प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जुलाई p. १
  • तपाईंसित “रमाउने कारण” छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंसित “रमाउने कारण” छ?
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • तोडाको दृष्टान्तबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईंलाई परमेश्‍वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आफूले पाएको सुअवसरमा आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाको प्रशंसा गर्न जिउनुहोस्‌!
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 जुलाई p. १

तपाईंसित “रमाउने कारण” छ?

१. प्रत्येक महिनाको अन्तमा हामीसित रमाउने के कारण छ?

१ प्रत्येक महिनाको अन्तमा सबै जनालाई क्षेत्र सेवाको रिपोर्ट दिन आग्रह गरिन्छ। त्यतिखेर के तपाईंसित “रमाउने कारण” छ? (गला. ६:४) सेवामा १३० घण्टा बुझाउने विशेष अग्रगामी भए पनि या १५/१५ मिनेटको हिसाबले रिपोर्ट दिने अनुमति पाएका प्रकाशक भए पनि, यहोवालाई तनमनको सेवा चढाउन पाएकोमा हामी सबै रमाउनुपर्छ।—भज. १००:२.

२. यहोवाको सेवामा हामीले किन सकेजति प्रयास गर्नुपर्छ?

२ यहोवा ब्रह्‍माण्डकै शासक भएकोले उहाँ हामीले दिन सक्ने सर्वोत्तम कुरा पाउन योग्य हुनुहुन्छ। (मला. १:६) उहाँलाई प्रेम गरेकोले उहाँको इच्छाबमोजिम गर्न हामीले आफ्नो जीवन समर्पण गरेका छौं। त्यसकारण दिनको अन्तमा अथवा महिनाको अन्तमा हामीले यहोवाको सेवामा आफ्नो समय, खुबी र शक्‍तिको “पहिलो अंश” अर्थात्‌ सर्वोत्तम अंश दिएका छौं भनेर ढुक्क छौं भने हामी प्रत्येकसित रमाउने कारण हुन्छ। (हितो. ३:९) तर हाम्रो अन्तस्करणले हामीलाई गर्न सक्ने कुरा अझ धेरै छ भनी झकझकाउँछ भने हामीले प्रगति गर्न सक्ने क्षेत्रबारे राम्ररी केलाउनुपर्छ।—रोमी २:१५.

३. हामीले अरूसित आफ्नो तुलना गर्नु किन बुद्धिमानी होइन?

३ “अरूसित तुलना गरेर होइन”: अरूसित आफ्नो तुलना गर्नु बुद्धिमानी होइन। अनि ‘धेरै बल भएको समयमा जस्तो गर्न सकिनँ’ भनेर आफ्नो तुलना आफैसित गर्नु पनि बुद्धिमानी होइन। परिस्थिति परिवर्तन भइरहन्छ अनि क्षमता पनि। तुलना गर्दा अक्सर प्रतिस्पर्धाको भाव उत्पन्‍न हुन्छ वा बेकम्मा महसुस हुन्छ। (गला. ५:२६; ६:४) येशूले तुलना गर्नुभएन। बरु मानिसहरू जे गर्न सक्छन्‌, त्यसैको आधारमा उहाँले तिनीहरूको प्रशंसा गर्नुभयो।—मर्कू. १४:६-९.

४. तोडासम्बन्धी येशूले दिएको दृष्टान्तबाट हामीले सिक्न सक्ने महत्त्वपूर्ण पाठ के हो?

४ येशूले दिएको तोडाको दृष्टान्तमा प्रत्येक दासले “क्षमताअनुसार” तोडा पाए। (मत्ती २५:१५) फर्केर आएपछि मालिकले दासहरूलाई तिनीहरूको गतिविधिबारे सोध्दा आफ्नो क्षमता र परिस्थितिअनुसार मेहनती भई काम गर्ने दासहरूले प्रशंसा पाए र मालिकसँगसँगै रमाए। (मत्ती २५:२१, २३) त्यसैगरि हामी पनि राज्य प्रचारकार्यमा व्यस्त भयौं भने परमेश्‍वरको अनुमोदन पाउँछौं भनेर ढुक्क हुन सक्छौं र हामीसित पनि रमाउने कारण हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने