुशासनको निम्ति कुटपिट गर्नु अर्को तरिका थियो।

दमीशकको बाटोमा शावलको सामने येशू देखा पर्नुभएपछि यी सबै कर्तुतहरू उनले बन्द गरे। मसीहीधर्मको खतरनाक दुस्मन अचानक त्यसैको एक सशक्‍त समर्थक भए, यी सब कारणले गर्दा नै दमीशकका यहूदीहरूले तिन-लाई मार्नलाई दाउ हेरिरहेका थिए। (प्रेरित ९:१-२३) विरोधाभासपूर्ण कुरा त, जसरी शावलले अरूलाई सताउँदथे उनी मसीही भएपछि उनलाई पनि त्यसै गरी सताइयो। यसैकारण पछि उनले यसो भन्‍नसके: “पाँचपल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ।”—२ कोरिन्थी ११:२४.

गलत कुराहरूको निम्ति जोसिलो भएको हुनसक्छ

पावल भनेर राम्ररी चिनिने शावलले आफ्नो परिवर्तन पश्‍चात यसरी लेखे, “म अघाडि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिएँ, तापनि मैले यो अजान र अविश्‍वासमा गरेको हुनाले म कृपा-पात्र भएँ।” (१ तिमोथी १:१३) आफ्नो धर्ममा विश्‍वासी र जोसिलो हुँदैमा परमेश्‍वरबाट अनुमोदन पाइन्छ भन्‍ने छैन। शावल जोसिला थिए र आफ्नो विवेकले चाहेअनुसार काम गर्थे, तर उनको त्यो जोस समझअनुसारको थिएन। उ गलत कुराहरूको निम्ति जोसिएका थिए। (रोमी १०:२, ३ तुलना गर्नुहोस्‌।) हामी पनि गलत कुरामा जोसिएकाछौं कि, विचार पुऱ्‍याउनु पर्छ।

परमेश्‍वरले हाम्रो असल आचरण चाहनुहुन्छ, त्यति भए भइहाल्छ नि भनेर आज धेरैले भन्छन्‌। तर के यो सही हो? हामी सबैले पावलको सल्लाह सुन्‍नु उचित हुनेछ: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) त्यसको मतलब परमेश्‍वरको सत्य वचनको सही ज्ञान हासिल गर्न समय निकालेर त्यही मुताबिक जीवन यापन गर्नु हो। हामीले बाइबल अध्ययन गर्दै जाँदा आफूमा काटछाँट गर्नुपर्ने कुरा बुझेपछि हामी ती सबै गर्न ढिलो नगरौं। सायद हामीमध्ये कतिजना शावलजस्तै निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थियौं। तैपनि, विश्‍वास र सही ज्ञानअनुरूप चलेर हामीले पनि तिनले जस्तै परमेश्‍वरको अनुमोदन पाउन सक्छौं।—यूहन्‍ना १७:३, १७.

[फुटनोट]

a एमेल सुरर्रको येशू मसीहको समयमा यहूदीहरूको इतिहास (सा.यु.पू. १७५ - सा.यु. १३५) (अंग्रेजी) पुस्तकअनुसार मिश्‍नाहमा २३ सदस्यहरूको सानो महासभामा सानो सानो पट्याइ लाग्दो कार्यविधिबारे उल्लेख गरेजस्तो ७१ सदस्यहरू भएको विशाल महासभामा उल्लेख गरिएको छैन। जस्तै, सानो महासभामा कानुनका विद्यार्थीहरू प्राणदण्डयोग्य मामलाहरूमा उपस्थित हुन सक्थे जहाँ अपराधीविरुद्ध मात्र बोल्न पाउँथे। तर साधारण अपराधमा भने दुवैपक्षमा बोल्न छुट पाउँथे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने