प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अक्टोबर p. १
  • निरन्तर यहोवाको स्तुति गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निरन्तर यहोवाको स्तुति गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • निरन्तर स्तुतिका बलिदानहरू चढाएर—पहिले राज्यको खोजी गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • हरेक दिन यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • दिनहुँ यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 अक्टोबर p. १

निरन्तर यहोवाको स्तुति गर्नुहोस्‌

१ हामीले निरन्तर ध्यान दिइरहनुपर्ने केही अत्यन्तै महत्त्वपूर्ण क्रियाकलापहरू छन्‌। यसमा खानु, सास फेर्नु र सुत्नु समावेश छन्‌। शारीरिक बल प्राप्त गर्न यी अत्यावश्‍यक छन्‌। प्रेरित पावलले निम्न आग्रह गर्दा सुसमाचार प्रचार गर्नुलाई यही समूहमा राखे: “हामी स्तुतिको बलिदान परमेश्‍वरलाई चढ़ाऔं।” (हिब्रू १३:१५) अतः, यहोवाको स्तुति गर्न हामीले त्यसमा लगातार ध्यान दिनुपर्छ। हामीले प्रत्येक दिन स्वर्गमा हुनुहुने हाम्रो पितालाई निरन्तर स्तुति चढाउने कोसिस गर्नुपर्छ।

२ अरूले आफ्नो ध्यान भंग गर्न खोज्दा येशूले यसरी जवाफ दिनुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार . . . सुनाउनुपर्छ।” (लूका ४:४३) साढे तीन वर्षको सेवकाईको दौडान प्रत्येक दिन उहाँले गर्नुभएको सम्पूर्ण कुराले कुनै न कुनै तरिकामा परमेश्‍वरको महिमा गरिरहेको हुन्थ्यो। हामीलाई थाह छ, पावल पनि यस्तै महसुस गर्थे। र यो १ कोरिन्थी ९:१६ मा व्यक्‍त गरिएका तिनको विचारबाट स्पष्ट हुन्छ: “सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।” अन्य विश्‍वासी मसीहीहरूलाई निरन्तर आफ्नो विश्‍वासको पक्षमा बोल्न प्रोत्साहन दिइन्थ्यो। (१ पत्रु. ३:१५) आज लाखौं जोशिला अग्रगामी र मण्डलीका करोडौं प्रकाशकहरूले यस्ता उदाहरणहरूलाई पछ्याउने प्रयत्न गरिरहेका छन्‌।

३ हाम्रो नमुना, येशू खीष्टले देखाउनु भएको सम्पूर्ण तनमनको जोशलाई विचार गऱ्‍यौं भने हामी उहाँको पाइलालाई पछ्याउन उत्प्रेरित हुन्छौं। (१ पत्रु. २:२१) दैनिक जीवनमा आइपर्ने समस्याहरूले गर्दा कहिलेकाहीं हामी निरुत्साहित हुनसक्छौं। कतै पूर्ण-समय जागिर खान्छौं भने यहोवालाई स्तुति गर्ने अवसरहरूको कसरी सदुपयोग गर्ने? अर्कोतर्फ पर्याप्त समय बिताउनुपर्ने पारिवारिक जिम्मेवारीलाई पनि त हामी पन्छाउन सक्दैनौं। अधिकांश जवानहरू आफ्नो विद्यालयको आवश्‍यक कामकुरामै व्यस्त हुन्छन्‌। हरेक दिन जनसमक्ष यहोवालाई स्तुति चढाउनु सम्भव छैन भनी कसैले सोच्लान्‌। कहिलेकाहीं त कसैकसैले पूरै महिना कुनै तरिकामा पनि सुसमाचार सुनाएको हुँदैन।

४ यर्मिया सुसमाचार प्रचार नगरी बस्न सक्दैनन्‌ थिए। केही बेर मात्र यहोवाको नाउँबारे नबोल्दा तिनी आफूभित्र असह्‍य आगो बलेको महसुस गर्थे। (यर्मि. २०:९) अचाक्ली विरोधको बावजूद अरूलाई यहोवाको समाचार सुनाउने कुनै न कुनै तरिका यर्मिया सधैं पाइहाल्थे। तिनको सहासी उदाहरणको अनुकरण गर्दै के हामी हरेक दिन हाम्रो सृष्टिकर्तालाई स्तुति चढाउने अवसरहरू लगातार खोज्नसक्छौं?

५ हामीले औपचारिक वा पूर्व प्रबन्ध मिलाएर प्रकाशकहरूसित मण्डलीको क्षेत्रमा प्रचार गर्दा मात्र यहोवाबारे कुरा गर्ने गर्नु हुँदैन। हामीलाई सुन्‍ने व्यक्‍ति भए पुग्छ। हामी दिनहुँ मानिसहरू भेटिरहन्छौं। कहिले तिनीहरू हाम्रै घरमा आउँछन्‌ वा एउटै ठाउँमा जागिर खान्छौं अथवा तिनीहरूलाई पसलमा भेट्‌छौं त कहिले बसमा तिनीहरूसँगै यात्रा गरिरहेका हुन्छौं। हामीले वार्तालाप सुरु गर्न मित्रैलो अभिवादन र विचारोद्दिपक प्रश्‍न वा टिप्पणी गरे पुग्छ। धेरैले यो तरिका अति नै फलदायी पाएका छन्‌। यसकारण सुसमाचार सुनाउने यति धेरै अवसरहरू हुँदाहुँदै पनि पूरै महिना साक्षी कार्यमा भाग नलिनु त सोच्नै नसकिने कुरा हो।

६ यहोवालाई स्तुति चढाउने विशेषाधिकारको अन्त कहिल्यै हुनेछैन। भजनरचयिताले औंल्याएझैं सास हुनेजति सबैले यहोवाको स्तुति गरिरहनुपर्छ। निस्सन्देह, त्यसमा हामी पनि समावेश हुन चाहन्छौं। (भज. १५०:६) हाम्रो हृदयले निरन्तर यसो गर्ने उत्प्रेरणा दिन्छ भने दिनहुँ यहोवा र उहाँको वचनबारे कुरा गर्ने अवसरको लाभ उठाउनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने