प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर p. २
  • के तपाईंको सभाहरूको समय परिवर्तन हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको सभाहरूको समय परिवर्तन हुनेछ?
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • सभामा उपस्थिति—एउटा गम्भीर जिम्मेवारी
    हाम्रो राज्य सेवकाई—१९९४
  • अरूको ख्याल राख्नुहोस्‌—भाग १
    हाम्रो राज्य सेवकाई—१९९५
  • मण्डलीमा हुने सभाको नयाँ तालिका
    हाम्रो राज्य सेवकाई—२००८
  • “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर p. २

के तपाईंको सभाहरूको समय परिवर्तन हुनेछ?

एउटै राज्य भवन चलाउने दुई वा दुईभन्दा बढी मण्डलीहरूले आलोपालो सभाहरूको समय परिवर्तन गर्न वा काँटछाँट गर्न सहमत भएका छन्‌ भने, सो काम जनवरीको प्रारम्भमै गर्नुपर्छ। पहिल्यै निर्णय गरिसकेको प्रबन्धअनुसार चल्ने इच्छुकता देखाउँदा त्यसले आपसी प्रेम र समझदारिता प्रदर्शन गर्छ। सभाहरूको समय परिवर्तन गर्नु प्रायः तपाईंको लागि लाभदायी र सभाहरूमा उपस्थित हुन अझ सजिलो हुनेछ।

अर्को तर्फ, यस वर्ष हुने परिवर्तन तपाईंको तालिकासँग जुध्न सक्छ। र यसले गर्दा पहिले त्यति निश्‍चित नभइसकेका सामान्य तालिकामा केही संशोधन गर्नुपर्ने हुनसक्छ। तर सबै जना सहयोग गर्न इच्छुक भएमा सम्पूर्ण प्रबन्धप्रति मूल्याङ्‌कन प्रदर्शित हुनेछ। फलतः सो प्रबन्धमा समाविष्ट सबैलाई त्यसले पारस्पारिक लाभ पुऱ्‍याउँछ।

निस्सन्देह, अर्को पटक सभाको समय हेरफेर गर्दा तपाईंले चाहे जस्तै हुनसक्छ। तर त्यतिन्जेल मण्डलीले निर्णय गरेको तालिकाअनुसार सबै साप्ताहिक सभाहरूमा उपस्थित हुन आवश्‍यक व्यक्‍तिगत काँटछाँट गर्नुहोस्‌ भनी प्रोत्साहन दिन्छौं। भजनरचयिता दाऊदको जस्तो दृष्टिकोण राख्ने प्रयत्न गर्नुहोस्‌, जसले यसो भने: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”—भजन. १२२:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने