प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ६/१५ pp. २३-२५
  • गिलियड स्कूल मिसनरी प्रशिक्षणको ६० वर्ष

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गिलियड स्कूल मिसनरी प्रशिक्षणको ६० वर्ष
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विद्यार्थीहरूले अन्तिम निर्देशन प्राप्त गर्छन्‌
  • परिपक्व व्यक्‍तिहरूले असल सल्लाह दिन्छन्‌
  • गिलियडमा सामेल हुन इच्छुक मनोभाव चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सेवा गर्न उत्प्रेरित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवामा आनन्दित होओ र हर्ष मनाओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • तिनीहरू राजी-खुसी आफूलाई अर्पण गर्दैछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ६/१५ pp. २३-२५

गिलियड स्कूल मिसनरी प्रशिक्षणको ६० वर्ष

“हाम्रो गहन बाइबल अध्ययन कार्यक्रमको कारण हामी यहोवासँग नजिक भयौं र उहाँको संगठनबारे अझ बढी सिक्यौं। यसले हामीलाई विदेशी भूमिमा कार्यभार पूरा गर्न तयार बनायो।” यो थियो, वाचटावर बाइबल स्कूल अफ गिलियडको पहिलो कक्षाबाट स्नातक प्राप्त गरेकी एक जना बहिनीको टिप्पणी। साठी वर्षअघि गिलियड स्कूल सुरु भएदेखि यसले मिसनरीहरू पठाइरहेको छ। मार्च ८, २००३ का दिन प्याटर्सन, न्यु योर्कस्थित वाचटावर एजुकेशनल सेन्टरमा ११४ औं कक्षाको स्नातक समारोह आयोजना गरिएको थियो। सभाकक्ष तथा टेलिभिजनद्वारा प्रसारण गरिएका ठाउँहरूमा भेला भएका ६,४०४ जनाले भाषण, अन्तरवार्ता र समूहगत छलफलहरू समावेश भएको कार्यक्रम ध्यान दिएर सुने।

यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य, थिओडर जारस कार्यक्रमका अध्यक्ष थिए। तिनको सुरुको टिप्पणीले एसिया, क्यारिबियन, मध्य तथा दक्षिण अमेरिका र युरोपबाट आएका श्रोतागणमा पाइएको अन्तरराष्ट्रियताको आभासमाथि ध्यानाकर्षण गरे। दोस्रो तिमोथी ४:५ मा आफ्नो टिप्पणी केन्द्रित गर्दै भाइ जारसले गिलियडमा प्रशिक्षण पाएका मिसनरीहरूको मुख्य काम, ‘प्रचारकको काम गर्नु’ हो भनेर जोड दिए। तिनीहरूले मानिसहरूलाई बाइबलबारे सिकाएर सत्यको गवाही दिन्छन्‌।

विद्यार्थीहरूले अन्तिम निर्देशन प्राप्त गर्छन्‌

छोटा भाषणहरूको श्रृंखलाको पहिलो भाषण संयुक्‍त राज्य अमेरिकाको शाखा समितिका सदस्य जोन लार्सनले “यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?” भन्‍ने विषयमा हाम्रो विश्‍वासलाई बलियो बनाउने भाषण दिए। (रोमी ८:३१) विद्यार्थीहरूले आफूलाई खटाइएको ठाउँमा जस्तोसुकै बाधा-अड्‌चनहरू सामना गर्नुपरे तापनि यहोवाले तिनीहरूलाई मदत गर्नुहुन्छ भनी उहाँको शक्‍तिमा पूर्ण भरोसा राख्ने बाइबलीय आधारहरूबारे वक्‍ताले बताए। रोमी ८:३८, ३९ चलाउँदै भाइ लार्सनले विद्यार्थीहरूलाई यस्तो सल्लाह दिए: “तपाईंको खातिर परमेश्‍वरले चलाइरहनुभएको शक्‍तिबारे विचार गर्नुहोस्‌ र यो पनि नबिर्सनुहोस्‌, यहोवासँगको तपाईंको व्यक्‍तिगत सम्बन्धलाई कुनै पनि कुराले तोड्‌न सक्दैन।”

कार्यक्रमको अर्को भाग परिचालक निकायका सदस्य गाइ पियर्सको थियो। तिनको भाषणको विषय थियो, “तपाईंका आँखाहरू आनन्दित होऊन्‌!” (लूका १०:२३) तिनले साँचो आनन्द भनेको यहोवालाई चिन्‍नु र उहाँका अनन्त उद्देश्‍यलाई बुझ्नुका साथै बाइबल भविष्यवाणीहरू पूरा भएको देख्नु हो भनी बताए। जहाँ गए पनि विद्यार्थीहरूले आफ्नो आँखालाई आनन्दित राखेर साँचो आनन्द कायम गर्न सक्छन्‌। भाइ पियर्सले विद्यार्थीहरूलाई यहोवाको भलाइमा गहिरिएर मनन गर्न र तिनीहरूको मन अनि हृदयलाई उहाँको इच्छाअनुसार गर्न केन्द्रित राख्न प्रोत्साहन दिए। (भजन ७७:१२) सकारात्मक मनोवृत्ति कायम राखेर स्नातकहरूले जस्तोसुकै समस्या आइपरे तापनि त्यसमाथि विजय हासिल गर्न सक्छन्‌।

त्यसपछि विद्यार्थीहरूले तिनीहरूलाई दिनहुँजसो सिकाइरहेका शिक्षकहरूबाट प्रोत्साहनका अन्तिम दुई शब्द सुने। लरेन्स बोयनले आफ्नो भाषणको शिर्षकमा “के तपाईं महिमा खोज्दै हुनुहुन्छ?” भनी प्रश्‍न गरे। अधिकांश मानिसहरूले महिमा भन्‍ने बित्तिकै आफ्नो प्रशंसा, आदर र प्रतिष्ठाबारे सोच्छन्‌। तथापि, भजनहार आसापले साँचो महिमा अर्थात्‌ यहोवासँगको आदरणीय सम्बन्धको अनमोल महत्त्वलाई बुझे। (भजन ७३:२४, २५) स्नातक हुन लागेका ४८ जना विद्यार्थीहरूलाई गहिरो बाइबल अध्ययनद्वारा यहोवासँग आत्मीय सम्बन्ध कायम राख्न प्रोत्साहन दिइयो। यहोवाको उद्देश्‍य ख्रीष्टमार्फत पूरा भएको स्वर्गदूतहरू “हेर्न अति इच्छा गर्दछन्‌।” (१ पत्रुस १:१२) आफ्नो ईश्‍वर-प्रदत्त कार्यभारमा परमेश्‍वरको महिमा झल्काउन उहाँबारे तिनीहरू जतिसक्दो धेरै सिक्न चाहन्छन्‌। त्यसपछि, अनमोल सम्पत्ति पत्ता लगाउन अरूलाई मदत गरेर आफ्नो मिसनरी कार्यभारमा यहोवाको महिमा गर्न वक्‍ताले विद्यार्थीहरूलाई आग्रह गरे।

स्कूलका रजिस्ट्रार वालेस लिभरेन्सले यी भाषणहरूको श्रृंखला “परमेश्‍वरको ज्ञान रहस्यमा बोल्नुहोस्‌” भन्‍ने शीर्षक भएको भाषण दिएर समापन गरे। (१ कोरिन्थी २:७) प्रेरित पावलले आफ्नो मिसनरी यात्राको दौडान कुरा गरेको यो परमेश्‍वरको बुद्धि वा ज्ञान के हो? यो विश्‍वव्यापी शान्ति अनि एकता ल्याउने यहोवाको बुद्धिमानी र शक्‍तिशाली माध्यम हो। यो बुद्धि येशूमा केन्द्रित छ। पावलले समाजका समस्याहरू समाधान गर्न सुसमाचारको पुस्तकले कसरी मदत गर्छ भनी प्रचार गर्नुको सट्टा आदमका पापका परिणामहरूबाट मुक्‍त गर्न परमेश्‍वरले के गर्नुहुन्छ भनी बुझ्न मानिसहरूलाई मदत गरे। (एफिसी ३:८, ९) वक्‍ताले आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गरे: “तपाईंले पनि सेवाका सुअवसरहरूलाई पावलले जस्तै प्रयोग गर्नुहोस्‌, तिनले आफ्नो मिसनरी कार्यभारलाई सृष्टिकर्ता यहोवाले आफ्नो उद्देश्‍य येशूमार्फत कसरी पूरा गर्नुहुन्छ भनी बुझ्न मदत दिने सुअवसर ठाने।”

यसपछि गिलियडका अर्को प्रशिक्षक मार्क न्यूमरले केही विद्यार्थीहरूसँगको उत्साहजनक छलफलमा अध्यक्षता ग्रहण गरे। “परमेश्‍वरको वचनको अध्ययनले जोसिला सेवकहरू तयार पार्छ” भन्‍ने विषयले रोमी १०:१० मा लिपिबद्ध पावलका शब्दहरू प्रकाश पाऱ्‍यो। विद्यार्थीहरूले स्कूलको दौडान क्षेत्र सेवकाईमा बटुलेका थुप्रै अनुभवहरू बताए। तिनीहरूको अनुभवले देखाएअनुसार हामीले परमेश्‍वरको वचन अध्ययन गरेर मनन गऱ्‍यौं भने यहोवा परमेश्‍वर र उहाँको राज्यसम्बन्धी असल कुराहरूले हाम्रो हृदय भरिनेछ अनि त्यही कुरा हामी अरूलाई बताउनेछौं। वाचटावर एजुकेशनल सेन्टरमा बिताएको पाँच महिनाको दौडान विद्यार्थीहरूले नजिकैका मण्डलीहरूले विस्तृत प्रचार गरिसकेका इलाकाहरूमा ३० जना जिज्ञासु व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गरे।

परिपक्व व्यक्‍तिहरूले असल सल्लाह दिन्छन्‌

स्कूलको दौडान विद्यार्थीहरूले संयुक्‍त राज्य अमेरिकाको बेथेल परिवारसँगको संगतिबाट लाभ उठाए। संयुक्‍त राज्य अमेरिका शाखाका दुई जना सदस्य रबर्ट सिरान्को र रबर्ट पि. जोन्सनले लामो समयदेखि यहोवाको सेवा गर्दै आएका केही भाइहरूसँग अन्तरवार्ता लिए र तीमध्ये कोही-कोही हाल वाचटावर एजुकेशनल सेन्टरमा विशेष प्रशिक्षण प्राप्त गरिरहेका परिभ्रमण निरीक्षकहरू थिए। अन्तरवार्ता लिइएका सबै जना गिलियड स्नातकहरू थिए जसले कुनै समय मिसनरीको हैसियतमा सेवा गरेका थिए। यी अनुभवी आध्यात्मिक व्यक्‍तिहरूबाट बुद्धिका दुई शब्द सुन्‍न पाउनु विद्यार्थीहरू तथा तिनीहरूका परिवार र साथीभाइको लागि आश्‍वासनदायी थियो।

तिनीहरूले यस्तो सल्लाह पनि दिए: “सेवकाई र मण्डलीमा आफूलाई यथासक्दो व्यस्त राख्नुहोस्‌।” “आफूलाई बढ्‌तै महत्त्व नदिनुहोस्‌। मिसनरीको रूपमा तपाईंको उद्देश्‍यमा केन्द्रित रहनुहोस्‌ र जहाँ सेवा गर्न खटाइनुभएको छ, त्यसैलाई आफ्नो घर ठान्‍नुहोस्‌।” अन्य मदतकारी टिप्पणीहरूले गिलियड स्कूलले कसरी जहाँसुकै खटाए तापनि सेवकको रूपमा असल काम गर्न सुसज्जित गर्छ भनी देखायो। केही टिप्पणीहरू यस प्रकार छन्‌: “हामीले अरूसित मिलेर काम गर्न सिक्यौं।” “स्कूलले हामीलाई नयाँ संस्कृतिमा घुलमिल हुन मदत गऱ्‍यो।” “हामीले नयाँ दृष्टिकोणबाट धर्मशास्त्र प्रयोग गर्न सिक्यौं।”

परिचालक निकायका पुराना सदस्य जोन इ. बारले कार्यक्रमको मुख्य भाषण दिए। तिनको धर्मशास्त्रीय विषय “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो” भन्‍ने थियो। (रोमी १०:१८) के परमेश्‍वरका जनहरू आज यो चुनौती पूरा गर्न सफल भएका छन्‌ भनी तिनले प्रश्‍न गरे। अवश्‍य भएका छन्‌! सन्‌ १८८१ अथवा भन्‍ने हो भने धेरै वर्षअघि पनि प्रहरीधरहरा पत्रिकाका पाठकहरूलाई यस्तो प्रश्‍न गरिएको थियो: “के तपाईं प्रचार गर्दै हुनुहुन्छ”? त्यसपछि वक्‍ताले सबै श्रोतागणलाई १९२२ मा सं.रा.अ.-को सिडार प्वाइन्ट, ओहायोमा आयोजित अधिवेशनमा गरिएको ऐतिहासिक आह्वानबारे सम्झना दिलाए: “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌!” समयको अन्तरालमा परमेश्‍वरका विश्‍वासी सेवकहरूको जोसले तिनीहरूलाई अद्‌भुत राज्य सच्चाइबारे सबै राष्ट्रहरूमा उद्‌घोषणा गर्न उत्प्रेरित गऱ्‍यो। मुद्रित पानाद्वारा र मौखिक तवरमा बताइएको सुसमाचार पृथ्वीको कुनाकुनासम्म पुगेको छ अनि यी सबैले यहोवाको आदर र प्रशंसा गर्छ। उत्साहजनक समापनमा भाइ बारले स्नातकहरूलाई आफूले पाएको आशिष्‌लाई अनमोल ठान्‍न याद गर्न यस्तो सल्लाह दिए: “दिनदिनै आफ्नो असाइनमेन्टमा यहोवालाई प्रार्थना गर्दा भित्री हृदयदेखि ‘तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो,’ भन्‍ने भविष्यवाणी पूरा हुनुमा तपाईंको भूमिकाको लागि धन्यवाद चढाउनुहोस्‌।”

यस भाषणपछि शुभकामनाहरू पढेर सुनाइयो र अध्यक्षले प्रत्येक विद्यार्थीलाई प्रमाण-पत्र दिए। त्यसपछि हर्ष र प्यारो स्कूल छोड्‌नुपरेकोमा दुःखको मिश्रित भावनाहरूबीच कक्षाका प्रवक्‍ताले परिचालक निकाय र बेथेल परिवारलाई सम्बोधन गरिएको हार्दिक कृतज्ञता पत्र पढे जसमा “परमप्रभुलाई अहिलेदेखि लिएर सधैंभरि” प्रशंसा गर्ने स्नातकहरूको कटिबद्धता व्यक्‍त गरिएको थियो।—भजन ११५:१८.

यी स्नातकहरू आफ्नो नयाँ घरमा घुलमिल हुनेछन्‌ र तिनीहरूभन्दा अघि झन्डै ६० वर्षदेखि गइरहेकाहरूले जस्तै तिनीहरूले पनि विश्‍वव्यापी प्रचारकार्यमा मदत पुऱ्‍याउन सकून्‌ भनी हामी प्रार्थना गर्छौं।

[पृष्ठ २३-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: १२

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १६

विद्यार्थीहरूको संख्या: ४८

औसत उमेर: ३४.४

सच्चाइमा बिताएको औसत वर्ष: १७.६

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १३.५

[पृष्ठ २४-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११४ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हुन्‌।

(१) रोजा, डि.; ग्यारीगोलास, जे.; लिन्डस्ट्रोम, आर.; पाभानेल्लो, पि.; टाट एन. (२) भान हाउट, एम.; डोनाबाउर, सि.; मार्टिनेज, एल.; मिलर, डि.; फेस्ट्रे, वाइ.; नर्टर एस. (३) मार्टिनेज, पि.; क्लार्क, एल.; माउघन, बि.; फिशर, एल.; रोमो, जि. (४) रोमो, आर.; एडि, एस.; टुन, सि.; क्याम्पबेल, पि.; मिलर, डि.; रोजो, डब्ल्यु. (५) लिन्डस्ट्रोम, सि.; ग्यारीगोलास, जि.; मार्काभिच, एन.; लिन्डाला, के.; भान डेन हेभल, जि.; टाट, एस.; नर्टर, पि. (६) माउघन, पि.; पाभानेल्लो, भि.; एडि, एन.; वेस्ट, ए.; क्लार्क, डि.; मार्काभिच, जि. (७) फिशर, डि.; डोनाबाउर, आर.; करी, पि.; करी, वाइ.; कारफाग्नो, डब्ल्यु.; वेस्ट, एम.; टुन, ए. (८) भान हाउट, एम.; क्याम्पबेल, सि.; फेस्ट्रे, वाइ.; कारफाग्नो, सि.; भान डेन हेभल, के.; लिन्डाला, डि.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने