गीत ४९
यहोवाको मन खुसी राखौँ!
छापिएको संस्करण
१. हे याह शपथ यो लिन्छौँ
सदा बुद्धिमान् हुनेछौँ।
इच्छा तिम्रो पूरा गरी
मन तिम्रो राख्नेछौँ खुसी।
२. दास तिम्रो यो धरातलमा
गाउँदछन् तिम्रो महानता।
भोजन दिन्छन् समयमै,
बल पाई इच्छा गर्छौँ तिम्रै।
३. देऊ तिम्रो सक्रिय शक्ति
बाटो पछ्याउन विश्वासी।
गुनगान गाउँदै सदा तिम्रो
खुसी राख्नेछौँ मन तिम्रो।
(मत्ति २४:४५-४७; लुका ११:१३; २२:४२ पनि हेर्नुहोस्)