प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ४/०५ p. १
  • प्रचारकार्यमा लागिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यमा लागिरहनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार गरिरहनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—२०००
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “यहोवाको नामको प्रशंसा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • निरन्तर यहोवाको स्तुति गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ४/०५ p. १

प्रचारकार्यमा लागिरहनुहोस्‌

१ समय निकै डरलाग्दो छ। गृहकलह, जातीय युद्ध, प्राकृतिक प्रकोप तथा अन्य भयावह घटनाहरू सामान्य भइसकेका छन्‌। मानव परिवारलाई सुसमाचार सुनाउनु अहिले जति जरुरी पहिला कहिल्यै भएको थिएन। तथापि, आध्यात्मिक कुराहरूप्रतिको भावशून्यता व्याप्त छ। कुनै-कुनै ठाउँमा त मानिसहरूलाई घरमा भेट्‌नै मुस्किल पर्न सक्छ र अझ हाम्रो कुरा सुन्‍ने अथवा बाइबल अध्ययन गर्न चाहने व्यक्‍तिहरू भेट्टाउन त झनै गाह्रो। तैपनि, हामी परमेश्‍वरको स्थापित राज्यको सुसमाचार सुनाउने काममा लागिरहनु अत्यावशक छ।—मत्ती २४:१४.

२ मानिसहरूप्रतिको प्रेम: हाम्रो प्रचारकार्यले मानिसहरूप्रतिको यहोवाको प्रेमलाई जोड दिन्छ। ‘उहाँ कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्छा गर्नुहुन्छ।’ (२ पत्रु. ३:९; इज. ३३:११) तसर्थ, येशूले भन्‍नुभएझैं उहाँले यस्तो आज्ञा दिनुभएको छ, “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कू. १३:१०) परमेश्‍वर मानिसहरूलाई उहाँतिर फर्कन र शैतानको संसारमाथि आइपर्ने न्यायबाट बच्न आग्रह गर्नुहुन्छ। (योए. २:२८, २९, ३२; सप. २:२, ३) यहोवाले हामीलाई यस्तो मौका दिनुभएकोमा के हामी कृतज्ञ छैनौं र?—१ तिमो. १:१२, १३.

३ विश्‍वव्यापी रिपोर्टले देखाएअनुसार सन्‌ २००४ सेवा वर्षको दौडान हरेक महिना सरदर ६०,८५,३८७ बाइबल अध्ययन सञ्चालन हुनुका साथै हरेक हप्ता लगभग ५,००० नयाँ चेलाले बप्तिस्मा लिए! आफूलाई खटाइएको इलाकाका सबैसित कुरा गर्न प्रकाशकहरूले गरेको अथक प्रयासमा यहोवाले दिनुभएको आशिष्‌ले गर्दा नै भर्खरै समर्पित यी जनहरूमध्ये कतिपयलाई भेट्टाउन सकिएको थियो। त्यसले मण्डलीहरूमा खुसीको बहार ल्याएको छ अनि जीवनदायी काममा परमेश्‍वरको सहकर्मी हुन पाउनु कत्ति ठूलो सुअवसरको कुरा हो!—१ कोरि. ३:५, ६, ९.

४ परमेश्‍वरको नाउँको प्रशंसा गर्ने: खुलेआम यहोवाको प्रशंसा गर्न र सबै मानिसहरूसामु उहाँको नाउँ पवित्र पार्न हामी प्रचारकार्यमा लागिरहन्छौं। (हिब्रू १३:१५) परमेश्‍वर मानिसजातिका समस्याहरू समाधान गर्न असमर्थ हुनुहुन्छ, उहाँ मानिसहरूको दुःखकष्टप्रति भावशून्य हुनुहुन्छ अथवा उहाँ अस्तित्वमै हुनुहुन्‍न भन्‍ने कुरा विश्‍वास गर्न लगाएर शैतानले “सारा संसारलाई” ठगेको छ। (प्रका. १२:९) प्रचारकार्यद्वारा हामी स्वर्गमा हुनुहुने हाम्रो महान्‌ पिताबारे सत्यको रक्षा गर्छौं। हामी उहाँको नाउँको प्रशंसा अहिले र सदा सर्वदा गरिरहन सकौं।—भज. १४५:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने