मार्चको निमित्त आफ्नो प्रस्तुतीकरणलाई तयार पार्नुहोस्
१ यो महिनाभरी, हामीहरु कुनै १९२-पृष्ट भएका पुराना पुस्तकहरु प्रयोग गर्दैछौं। यी असल प्रकाशनहरु मध्ये कुनै पनि सुसमाचारलाई विभिन्न तरिकावाट प्रस्तुत गर्नका लागि चलाउँन सकिन्छ। निम्न सुझावित प्रस्तुतीकरणहरु सिक्न अनि ती मध्ये कुनै एक वा सबैलाई चलाउँन निःसंदेह तपाईंले व्यवहारिक पाउनु हुने छ।
२ पृथ्वी—मानवको चिरस्थायी घर: पृथ्वी अनि यसको वातावरणवारे चिन्तित मानिसहरुसँग यदि तपाईंलाई वार्तालाप थाल्नु छ भने, “मानवजातिको लागि एउटा घरको रुपमा यो पृथ्वी सदासर्वदै स्थायी रहने छ” प्रसँगलाई प्रयोग गर्नुहोस्। यो विषयमा, परिवारप्रति झुकाव भएका मानिसहरु, प्रकृति प्रेमीहरु, अनि पर्यावरण ज्ञाताहरुका ध्यान आकर्षित गर्नुसक्ने प्रकारको नमनशीलता छ। चलाइनुपर्ने शास्त्रपद उपदेशक १:४ हो। यो प्रसँग र शास्त्रपदको स्पष्टीकरण ट्रूथ् पुस्तकको पृष्ठ १०१, अनुच्छेदहरु १३ अनि १४ मा दिइएका छन्।
३ आफ्नो परिचय दिएपछि, तपाईं यसो भन्न सक्नु हुन्छ:
◼ “हामीमध्ये धेरै जनाका लागि चिन्ताको विषय हुन गएका विषयवारे छलफलगर्न म यहाँ एकछिनको निमित्त आएको हुँ। पृथ्वी हाम्रो घर हो, र यो जुन प्रकारले नासिन्दै छ यो देखेर निःसंदेह तपाईं पनि चिन्तित हुनु हुन्छ। वैज्ञानिकहरु र पर्यावरण ज्ञाताहरुले चेतावनी दिइनै रहन्छन् कि यदि यो प्रदुषण जारी रह्यो भने, यो पृथ्वी निवासगर्ने योग्य रहने छैन। यो समस्याको कुनै समाधान तपाईं देख्न हुन्छ? [टिप्पणीदिन इच्छागर्छन् भने तिनलाई बोल्न दिनुहोस्।] संक्षेपमा, म तपाईंलाई देखाउन चाहन्छु कि बाइबलले उपदेशक १:४ मा पृथ्वीको भविष्यवारे के भन्दछ।” त्यो पद पढ्नुहोस्, अनि ट्रूथ् पुस्तकको पृष्ठ १०१ का अनुच्छेदहरु १३ अनि १४ का टिप्पणीहरु देखाउनुहोस्।
४ दुष्टता हटाइने छ: अपराध, हिंसा, अनि युद्धवारे चिन्तित मानिसहरुलाई आकर्षित गर्न, “परमेश्वरलाई प्रेम गर्नेहरुले जीवन अनि शान्तिको आनन्द उठाउन पाउनसकुन् भनेर दुष्टता हटाइने छ” प्रसँगवारे तपाईं छलफलगर्न चाहनु हुन्छ होला। भजनसघ्र्ह ३७:९-११ ले चाहिंन्दो प्रभाव पार्छ, र गुड् न्युज् पुस्तकको पृष्ट १०६, अनुच्छेदहरु २ अनि ३ ले देखाउँछन् कि मामिलाहरुलाई समाधानगर्ने परमेश्वरको धैर्यशाली काइदा व्यवहारिक बुद्धि हो।
५ प्रचलित अभिवादन आदानप्रदान गरेपछि, तपाईं भन्न सक्नु हुन्छ:
◼ “अपराध अनि हिंसासँग सामना नगर्नुपर्ने समय अब के पो आउँथ्यो होला भनि के तपाईं विचार गर्नु हुन्छ? [घरपट्टीलाई जवाफ दिनको लागि समय दिनुहोस्।] यहाँ भजनसघ्र्हको ३७:९-११ मा बाइबलले एउटा स्थायी समाधानलाई औंल्याउँछ।” त्यो पद पढ्नुहोस् र गुड् न्युज् पुस्तकको १०६ पृष्ठलाई पल्टाएर अनुच्छेदहरु २ अनि ३ वाट केही चुनिएका भागहरु पढ्नुहोस्।
६ पुनःरुत्थानको आशा: कुनै न कुनै वेला सबैको आफ्नो प्रिय जनलाई मृत्युले लगेको हुनाले, “प्रमोदवनीय अवस्थामा अधिराज्यको शासनले मरेका प्रिय जनहरुलाई पुनः जीवन दिने छ” विषयवाट वार्तालाप थाल्नु सान्त्वनादायक हुनेछ। तपाईंले यूहन्ना ५:२८, २९ अथवा लूका २३:४३ लाई चलाउन सक्नु हुन्छ र गुड् न्युज् पुस्तकको पृष्ठ १८६, अनुच्छेद ८ साथै पृष्ठ १५१, अनुच्छेद १ मा पाइएका टिप्पणीहरु र शास्त्रपद देखाउँन सक्नु हुन्छ। (इज् दिस् लाइफ् पुस्तक, पृष्ठ १६७।)
७ ‘रीʹजनीङ’ पुस्तकको पृष्ठ १४ मा भएको तेस्रो परिचयलाई चलाएर तपाईंले आफ्नो वार्तालाप थाल्न सक्नु हुन्छ र तत्पश्चात भन्न सक्नु हुन्छ:
◼ “हामीमध्ये धेरै जनालाई प्रायः मृत्युले लगेका आफ्नो प्रिय जनवारे संझना समय समयमा आउने गर्छ। तर हामीले तिनीहरुलाई फेरि देख्न सक्छौं भनेर के तपाईंलाई लाग्छ? [घरपट्टीलाई आफ्नो विचार व्यक्तगर्ने अवसर दिनुहोस्।] हामीले कुरो गरेका धेरै जसो मानिसहरु परमेश्वरको वचनले के प्रतिज्ञा गरेको छ र यो आशा यसै पृथ्वीमा पूरो हुनेछ भन्ने सुनेर अचम्म मान्छन्। बाइबलले . . . गरेका प्रतिज्ञामाथि यसो ध्यान दिनु होला।” यूहन्ना ५:२८, २९ अथवा लूका २३:४३ लाई चलाउनुहोस् र गुड् न्युज् पुस्तकको पृष्ठ १८६ वा पृष्ठ १५१ को अनुच्छेद १ मा दिएका टिप्पणीहरु सँग यसलाई बाँध्नुहोस्।
८ यसै महिनामा यी मध्ये एक वा सबै नै प्रस्तुतीकरणलाई तयार गर्नुहोस र चलाउँनुहोस्। तपाईंले चलाउँनु हुने कुनै पनि प्रकाशनहरुमा उचित उद्धरणहरु र चित्राकंनहरु भेट्टाउन गाह्रो नहुनु पर्ने। यदि चासो कमै देखाइयो भने, संबन्धित विषयमा आधारित पर्चा टक्राउनुहोस्।