प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg पाठ ८ प्रश्‍न १-५
  • परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • किन यति धेरै दुःख अनि पीडा?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • दुष्टता र दुःखकष्ट हुनुको कारण के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg पाठ ८ प्रश्‍न १-५

पाठ ८

परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?

१. दुष्टता कसरी सुरु भयो?

१. आदम निषेधित फल हेर्दै; २. मानव शासकहरू; ३. युद्धको दृश्‍य

मानिसजातिले संसारको समस्या हल गर्न सक्दैन भनेर प्रमाणित गर्न परमेश्‍वरले उनीहरूलाई शासन गर्ने प्रशस्त समय दिइसक्नुभएको छ

सैतानले पहिलो झूट बोलेपछि पृथ्वीमा दुष्टता सुरु भयो। सुरुमा सैतान त्रुटिरहित स्वर्गदूत थियो तर “त्यो सत्यमा अडिग रहेन।” (युहन्‍ना ८:४४) परमेश्‍वरले मात्र पाउनुपर्ने उपासनाको त्यसले चाह गर्न थाल्यो। सैतानले पहिलो स्त्री हव्वासँग झूट बोल्यो र तिनलाई परमेश्‍वरको आज्ञा पालन गर्नुको सट्टा आफूले भनेको जस्तो गर्न लगायो। हव्वाको पछि लागेर आदमले पनि परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे। आदमको त्यो निर्णयको कारण दुःखकष्ट र मृत्यु सुरु भयो।—उत्पत्ति ३:१-६, १९ पढ्‌नुहोस्‌।

हव्वालाई परमेश्‍वरको आज्ञा तोड्‌न उक्साएर सैतानले परमेश्‍वरको सार्वभौमिकता अर्थात्‌ शासन गर्ने उहाँको अधिकारविरुद्ध विद्रोह सुरु गऱ्‍यो। अधिकांश मानिसजातिले परमेश्‍वरलाई शासकको रूपमा नस्विकारेर सैतानलाई साथ दिएका छन्‌। यसरी सैतान “यस संसारको शासक” भएको छ।—युहन्‍ना १४:३०; १ युहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।

२. के परमेश्‍वरको सृष्टिमा खोट थियो?

परमेश्‍वरका सबै काम खोटरहित छन्‌। परमेश्‍वरले सृष्टि गर्नुभएका मानिसहरू र स्वर्गदूतहरू परमेश्‍वरको आज्ञा पूर्णतया पालन गर्न सक्षम थिए। (व्यवस्था ३२:४, ५) परमेश्‍वरले हामीलाई असल र खराबबीच छनौट गर्न सक्ने स्वतन्त्रतासहित सृष्टि गर्नुभयो। त्यस्तो स्वतन्त्रताले हामीलाई परमेश्‍वरप्रतिको आफ्नो प्रेम देखाउने मौका दिन्छ।—याकुब १:१३-१५; १ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌।

३. परमेश्‍वरले किन अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको छ?

आफ्नो सार्वभौमिकतामाथि गरिएको विद्रोह यहोवाले केही समयको लागि रहन दिनुभएको छ। किन? परमेश्‍वरबाट अलग रहेको कुनै पनि शासनले मानिसलाई फाइदा पुऱ्‍याउँदैन भनेर देखाउन। (उपदेशक ७:२९; ८:९) मानव इतिहासको ६ हजार वर्षको शासनले त्यो कुरा प्रस्ट देखाइसकेको छ। मानव शासकहरूले युद्ध, अपराध, अन्याय, रोगबिमारजस्ता समस्याको समाधान गर्न सकेका छैनन्‌।—यर्मिया १०:२३; रोमी ९:१७ पढ्‌नुहोस्‌।

तर परमेश्‍वरको शासन स्विकार्नेहरूले यो शासनबाट लाभ उठाउन सक्छन्‌। (यसैया ४८:१७, १८) अब छिट्टै परमेश्‍वरले सबै मानव सरकारको अन्त गर्नुहुनेछ। परमेश्‍वरको शासनको अधीनमा बस्ने छनौट गर्ने मानिसहरू मात्र पृथ्वीमा बसोबास गर्नेछन्‌।—यसैया ११:९; दानिएल २:४४ पढ्‌नुहोस्‌।

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भन्‍ने भिडियो हेर्नुहोस्‌

४. परमेश्‍वरले अहिलेसम्म धैर्य गर्नुभएकोले हामीले कस्तो मौका पाएका छौँ?

स्वार्थ पूरा गर्न मात्र मानिसले परमेश्‍वरको सेवा गर्छ भनेर सैतानले दाबी गऱ्‍यो। के तपाईँ त्यस झूटलाई गलत साबित गर्न चाहनुहुन्छ? हो, तपाईँ त्यसो गर्न सक्नुहुन्छ! परमेश्‍वरले धैर्य गर्नुभएकोले हामीले उहाँको शासन स्विकार्ने कि मानिसको भनेर देखाउने मौका पाएका छौँ। हाम्रो छनौट हाम्रो जीवनशैलीबाट देखिन्छ।—अय्युब १:८-१२; हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

५. परमेश्‍वरलाई हामी कसरी आफ्नो शासकको रूपमा स्विकार्न सक्छौँ?

मानिसहरू बाइबल अध्ययन गर्दै

परमेश्‍वरलाई आफ्नो शासक मान्छौँ कि मान्दैनौँ भन्‍ने कुरा हाम्रो छनौटबाट प्रस्ट हुन्छ

परमेश्‍वरको वचन बाइबलबाट साँचो उपासनाबारे सिकेर र त्यसमा भाग लिएर परमेश्‍वरलाई हामी आफ्नो शासकको रूपमा स्विकार्न सक्छौँ। (युहन्‍ना ४:२३) येसुजस्तै राजनीति र युद्धबाट अलग रहेर हामी सैतानको शासनलाई तिरस्कार गर्न सक्छौँ।—युहन्‍ना १७:१४ पढ्‌नुहोस्‌।

अनैतिक र हानिकारक कुराहरूलाई समेत असलजस्तो देखाउन सैतान आफ्नो शक्‍ति प्रयोग गर्छ। त्यस्ता कुराहरूमा भाग नलिँदा हाम्रा केही साथीहरू वा नातेदारहरूले हाम्रो गिल्ला वा विरोध गर्न सक्छन्‌। (१ पत्रुस ४:३, ४) त्यतिबेला हामीले छनौट गर्नुपर्ने हुन्छ। के हामी परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसित सङ्‌गत गर्नेछौँ? के हामी परमेश्‍वरको बुद्धिमानी र मायालु नीतिनियम पालन गर्नेछौँ? हामीले त्यसो गर्ने छनौट गऱ्‍यौँ भने दबाबमा पर्दा कुनै पनि मानिसले परमेश्‍वरको आज्ञा पालन गर्दैन भनेर सैतानले लगाएको आरोपलाई गलत साबित गरिरहेका हुनेछौँ।—१ कोरिन्थी ६:९, १०; १५:३३ पढ्‌नुहोस्‌।

परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँले दुष्टता र दुःखकष्ट पक्कै पनि हटाउनुहुनेछ। यस कुरामा विश्‍वास गरेको देखाउनेहरूले पृथ्वीमा सधैँभरि जीवनको आनन्द उठाउनेछन्‌।—युहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने