प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१५ p. ३
  • बाइबल-अनुपम पुस्तक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल-अनुपम पुस्तक
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर आफ्ना उद्देश्‍यहरू हामीलाई बताउनुहुन्छ
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
  • बाइबल—“परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?
    ब्यूँझनुहोस्‌!—२०१७
  • ‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उत्कृष्ट बुद्धिको अनुपम स्रोत
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१५ p. ३

बाइबल-अनुपम पुस्तक

बाइबललाई संसारमा सबैभन्दा धेरै बिक्ने पुस्तक भनिएको छ र यो भन्‍नु उपयुक्‍त पनि छ। अरू पुस्तकहरूको दाँजोमा बाइबल सबैभन्दा धेरै पढिनुका साथै यसको कदर पनि गरिन्छ। अहिलेसम्म बाइबल (पूरा वा आंशिक) २,००० भन्दा बढी भाषाहरूमा लगभग चार अरब प्रतिहरू वितरण भएको अनुमान गरिएको छ।

तथापि, बाइबलको वितरण संख्याभन्दा पनि रोचक कुरा त यो ईश्‍वरीय प्रेरणा भएको पुस्तक हो भनी गरिएको दाबी छ। मसीही प्रेरित पावलले लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र।” (२ तिमोथी ३:१६) यसको अर्थ के हो? “परमेश्‍वरबाट प्रेरणा भएको” भन्‍ने (युनानीमा, थियोन्युस्टोस) वाक्यांशको शाब्दिक अर्थ “परमेश्‍वरले श्‍वास फेर्नुभयो” हो। यसैसित सम्बन्धित अर्को युनानी शब्द न्युमा-को अर्थ “आत्मा” हो। तसर्थ, परमेश्‍वरको पवित्र आत्माले मानव लेखकहरूलाई प्रेरित गऱ्‍यो भन्‍ने दाबी गरिन्छ। प्रतीकात्मक अर्थमा भन्‍ने हो भने, उहाँले तिनीहरूमाथि श्‍वास फेर्नुभयो ताकि यस कृति निस्किंदा यसलाई साँच्चै परमेश्‍वरको वचन भन्‍न सकियो, मानिसको होइन। वास्तवमा, यसको एकरूपता, वैज्ञानिक सत्यता, यसका लेखकहरूको स्पष्टवादिता तथा इमानदारी अनि सबैभन्दा महत्त्वपूर्ण त यसका सबैजसो भविष्यवाणीहरू पूरा भएको देखेर बाइबल पढ्‌ने थुप्रै मानिस छक्क पर्छन्‌। यी सबै तथ्यहरूले गर्दा लाखौं विचारशील पाठकहरू यो मानिसभन्दा उच्च स्रोतबाटै आएको हो भन्‍ने कुरामा विश्‍वस्त भएका छन्‌।a

तर बाइबल लेखन कार्यमा परमेश्‍वरले कत्तिको निर्देशन दिनुभयो त? कोहीले परमेश्‍वरले उच्चारण गर्नुभएका एक एक शब्द उहाँले लेख्न लगाउनुभयो भन्छन्‌। अरूले चाहिं उहाँले बाइबलमा पाइने विचारहरू लेख्न मात्र प्रेरित गर्नुभयो, शब्दहरू नै होइन भन्छन्‌। तर वास्तवमा, प्रेरणा दिने कार्यलाई एउटै प्रक्रियामा मात्रै सीमित राख्न सकिंदैन किनभने परमेश्‍वरले “पितापुर्खाहरूसँग . . . कैयौं रीतिले अगमवक्‍ताद्वारा बोल्नुभयो।” (हिब्रू १:१; तुलना गर्नुहोस्‌ १ कोरिन्थी १२:६) अर्को लेखमा परमेश्‍वरले बाइबलका ४० जना लेखकहरूसित कसरी कुराकानी गर्नुभयो हामी जाँच्नेछौं।

[फुटनोट]

a थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (अंग्रेजी) पुस्तकको पृष्ठ ५३-४ र ९८-१६१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने