गीत ४
परमेश्वरको नजरमा असल नाउँ राख्ने
छापिएको संस्करण
१. जीवनभरि नै चाहना हर पलको;
असल नाउँ राख्ने आज्ञा मान्ने उनको।
याहको नजरमा गर्नू जे छ सही;
तब हुनेछन् खुसी उनी।
२. संसारमा ठूलो नाम कमाउन खोज्दा;
यसैमा डुब्दा र यसको जय गाउँदा;
यसको मित्र बन्दा, हुन्न केही फाइदा।
पाइन्न कृपा यहोवाको।
३. बस्न चाहन्छौं या’को सम्झनामा;
नाउँ हाम्रो सदा जीवनको पुस्तकमा।
उनैमा भर पर्दै, सत्यलाई जोगाउँछौं
अन्तिम क्षण सम्मै सुनाम रोज्छौं।
(उत्प. ११:४; हितो. २२:१; मला. ३:१६; प्रका. २०:१५ पनि हेर्नुहोस्)