बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी ११-१३
पावलको ‘शरीरको छेस्को’
बाइबलमा छेस्को वा काँडालाई अक्सर लाक्षणिक अर्थमा प्रयोग गरिएको छ। यसले अरूलाई चोट पुऱ्याउने अनि दुःख दिने कुरालाई बुझाउन सक्छ। (गन ३३:५५; हित २२:५; इज २८:२४) आफ्नो ‘शरीरको छेस्को’-बारे बताउँदा पावलले सम्भवतः झूटा प्रेषितहरू अनि पावललाई तिनी प्रेषित होइनन् भन्ने र तिनको कामको आलोचना गर्नेहरूलाई सङ्केत गर्दै थिए। पावलको ‘शरीरको छेस्को’-ले अर्को कुरालाई पनि बुझाएको हुन सक्छ भनेर निम्न शास्त्रपदहरूबाट कसरी थाह पाउन सक्छौँ?
तपाईँको ‘शरीरको छेस्को’ के हो?
सहनशील हुन तपाईँ कसरी परमेश्वरमा भर पर्न सक्नुहुन्छ?