प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अक्टोबर p. १
  • मण्डलीमा हुने सभाको नयाँ तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डलीमा हुने सभाको नयाँ तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००७
  • “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अक्टोबर p. १

मण्डलीमा हुने सभाको नयाँ तालिका

१, २. जनवरी २००९ देखि सभाहरूमा के-कस्ता परिवर्तन हुनेछन्‌?

१ अप्रिल २१-२७, २००८ को हप्तामा विश्‍वभरि हाम्रा भाइबहिनीले एउटा रोमाञ्चकारी घोषणा सुने। “जनवरी १, २००९ देखि मण्डली पुस्तक अध्ययन, ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभा एकै चोटि हुनेछ। मण्डली पुस्तक अध्ययनको नाउँ परिवर्तन गरेर मण्डली बाइबल अध्ययन भनिनेछ।”

२ साप्ताहिक सभाको लागि तालिका: गीत र प्रार्थनासमेत गरेर यो सभाको जम्मा समयावधि १ घण्टा ४५ मिनेट हुनेछ। गीत र प्रार्थनाद्वारा (५ मि.) सभा सुरु हुनेछ। त्यसपछि मण्डली बाइबल अध्ययन (२५ मि.) सञ्चालन गरिनेछ। अनि लगत्तै ईश्‍वरतान्त्रिक सेवकाई स्कूल (३० मि.) हुनेछ। त्यसपछि सेवा सभा (३५ मि.) सुरु गर्न एउटा गीत (५ मि.) गाइनेछ। गीत र प्रार्थनाद्वारा (५ मि.) सभा बिसर्जन गरिनेछ। यी सभाहरूका लागि तयारी गर्न तपाईंहरूलाई मदत पुगोस्‌ भनेर मण्डली बाइबल अध्ययन, ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाको तालिका महिनैपिच्छे हाम्रो राज्य सेवकाई-मा प्रकाशित गरिनेछ।

३. मण्डली बाइबल अध्ययन कसरी सञ्चालन गरिनेछ?

३ मण्डली बाइबल अध्ययन: यो सभा प्रहरीधरहरा अध्ययन गरिनेजस्तै तरिकामा सञ्चालन गरिनेछ। अघिल्लो हप्तामा छलफल गरेका कुराहरू पुनरावृत्ति गरिरहनु आवश्‍यक हुनेछैन। बरु, एकदमै छोटो परिचय दिएर सभा सुरु गर्नुपर्छ। यसले गर्दा उपस्थित सबैले छोटो टिप्पणी गर्न पर्याप्त समय पाउनेछन्‌। मण्डलीका अध्यक्षले हरेक हप्ता भिन्‍ना-भिन्‍नै प्राचीनहरूले पालैपालो यो सभा सञ्चालन गर्नेगरि तालिका मिलाउनेछन्‌।

४. सेवा सभामा कस्तो परिवर्तन हुनेछ?

४ सेवा सभा: सेवा सभा पहिलाको जस्तै हुनेछ तर यसको समय भने अलि छोटो हुनेछ। घोषणाहरू अक्सर पाँच मिनेटको हुनेछ। अत्यावश्‍यक घोषणाहरू गर्न र शाखाबाट प्राप्त केही खास पत्रहरू पढ्‌न यो समय पर्याप्त हुनुपर्ने हो। क्षेत्र सेवा, सर-सफाई र लेखा रिपोर्टजस्ता घोषणाहरू अनि शाखा कार्यालयले पठाउने नियमित पत्रहरू मञ्चबाट पढिरहनु पर्दैन। बरु, भाइबहिनीले पढ्‌न सकून्‌ भनेर यी पत्रहरू सूचना पाटीमा टाँसिनेछन्‌। कार्यक्रममा भाग पाएकाहरूले आफ्नो भाग राम्ररी तयार गर्नुपर्छ, दिएका निर्देशनहरू पालन गर्नुपर्छ र आफूले पाएकोभन्दा बढी समय लिनुहुँदैन।

५. क्षेत्रीय निरीक्षकको भ्रमण हुँदा सभाको तालिका कस्तो हुनेछ?

५ क्षेत्रीय निरीक्षकको भ्रमण: क्षेत्रीय निरीक्षकको साप्ताहिक तालिकामा केही छाँटकाँट हुनेछैन। सोमबार, एउटा गीत गाएर ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभा सुरु हुनेछ। त्यसपछि क्षेत्रीय निरीक्षकले ३० मिनेटको भाषण दिनेछन्‌। अहिलेजस्तै भ्रमणको हप्ता अर्को एक दिन सभाको लागि छुट्याइनेछ। गीत गाएर मण्डली बाइबल अध्ययन सुरु गरिनेछ र त्यसपछि क्षेत्रीय निरीक्षकले सेवा भाषण दिनेछन्‌। गीत र प्रार्थनाद्वारा सभा बिसर्जन गरिनेछ।

६. समूह निरीक्षकको भूमिका के हो?

६ क्षेत्र सेवाको सभा: क्षेत्र सेवा समूहहरूको हेरविचार गर्न र समूहका भाइबहिनीको गोठालो गर्न प्राचीनहरूको निकायले “समूह निरीक्षकहरू” खटाउनेछ। सेवकाई सेवकले यो काम पूरा गर्नु परेमा उनलाई “समूह सेवक” भनिनेछ।

७. मण्डलीमा हुने सभाको नयाँ तालिकाबाट हामी के आशा गर्न सक्छौं?

७ यस जानकारीअनुसार यस नयाँ साप्ताहिक सभामा हामीले यहोवासितको सम्बन्ध बलियो बनाउने शिक्षाप्रद र उत्थानदायी निर्देशन पाउनेछौं। यसले हामीलाई प्रभावकारी प्रचारक र शिक्षक हुन मदत गर्नेछ। यसरी हामी सेवाको काममा अझ फलदायी हुनेछौं।—एफि. ४:१३, १४; २ तिमो. ३:१७.

८. व्यक्‍तिगत रूपमा पहिल्यै तयारी गर्दा हामी आफैलाई र अरूलाई कसरी फाइदा पुग्नेछ?

८ यी सभाहरूका लागि पहिल्यै तयारी गर्दा प्रत्येक सभामा जोड दिइएका मुख्य बुँदाहरूमा ध्यान दिन मदत पुग्नेछ। टिप्पणी दिएर प्रोत्साहन आदानप्रदान गर्ने मौका पनि हामी सबैले पाउनेछौं। (रोमी १:११, १२; हिब्रू १०:२४) हाम्रो लक्ष्य “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर” ‘आफ्नो प्रगति प्रकट गर्ने’ हुनुपर्छ।—१ तिमो. ४:१५; २ तिमो. २:१५.

९. हाम्रो संकल्प कस्तो छ र किन?

९ मण्डलीका सभाहरूमा यस्तो महत्त्वपूर्ण परिवर्तन हुने भएकोले हामी औधी खुसी छौं। “विश्‍वासी र बुद्धिमान्‌ दास”-को डोऱ्‍याइ हामी सबैले स्वीकारौं र हाम्रा महान्‌ गोठालोले अहिले सँघारमै आइसकेको “महा संकष्ट”-को निम्ति हामीलाई तयार पार्दा उहाँसँग नजिक भइरहौं।—मत्ती २४:२१, ४५; हिब्रू १३:२०, २१; प्रका. ७:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने