बाइबलमा पाइने अनमोल धन | मत्ती ४-५
डाँडाको उपदेशबाट सिक्न सकिने पाठहरू
के तपाईं परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्नुहुन्छ?
“जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्” भन्ने वाक्यको शाब्दिक अर्थ “जसले पवित्र शक्तिको भीख माग्छन्” भन्ने हो। (मत्ती ५:३; फुटनोट) हामी निम्न कुराहरू गरेर परमेश्वरबाट आध्यात्मिक मदत पाउन उत्सुक छौं भनेर देखाउन सक्छौं . . .
हरेक दिन बाइबल पढेर
ख्रीष्टियन सभाहरूको लागि तयारी गरेर अनि त्यसमा उपस्थित भएर
हाम्रा प्रकाशनहरू अनि मौका पाउनेबित्तिकै हाम्रो वेबसाइटमा आउने जानकारी पढेर
हरेक महिनाको JW ब्रोडकास्टिङ कार्यक्रम हेरेर
आध्यात्मिक भोजन लिने मेरो तालिकामा म अझै कस्तो सुधार गर्न सक्छु?