सन् २०११ को क्यालेन्डर-ले पारिवारिक उपासनालाई जोड दिन्छ
सन् २०११ क्यालेन्डर अफ जेहोभाज् विट्नेसेज-को मुख्य विषय पारिवारिक उपासना रहेको छ। क्यालेन्डरमा अहिलेका र बाइबल समयका परिवारहरूका चित्रहरू छन्। यसमा विवाहित जोडी तथा अविवाहित सेवकहरू बाइबल अध्ययन गरिरहेको पनि देखाइएको छ।
क्यालेन्डरमा देखाइएका बाइबल पात्रहरू यहोवाको व्यवस्थामा प्रसन्न हुन्थे र यो तिनीहरूले सामना गरेका असामान्य चुनौतीहरूसित डट्नका लागि अत्यावश्यक थियो। (भज. १:२, ३) हरेक चित्रलाई नियाल्ने हो भने, परिवार चाहे ठूलो होस् वा सानो, चाहे एउटै धर्मका होऊन् वा बेग्लाबेग्लै धर्मका, पारिवारिक उपासना कत्तिको महत्त्वपूर्ण छ त्यो हामीले सम्झन सक्नेछौं। पारिवारिक उपासनाका लागि तपाईंको परिवारले छुट्टाएको दिन लेख्नको लागि क्यालेन्डरमा खाली ठाउँ छ। तपाईंले त्यो भरिसक्नुभयो कि?