गीत ६
परमेश्वरको सेवकको प्रार्थना
छापिएको संस्करण
१. हे प्रभु, परम पिता महा;
होस् तिम्रो नाउँको सदा अर्चना।
कोमल कृपा छ तिम्रो सदा;
कत्ति विश्वासी अनि पक्का।
छौ विश्वासी र पक्का;
कृपा छ तिम्रो सदा।
२. सत्यको प्रेम बसाऊ हामीमा;
साथ देऊ प्रभु, गर्न तिम्रो इच्छा।
तिम्रो हरेक आज्ञा शिरोपर;
खोज्छौं प्यारो भेडालाई हरपल।
हेर्छौं भेडालाई हरपल;
तिम्रो आज्ञा शिरोपर।
३. खोज्छौं बुद्धि माथिबाटको;
भरदेऊ प्रेमले गहिराइ मुटुको।
तिम्रो महान् नाउँ सुनाउनमा;
देखाउन सकौं प्रेम र कृपा।
तिम्रो नाउँ सुनाउनमा;
देखाउँछौं प्रेम र कृपा।
(भज. १४३:१०; यूह. २१:१५-१७; याकू. १:५ पनि हेर्नुहोस्)