प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ११/१५ पृ. ८-९
  • अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “यो काम महान्‌ छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ११/१५ पृ. ८-९

अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?

फ्राँस्वाँ नाम गरेका एक जना एल्डर आफ्नो देशमा भएको घटनाबारे यसो भन्छन्‌: “चुनावमा धाँधली भएपछि हिंसा मच्चियो। यहोवाका हजारौं साक्षी घर छोडेर भागे। खानेकुरा र औषधीको अभाव भयो अनि जे-जति बाँकी थिए, ती पनि असाध्यै महँगा भए। बैङ्‌कका सम्पूर्ण कारोबार ठप्प भए।”

विस्थापित साक्षीहरू ठाउँ-ठाउँका राज्यभवनमा जम्मा भए। शाखा कार्यालयका भाइहरूले ढिलासुस्ती नगरी राहत सामग्री र पैसा पठाए। विपक्षीहरूले बाटोमा अवरोध खडा गरेका थिए। तर दुवै पक्षलाई साक्षीहरूको तटस्थताबारे थाह भएकोले शाखा कार्यालयका गाडीहरूलाई भने अक्सर आवतजावत गर्न दिइन्थ्यो।

फ्राँस्वाँ भन्छन्‌: “एउटा राज्यभवनतर्फ जाँदै गर्दा बन्दुकधारीहरूले हाम्रो गाडीमा गोली बर्साउन थाले। तर हामीलाई गोली लागेन। एक जना हतियारधारी हामीतिर दौडेर आइरहेको देखेपछि गाडी मोड्यौं र शाखा कार्यालयतर्फ हुइँक्यौं। धन्‍न! हामी जोगियौं। हामीलाई जोगाउनुभएकोमा यहोवालाई धन्यवाद दियौं। त्यस राज्यभवनमा बसेका १३० जना भाइहरू भोलिपल्ट सकुशल अर्को ठाउँमा पुगे। केही भाइ शाखा कार्यालयमा आए। हिंसा नथामिउन्जेल हामीले उनीहरूको भौतिक तथा आध्यात्मिक आवश्‍यकता पूरा गऱ्‍यौं।”

फाँस्वाँ अझै भन्छन्‌: “देशका विभिन्‍न ठाउँबाट भाइहरूले शाखा कार्यालयमा थुप्रै पत्र पठाए। पत्रमा उनीहरूले कृतज्ञता व्यक्‍त गरेका थिए। ठाउँ-ठाउँका भाइहरूले मदत गरेकोले यहोवामाथिको उनीहरूको भरोसा अझै बलियो भयो।”

विपत्ति मानवीय होस्‌ वा प्राकृतिक, खाँचोमा परेका भाइबहिनीलाई हामी “न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्दैनौं। (याकू. २:१५, १६) बरु उनीहरूको भौतिक आवश्‍यकता पूरा गर्ने प्रयास गर्छौं। प्रथम शताब्दीका ख्रीष्टियनहरूले पनि त्यसै गरेका थिए। अनिकाल पर्दै छ भनेर थाह पाएपछि “एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूलाई राहत सामग्री पठाउने निधो गरे।”—प्रेषि. ११:२८-३०.

हामी यहोवाका सेवकहरू खाँचोमा परेकाहरूलाई भौतिक सहयोग गर्न इच्छुक छौं। तर मानिसहरूलाई परमेश्‍वरको मार्गनिर्देशन पनि चाहिन्छ। (मत्ती ५:३) मानिसहरूले यो आवश्‍यकता बुझेको र त्यो आवश्‍यकता पूरा गर्न कदम चालेको येशू चाहनुहुन्थ्यो। त्यसैकारण उहाँले “चेला बनाओ” भन्‍ने आज्ञा आफ्ना अनुयायीहरूलाई दिनुभयो। (मत्ती २८:१९, २०) येशूको यो आज्ञा पूरा गर्न हामी आफ्नो समय, शक्‍ति र सरसम्पत्ति खर्च गर्छौं। सङ्‌गठनले भौतिक मदत दिन पनि केही अनुदान प्रयोग गर्छ तर ती अनुदान विशेषगरि राज्यसम्बन्धी गतिविधिलाई टेवा पुऱ्‍याउन र सुसमाचार फैलाउन प्रयोग गर्छ। यसरी हामी परमेश्‍वरलाई र छिमेकीलाई प्रेम गरेको देखाउँछौं।—मत्ती २२:३७-३९.

यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई समर्थन गर्ने सबै जना आफूले दिएको अनुदानको पूरापूर सदुपयोग हुन्छ भनेर ढुक्क हुन सक्छन्‌। के तपाईं खाँचोमा परेका भाइबहिनीलाई मदत गर्न सक्ने अवस्थामा हुनुहुन्छ? के तपाईं चेला बनाउने कामलाई समर्थन गर्न इच्छुक हुनुहुन्छ? हुनुहुन्छ भने ‘दया देखाउन अस्वीकार नगर्नुहोस्‌।’—हितो. ३:२७.

विश्‍वव्यापी कार्यका लागि अनुदान दिने तरिकाहरू

प्रेषित पावलको समयमा जस्तै आज थुप्रैले “केही” पैसा ‘छुट्ट्याएर राख्छन्‌’ अनि “विश्‍वव्यापी कार्य” लेखिएको मण्डलीको अनुदान बाकसमा खसाल्छन्‌। (१ कोरि. १६:​२) हरेक महिना मण्डलीहरूले यो पैसा आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। यो अनुदान तपाईंले आफ्नो देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थामा सीधै पठाउन पनि सक्नुहुन्छ।a तपाईंले सीधै पठाउन सक्ने अनुदान देहायबमोजिम छन्‌:

  • निसर्त अनुदान

    • नगद, गरगहना तथा अन्य बहुमूल्य निजी सम्पत्ति।

    • यस्तो नगद वा अन्य सामग्री पठाउँदा त्यो निसर्त अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

  • ससर्त अनुदानको प्रबन्धb

    • अनुदान दिने व्यक्‍तिलाई आवश्‍यक परेमा फिर्ता गर्ने गरी दिइने नगद अनुदान।

    • उक्‍त अनुदान ससर्त अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

  • परोपकारी योजनाc

    विश्‍वव्यापी राज्य सेवालाई नगद र बहुमूल्य निजी सम्पत्तिबाहेक अन्य कुरा दिएर पनि टेवा पुऱ्‍याउन सकिन्छ। ती तल सूचीमा दिइएका छन्‌। यीमध्ये जुनसुकै तरिका प्रयोग गरे तापनि पहिला आफ्नो देशको शाखा कार्यालयसित सम्पर्क गरेर स्थानीय तवरमा उपलब्ध तरिका पत्ता लगाउनुहोस्‌। हरेक देशको कानुनी आवश्‍यकता र करसम्बन्धी नियम फरक हुने भएकोले अनुदान दिने सबैभन्दा उपयुक्‍त तरिका छान्‍नुअघि कर तथा कानुनसम्बन्धी योग्य परामर्शदाताहरूको सल्लाह लिनु एकदमै महत्त्वपूर्ण छ।

    बिमा: यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

    बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकको नियमअनुसार यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

    ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई निसर्त दानको रूपमा अनुदान दिन सकिन्छ वा मृत्युपछिको हकवालाको रूपमा राख्न सकिन्छ।

    घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई निसर्त दानको रूपमा दिन सकिन्छ वा दाताले उपभोग गरिरहेको घर-जग्गाचाहिं तिनी बाँचुन्जेल तिनले नै प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ।

    वार्षिक भत्ता पाउने गरी दिइने दान:d कुनै व्यक्‍तिले रकम अथवा जायजेथा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई अनुदान दिन सक्छ। त्यसको बदलामा दाता अथवा दाताले नियुक्‍त गरेको व्यक्‍तिले बाँचुन्जेल हरेक वर्ष निश्‍चित भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने अनुदानको प्रबन्ध गरेको वर्षमा दाताले आयकरमा केही छुट पाउँछ।

    वसियतनामा तथा कोष: जायजेथा वा पैसालाई कानुनी वसियतनामाद्वारा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्न सकिन्छ अथवा उक्‍त संस्थालाई कोषको हकदार बनाउन सकिन्छ। यस प्रबन्धले गर्दा करसम्बन्धी केही छुट पाउन सकिन्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी अनुदानका केही तरि​काद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउने इच्छा भएका व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिश भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड  शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ।e कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकामा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। आफ्नो देशको करसम्बन्धी वा अन्य कानुनी नियमहरूले गर्दा यस पुस्तिकामा भएको जानकारी तपाईंको अवस्थासित हुबहु नमिल्न सक्छ। त्यसैले यो पुस्तिका पढेपछि कानुनी वा कर परामर्शदातासित सल्लाह गर्नुपर्छ। परोपकारी अनुदान दिने यस्ता तरिकाहरू प्रयोग गरेर धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गर्न सकेका छन्‌, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पाएका छन्‌। तपाईंको देशमा यो पुस्तिका उपलब्ध छ भने आफ्नो मण्डलीको सचिवबाट एक प्रति प्राप्त गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि तपाईंले पत्र लेखेर वा टेलिफोनद्वारा तल दिइएको ठेगानामा अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।

a नेपालको सन्दर्भमा “यहोवाका साक्षीहरू समाज”-को नाममा अनि भारतको सन्दर्भमा चाहिं “Jehovah’s Witnesses of India” को नाममा भुक्‍तान हुने गरी पठाउनुपर्छ।

b नेपालमा लागू हुँदैन

c अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

d नेपालमा लागू हुँदैन

e नेपालमा उपलब्ध छैन। भारतमा भने अङ्‌ग्रेजी, कन्‍नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी भाषामा ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्‌’ उपलब्ध छ।

नेपालका लागि

यहोवाका साक्षीहरू समाज

पोस्ट बक्स नम्बर २४४३८

कुलेश्‍वर, काठमाण्डौं

फोन नम्बर: +९७७-१-४६७०९५८

भारतका लागि

Jehovah’s Witnesses of India

Post Box 6440 Yelahanka

Bangalore 560064

Karnataka India

Telephone: 09845476425 09845348815

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने