प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
    पारिवारिक आनन्दको रहस्य
  • पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌
    पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌
  • परिवार—मानव आवश्‍यकता!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको परिवारमा आफ्नो स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

एफिसी ३:१४, १५ ले परमेश्‍वरबाट “स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ” भन्छ। के स्वर्गमा परिवारहरू छन्‌? र के हरेक परिवारले कुनै न कुनै तरिकाले परमेश्‍वरबाट नाउँ प्राप्त गर्ने हो?

पृथ्वीमा जस्तो एकअर्कामा शारीरिक तवरले सम्बन्धित बाबु, आमा, छोराछोरी मिलेर बनेको परिवारहरू स्वर्गमा छैनन्‌। (लूका २४:३९; १ कोरिन्थी १५:५०) स्वर्गदूतहरूले विवाह गर्दैनन्‌ भनेर येशूले स्पष्टसित औंल्याउनुभयो र स्वर्गदूतहरूले सन्तान जन्माउँछन्‌ भनेर कुनै कुराले संकेत गर्दैन।—मत्ती २२:३०.

तथापि, यहोवा परमेश्‍वरले उहाँको स्वर्गीय संगठनसित लाक्षणिक रूपमा गर्नुभएको विवाहबारे बाइबलले बताउँछ। उहाँ आध्यात्मिक अर्थमा विवाहित हुनुहुन्छ। (यशैया ५४:५) त्यो स्वर्गीय संगठनले स्वर्गदूतहरूजस्ता सन्तान जन्माउँछ। (अय्यूब १:६; २:१; ३८:४-७) यस अर्थमा, एउटा अद्‌भुत आध्यात्मिक परिवार स्वर्गमा छ।

यसको अतिरिक्‍त, येशू ख्रीष्ट र उहाँकी दुलही १,४४,००० मिलेर स्वर्गमा नयाँ लाक्षणिक परिवार बन्दैछ। (२ कोरिन्थी ११:२) यी अभिषिक्‍त जनहरूमध्ये धेरैजसो स्वर्गीय जीवनको आशा लिएर मरिसकेका छन्‌। केही पृथ्वीमा अझै छन्‌। तिनीहरू जम्मैले स्वर्गमा हुने “थुमाको विवाह [लाई]” उत्सुकतापूर्वक पर्खिरहेका छन्‌। बाइबलले त्यो विवाहलाई महान्‌ बेबिलोन अनि शैतानको रीतिरिवाजलाई नाश गर्ने सन्‍निकट महा संकष्टसित जोडेको छ।—प्रकाश १८:२-५; १९:२, ७, ११-२१; मत्ती २४:२१.

पृथ्वीका हरेक परिवारले यहोवाबाट प्रत्यक्ष रूपमा नाउँ पाउँछ भनेर प्रेरित पावलले एफिसी ३:१५ मा औंल्याइरहेका थिएनन्‌। बरु, स्पष्टतया पावलले विस्तृत परिवारको नाउँलाई कायम राख्ने वंशावलीलाई मनमा लिएका थिए। यसबारे यहोशू ७:१६-१९ मा एउटा उदाहरण पाउँछौं। त्यहाँ यहोवाले आकानको पाप प्रकट गर्दै हुनुहुन्थ्यो। प्रथमतः, यहूदाको कुलभित्र दोष भएको देखाइयो। त्यसपछि कुलबाट घटेर जेरहको परिवारभित्र दोष भएको बताइयो। अन्तत: आकानको घरानाले गरेको दोष प्रकट भयो। आकानका साथै तिनकी स्वास्नी तथा छोराछोरीलाई आकानको बाजे जब्दीको घरानाको (वा परिवार) भागको रूपमा हेरिन्थ्यो वा भाग भनिन्थ्यो। अनि त्यो परिवार तिनीहरूको पुर्खा जेरहको नाउँलाई जोगाउने विस्तृत परिवारको समूह थियो।

हिब्रूहरूबीच यस्ता पारिवारिक वंशावलीको ठूलो महत्त्व हुन्थ्यो। तीमध्ये धेरैजसो बाइबलमा सूचिबद्ध छन्‌। परमेश्‍वरले तिनीहरूको वंश जोगाउने आवश्‍यक प्रबन्ध गर्नुभयो। र आवश्‍यक पर्दा देवरसित विवाह गर्ने चलनद्वारा परिवारको नाउँ जोगाउन उत्तराधिकारी जन्माउने प्रबन्ध गर्नुभयो।—उत्पत्ति ३८:८, ९; व्यवस्था २५:५, ६.

यस्ता ठूला वा विस्तृत परिवारहरूको अर्को उदाहरणको रूपमा येशूलाई दाऊदको छोराको रूपमा मानि लिनुहोस्‌। स्पष्टतया, येशू दाऊदको प्रत्यक्ष सन्तान हुनुहुन्‍न थियो। किनभने उहाँ राजा दाऊदको मृत्यु भएको शताब्दीयौंपछि मात्र जन्मनुभएको थियो। यद्यपि, प्रायः यहूदीहरूले जानेअनुसार मसीह दाऊदकै घरानाको हुनुपर्थ्यो। (मत्ती २२:४२) येशू आफ्नी आमा र धर्मपिता दुवै तर्फबाट दाऊदको वंश हुनुहुन्थ्यो।—मत्ती १:१; लूका २:४.

तर कसरी यस्ता परिवारहरूले यहोवाबाट नाउँ प्राप्त गर्छन्‌? सत्य कुरा के हो भने, अब्राहाम र इसहाकको घटनाजस्ता केही अवसरहरूमा बाहेक यहोवाले कसैलाई परिवारको शिर नियुक्‍त गरेर नाउँ दिनुभएको छैन। (उत्पत्ति १७:५, १९) ती अपवादहरू थिए। साधारणतया, आमाबाबुदेखि छोराछोरीमा सर्दै जाने नाउँ यहोवाले हरेक परिवारलाई दिनुहुन्‍न।

यद्यपि, यहोवाले आदम र हव्वालाई “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै जाओ” भनेर मानव परिवार सुरु गर्नुभएको थियो। (उत्पत्ति १:२८) अनि सम्पूर्ण मानव परिवारको जग बसाल्न यहोवाले असिद्ध आदम र हव्वालाई सन्तान जन्माउने अनुमति दिनुभयो। (उत्पत्ति ५:३) त्यसैकारण एकभन्दा धेरै अर्थमा परमेश्‍वरलाई परिवारका नाउँहरूको प्रवर्त्तक भन्‍न सकिन्छ।

आज धेरै संस्कृतिहरूमा पुस्तौंपुस्तासम्म परिवारको नाउँ बचाउने खाँचो महसुस गरिंदैन। तरैपनि विश्‍वभरिका मसीहीहरूले परिवारको प्रबन्ध गरिदिनुभएकोमा यहोवालाई धन्यवाद चढाउँछन्‌ र आफ्नो परिवारलाई सफल पार्न भरमग्दुर प्रयास गरेर उहाँको आदर गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने