प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अप्रिल पृ. १
  • आँटिलो भएर परमेश्‍वरको वचन बोल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आँटिलो भएर परमेश्‍वरको वचन बोल्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अप्रिल पृ. १

आँटिलो भएर परमेश्‍वरको वचन बोल्नुहोस्‌

१ स्कूलमा वा काम गर्ने ठाउँमा आफ्नो विश्‍वासबारे अरूलाई बताउने मौका मिल्दा कहिलेकाहीं हिचकिचाउनुभएको छ? नातेदारलाई र छिमेकीलाई अनौपचारिक साक्षी दिन अनि चिन्दै नचिनेका मानिसलाई सुसमाचार सुनाउन गाह्रो लागिरहेको पो छ कि? त्यस्ता मौका मिल्दा ‘आँटिला भएर परमेश्‍वरको वचन बोल्न’ हामीलाई केले मदत गर्छ?—फिलि. १:१४.

२ नहिचकिचाउनुहोस्‌: एकदमै मिल्ने साथी वा नातेदारलाई दोष लागेको छ भने उनको पक्षमा बोल्न के तपाईं हिचकिचाउनुहुन्छ? हाम्रो घनिष्ठ मित्र यहोवालाई वर्षौंदेखि ठूलो दोष लगाइएको छ। हामीले महान्‌ परमेश्‍वरको पक्ष लिएर बोल्ने ठूलो सुअवसर पाएका छौं! (यशै. ४३:१०-१२) हामी अलि लज्जालु छौं र हामीलाई अरूसँग बोल्न डर लाग्छ अथवा अरूलाई सच्चाइबारे बताउन अप्ठेरो मान्छौं भने, यहोवाप्रतिको मायाले हामीलाई यी सब अवरोध पार गर्न मदत गर्छ।—प्रेरि. ४:२६, २९, ३१.

३ हाम्रो सन्देश सुसमाचार हो भनेर नबिर्सनुहोस्‌। यसलाई बिर्सेनौं भने अरूले सदाको लागि फाइदा पाउन सक्छन्‌। आफ्नै बारेमा र हामीलाई विरोध गर्नहरूको बारेमा मात्रै सोचिरहनुभन्दा सुसमाचार प्रचार गर्नु कत्तिको महत्त्वपूर्ण छ, त्यो सोच्दा अझ जोसिलो भई प्रचार गर्न सक्छौं।

४ अरूको उदाहरण विचार गर्नुहोस्‌: आँटिला भएर परमेश्‍वरको वचन बोल्ने विश्‍वासी व्यक्‍तिहरूलाई विचार गर्दा हामी साहसी हुन सक्छौं। हनोकलाई सम्झनुहोस्‌। उनले साहसी भएर अधर्मीहरूको विरुद्धमा यहोवाले गर्नुहुने न्यायदण्डबारे घोषणा गरे। (यहू. १४, १५) नूहले भावशून्य मान्छेहरूलाई विश्‍वासी भई प्रचार गरे। (मत्ती २४:३७-३९) प्रथम शताब्दीका मसीहीहरू “अपठित र अजान” भएता पनि निकै विरोधको बावजुद प्रचार गरिरहे। (प्रेरि. ४:१३, १८-२०) यहोवामाथि भरोसा गरेकोले मानिससित नडराईकन जोसिलो भई प्रचार गर्ने हाम्रा भाइबहिनीका अनुभवहरू हाम्रा प्रकाशनहरूमा समय-समयमा छापिन्छन्‌।

५ गाह्रो परिस्थिति सहेर पनि विश्‍वासी भई यहोवाको सेवामा लागिरहने उहिलेका यहोवाका सेवकहरूको जीवनशैलीलाई विचार गर्दा हामी साहसी हुन सक्छौं। (१ राजा १९:२, ३; मर्कू. १४:६६-७१) तिनीहरूलाई “परमेश्‍वरमा साहस मिलेको थियो,” त्यसैले तिनीहरू आँटिला भएर बोले। तिनीहरूले त सके भने हामीले चाहिं किन नसक्नु?—१ थिस्स. २:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने