प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr17 सेप्टेम्बर pp. १-२
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ४-१०
  • सेप्टेम्बर ११-१७
  • सेप्टेम्बर १८-२४
  • सेप्टेम्बर २५–अक्टोबर १
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
mwbr17 सेप्टेम्बर pp. १-२

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

सेप्टेम्बर ४-१०

बाइबलमा पाइने अनमोल धन | इजकिएल ४२-४५

“शुद्ध उपासना पुनर्स्थापित भयो!”

it-2-E पृ. १०८२ अनु. २

मन्दिर

इजकिएलले देखेको मन्दिरको दर्शन। यरूशलेम र त्यहाँ भएको सुलेमानको मन्दिर विनाश भएको १४ औं वर्ष अर्थात्‌ ईसापूर्व ५९३ मा पुजारी तथा भविष्यवक्‍ता इजकिएललाई दर्शनमा एउटा अग्लो पहाडमा लगियो र तिनले त्यहाँ यहोवाको विशाल मन्दिर देखे। (इज ४०:१, २) निर्वासनमा परेका इस्राएलीहरूलाई नम्र तुल्याउन र पश्‍चात्ताप गराउन अनि विश्‍वासीहरूलाई सान्त्वना दिन तिनले देखेका सबै कुरा “इस्राएलीहरूलाई” बताउन यहोवाले इजकिएललाई निर्देशन दिनुभयो। (इज ४०:४; ४३:१०, ११) दर्शनमा नाप सम्बन्धी एक-एक कुरालाई विशेष ध्यान दिइएको थियो। नापको लागि “टाँगो” (३.११ मि.; १०.२ फिट) र “एक हात” (५१.८ से.मि.; २०.४ इन्च) प्रयोग गरिएको थियो। (इज ४०:५) यसरी नापलाई विशेष ध्यान दिएकोले दर्शनमा देखेको मन्दिरले यहूदीहरू निर्वासनबाट छुटकारा पाएपछिको समयावधिमा यरूबाबेलले निर्माण गरेको मन्दिरलाई बुझाउँछ भन्‍ने निष्कर्षमा केही मानिसहरू पुगे। तर यस कुरालाई समर्थन गर्ने कुनै आधार भने छैन।

बहुमूल्य रत्न खोजौं

it-2-E पृ. ४६७ अनु. ४

नाम

इस्राएलीहरूसित परमेश्‍वरको नाम जोडिएको थियो। तिनीहरू उहाँको स्तरअनुसार हिंड्‌न चुकेकोले परमेश्‍वरको नाममा कलङ्‌क लाग्यो। (इज ४३:८; आमो. २:७) तिनीहरू अवफादार भएकोले यहोवाले तिनीहरूलाई सजाय दिनुभयो। (भज ७४:१०, १८; यशै ५२:५ तुलना गर्नुहोस्‌) तर अरू राष्ट्रका मानिसहरू यहोवाले आफ्नो जनहरूलाई बचाउन सक्नुभएन भन्‍ने गलत निष्कर्षमा पुगे। किनभने इस्राएलीहरूलाई सजाय दिने व्यक्‍ति यहोवा नै हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूले बुझेका थिएनन्‌। यहोवाले उहाँको नाममा लागेको कलङ्‌क हटाउन बाँकी रहेका इस्राएलीहरूलाई मातृभूमिमा पुनर्स्थापित गर्नुभयो।—इज ३६:२२-२४.

it-2-E पृ. १४०

न्याय

त्यसकारण यहोवाको अनुमोदन पाउन चाहनेहरूले उहाँको न्यायिक स्तर बुझेर त्यसअनुसार जीवन बिताएको यहोवा चाहनुहुन्छ। (यशै १:१७, १८; १०:१, २; यर्मि ७:५-७; २१:१२; २२:३, ४; इज ४५:९, १०; आमो. ५:१५; मीका ३:९-१२; ६:८; जक ७:९-१२)

सेप्टेम्बर ११-१७

बहुमूल्य रत्न खोजौं

it-2-E पृ. १००१

मानिसको छोरो

हिब्रू धर्मशास्त्रमा सबैभन्दा धेरै चोटि प्रयोग गरिएको अभिव्यक्‍ति इजकिएलको किताबमा पाइन्छ। यस किताबमा परमेश्‍वरले भविष्यवक्‍ता इजकिएललाई ९० पटक “मानिसको छोरो” भनेर सम्बोधन गर्नुभएको छ। (इज २:१, ३, ६, ८) भविष्यवक्‍ता साधारण मानिस हुन्‌ तर तिनले सुनाएको सन्देशको स्रोत कुनै मानव नभई सर्वोच्च परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा बुझाउन यहोवाले यसरी सम्बोधन गर्नुभएको हो। दानियल ८:१७ मा दानियललाई पनि त्यही अभिव्यक्‍तिले सम्बोधन गरिएको छ।

सेप्टेम्बर १८-२४

बहुमूल्य रत्न खोजौं

it-2-E पृ. ३८२

मेशक

राजकीय भोजनले तिनीहरूलाई “अशुद्ध” तुल्याउँछ भन्‍नुको तीन वटा कारण हुन सक्छ। (१) बेबिलोनीहरू मोशाको व्यवस्थाले अशुद्ध ठहऱ्‍याएको जनावरको मासु खान्थे (२) तिनीहरूले राम्ररी रगत नबगाएको वा घाँटी अँठ्याएर मारेको जनावरको मासु खान्थे (३) ती मूर्तिपूजकहरूले जनावरहरू सुरुमा आफ्नो देवीदेवतालाई चढाउँथे अनि यसरी मूर्तिलाई चढाएको मासु खाएर ती देवताहरूको उपासना गरेको ठान्थे।—दा १:८; तुलना गर्नुहोस्‌ १को १०:१८-२०, २८.

सेप्टेम्बर २५–अक्टोबर १

बहुमूल्य रत्न खोजौं

w८८-E १०/१ पृ. ३० अनु. ३-५

पाठकहरूको प्रश्‍न

दानियल एक हिब्रू थिए। तिनलाई राजा सामु हाजिर गराइयो। राजाले तिनलाई बैजनी रङको लुगा र सुनको हार लगाइदिने अनि राज्यको तेस्रो दर्जा दिने प्रस्ताव राखे। तर भविष्यवक्‍ताले आदरपूर्वक यसरी जवाफ दिए: “हजुरका उपहारहरू हजुरले नै राख्नुहोला, अथवा आफ्ना उपहारहरू अरूलाई नै दिनुहोला। तापनि म यो लेखोट पढेर हजुरलाई त्यसको अर्थ खोलिदिनेछु।”—दानियल ५:१७.

त्यसैले अर्थ खोलिदिन दानियललाई कुनै मोल तिर्नु वा घुस दिनु पर्दैनथ्यो। राजाले आफ्नो उपहार आफैसित राख्न सक्थे वा अरू कसैलाई दिन सक्थे। यहोवाले बेबिलोनमाथि विनाश ल्याउन लाग्नुभएको थियो। दानियलले इनाम पाउन नभई उहाँद्वारा शक्‍ति पाएर अर्थ खोलेका थिए।

दानियलले आफूले दिएको वचनअनुसार अर्थ खोलेपछि राजाले तिनलाई इनाम दिन लगाइएको कुरा दानियल ५:२९ मा लेखिएको पाउँछौं। लुगा, सुनको हार दानियल आफैले लगाएका थिएनन्‌ बरु राजा बेलसजरको हुकुम अनुसार तिनलाई लगाइएको थियो। त्यसैले दानियल ५:१७ मा बताएको दानियलको निःस्वार्थ मनोवृत्तिसित यो कुरा बाझिदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने