सबैले जानुन् कि विश्वव्यापी सुरक्षा नजिकै छ
१ अब छिट्टै, “शान्तिका अधिराजकुमार” ले साँचो शान्ति र सुरक्षा संसारभरि स्थापना गर्नुहुनेछ। बाइबलको यो प्रतिज्ञामा भएको हाम्रो विश्वासले हामीलाई यो कुरो अरुहरुसँग बाड्नको लागि हामीलाई उत्प्रेरित गराउनु पर्छ। (यशै० ९:६, ७; मी० ४:३, ४) फेब्रुअरी अनि मार्च महिनाहरुमा, हामीहरुले कुनै पनि दुईवटा पुरानो १९२-पृष्ठ भएका पुस्तकहरु टक्राउनेछौं।
२ हाम्रो राज्य सेवकाई को यसै अंकको पृष्ठ ४ मा, हामीले अनेकन् परिचयहरुलाई प्रस्तुत गरेका छौं जसलाई शायद तपाईंले फेब्रुअरी अनि मार्च दौरान सेवकाइमा चलाउने इच्छा गर्नुहुनेछ। घरपट्टीहरुको ध्यानलाई गुड् न्युज् टू मेक् यु हेप्पि, द ट्रूथ् देट् लिड् टू इटरʹनल लाइफ् अनि इज् दिस् लाइफ् ॲल देर् इज्? पुस्तकहरुतिर निर्दिष्ट गर्नुको लागि निम्न अनुच्छेदहरुमा तीनवटा सहोगात्मक स्थित्यन्तरहरुलाई सिफारिश गरिएको छ।
३ गुड् न्युज् पुस्तकलाई चलाउँदा हुने स्थित्यन्तर: तपाईंको परिचय पश्चात, गुड् न्युज् टू मेक् यु हेप्पि पुस्तकको १०९ पल्टाउनुहोस् अनि सोध्नुहोस्: “मानव शासनभन्दा परमेश्वरले नियुक्त गर्नुभएका ‘शान्तिका अधिराजकुमार’ को हातमा हुने उहाँको शासन किन श्रेष्ठ हुनेछ? अनुच्छेद ७ मा यहाँ केही अति राम्रो कारणहरु उपलब्घ गराइएका छन्। तपाईंको निम्ति यसलाई पढ्ने अनुमति मलाई दिनुहोस्।” तत्पश्चात सोध्नुहोस्: “‘शान्तिका अधिराजकुमार’ आफ्नो प्रजा प्रति वफादार हुनुहुनेछ भनेर कोही पनि निश्चित कसरी हुन सक्छ?” जवाफको निम्ति पर्खनुहोस्, तत्पश्चात जारी राख्नुहोस्: “यो पुस्तकले तपाईंलाई ‘शान्तिका अधिराजकुमार’ बारे अझ बढी बताउने छ र साथै यो पनि बताउने छ कि उहाँले हाम्रै समयमा विश्व-व्यापी शान्ति पृथ्वीमा कसरी ल्याउनुहुनेछ। म निश्चित छु कि यसलाई पढ्ने चासो तपाईंलाई अवश्य नै हुनेछ र यो प्रतिज्ञा गरिएको नयाँ विश्वबारे अझ बढी जान्न तपाईंले इच्छा गर्नुहुनेछ।” तत्पश्चात यो पुस्तकलाई अरु कुनै १९२-पृष्ठ भएको पुस्तकसँग रु१२.०० मा टक्राउनुहोस्।
४ ट्रूथ पुस्तक चलाउँदा हुने स्थित्यन्तर: यशैया ९:६, ७ पढेपछि, द ट्रूथ् देट् लिड् टू इटरʹनल लाइफ् पुस्तकको पृष्ठ ४ पल्टाउनुहोस् र घरपट्टीलाई सोध्नुहोस्: “यस चित्रमा तपाईंले कस्तो किसिमको शान्तिमय अवस्थाहरु देख्नुहुन्छ?” उत्तर दिऊन्, तत्पश्चात यसो भन्दै जारी राख्नुहोस्: “यसमा मानिसबीच शान्ति छ र जनावरसित पनि शान्ति छ। कसै कसैले सोच्न सक्छन् कि मानव सरकारले यस्तै प्रकारको शान्ति ल्याउने छ। तर बाइबलमा भविष्यवाणी गरिएको साँचो शान्ति अनि सुरक्षा त परमेश्वर-निर्मित हुनुपर्छ, मानिस-निर्मित होइन। यसमा तपाईं सहमत हुनुहुन्छ होला, होइन र?” उत्तर दिऊन्, तत्पश्चात पृष्ठ ६ मा भएको अनुच्छेद ४ पढ्नुहोस् र व्याख्या गर्नुहोस् कि यो पुस्तकले राज्यबारे अनि पृथ्वीमा शान्तिबारे धेरै प्रश्नहरुको जवाफ दिन्छ। अतः यसप्रकार पुस्तकतर्फ ध्यानलाई निर्दिष्ट गरेपछि, अर्को १९२-पृष्ठ भएको पुरानो पुस्तकसमेत यसलाई टक्राउनुहोस्।
५ लाइफ् पुस्तक चलाउँदा हुने स्थित्यन्तर: जुन क्षेत्रमा मानिसहरुले तपाईंको कुरो काटेर प्रस्तुतिकरण टुङ्ग्याउन नदिने प्रवृत्ति रहन्छ, त्यस्ता ठाउँमा तपाईंले यसप्रकारको भाव अपनाउनु सक्नुहुन्छ: “तपाईंलाई एउटा प्रश्न सोध्न सक्छुँ?” यदि घरपट्टी राजी छ भने जारी राख्नुहोस्: “तपाईंलाई स्मरण होला कि येशू ख्रीष्ठ पृथ्वीमा छँदा, उहाँले कहिल्यै बिहे गर्नुभएन। प्रश्न यसप्रकारको छ: ‘शान्तिको अधिराजकुमार’ को हैसियतमा के उहाँलाई बिहे गरेर छोरा-छोरीको बाबु हुन खाँचो छ होला? के विचार छ तपाईंको?” उत्तर दिऊन्, तत्पश्चात भन्नुहोस्, “त्यो प्रश्नबारे बाइबलको उत्तर यहाँ यो पृष्ठ १६७ मा पाइन्छ।” तत्पश्चात पृष्ठ १६७ को अनुच्छेद १ पढ्नुहोस् र औंल्याउनुहोस् कि यस पुस्तकमा उद्धृत शास्त्रपदहरुले त्यो प्रश्नको जवाफ कसरी दिन्छन् र साथै विश्वव्यापी सुरक्षा लगायत “शान्तिका अधिराजकुमार” बारे अझ बढी कसरी यस्ले बताउँछ।
६ हाम्रो राज्य सेवकाइ को पृष्ठ ४ बाट तपाईंलाई रुचाउँने परिचय तपाईंले रोज्नुभएको छ होला। यस लेखमा दिएका स्थित्यन्तरहरुको पुनरावलोकन गरे पश्चात, तपाईंले टक्राउन लागेको विशेष पुस्तकसँग चलाउँनको लागि तपाईंलाई आनन्द आउने कुनै एउटा तपाईंले भेट्टाउनु हुनेछ। क्षेत्र सेवामा जान अगावै तपाईंको परिचय र स्थित्यन्तरलाई अभ्यास गर्न समय लिनुहोस्। तपाईंको तयारी र “शान्तिको अधिराजकुमार” र उहाँको राज्य मार्फत साँचो शान्ति र सुरक्षा आउने छ भन्ने कुरोमा तपाईंको व्यक्तिगत सुनिश्चतताले यी पुरानो १९२-पृष्ठ भएका पुस्तकहरुलाई टक्राउँनुहुँदा तपाईंको एकोहोऱ्याईं र जोशमा अझ बढोत्तरी ल्याउनेछ।