गीत ९३
“तिमीहरूको ज्योति चम्कोस्”
छापिएको संस्करण
१. दिए आज्ञा ख्रीष्टले: ज्योति चम्काउन,
घामको किरणलेझैं विभेद नगर्न।
चम्काउँछ बाइबलले बुद्धिका कुरा।
झल्काऔं ज्योति अब असल कामद्वारा
२. हो नि राज्य सन्देश: उज्ज्वल दिप मनको,
सान्त्वना दुःखीको, आशा मृतकको।
डोऱ्याउँछ बाइबलले या’को काम गर्दा।
चम्किन्छ ज्योति झनै, दयाले बोल्दा।
३. सुकर्मले छर्छ संसारमा ज्योति;
हुन्छ असल मोती, हाम्रो हर बोली।
असल काम गरेर ज्योति चम्काऔं।
र सधैं नै याहलाई, खुसी बनाऔं।
(भज. ११९:१३०; मत्ती ५:१४, १५, ४५; कल. ४:६ पनि हेर्नुहोस्)