प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ३ पृ. १०-११
  • समस्याबारे कसरी कुरा गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्याबारे कसरी कुरा गर्ने?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • कृतज्ञता कसरी व्यक्‍त गर्ने?
    ब्यूँझनुहोस्‌!—२०१७
  • पतिहरू हो—आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?
    ब्यूँझनुहोस्‌!—२०१५
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ३ पृ. १०-११
आफ्नो श्रीमतीको कुरा सुन्दै

परिवारका लागि | वैवाहिक जीवन

समस्याबारे कसरी कुरा गर्ने?

चुनौती

तपाईंले कुनै समस्याबारे जीवनसाथीसित सरसल्लाह गर्नुभयो तर समस्या सुल्झिनुको साटो झनै ठूलो भएको महसुस गर्नुभएको छ? छ भने चिन्ता नगर्नुहोस्‌। तपाईं आफ्नो अवस्था सुधार्न सक्नुहुन्छ। तर सबैभन्दा पहिला, पुरुष र महिलाको कुराकानी गर्ने शैलीमा के-कस्ता भिन्‍नताहरू छन्‌ भनेर बुझ्नुपर्छ।a

तपाईंले के बुझ्नुपर्छ?

पुरुषहरू समाधान खोज्नतिर ध्यान दिन्छन्‌ भने महिलाहरू समस्याबारे कुरा गर्न रुचाउँछन्‌

महिलाहरू प्रायजसो समाधान खोज्नुअघि समस्याबारे कुरा गर्न रुचाउँछन्‌। कहिलेकाहीं कुरा गर्नु नै समस्याको समाधान हो।

“मनमा लागेको कुरा श्रीमान्‌लाई बताउँदा अनि उहाँले मेरो कुरा बुझिदिंदा मन हल्का हुन्छ। प्रायजसो कुरा गरेको केही समयपछि नै मन हल्का हुन्छ।”—श्रेया।b

“कुनै समस्याबारे आफूलाई कस्तो लागिरहेको छ भनेर श्रीमान्‌लाई नबताउन्जेल मनमा छटपटी भइरहन्छ। तर एक चोटि बताएपछि सब चिन्ता हट्‌छ।”—जीना।

“जासुसले जस्तै समस्या कहाँबाट सुरु भयो भनेर पत्ता लगाउने कोसिस गर्छु।”—आकांक्षा।

पुरुषहरू समाधान खोज्नतिर ध्यान दिन्छन्‌। समस्याको समाधान निकाल्न पाउँदा पुरुषहरू खुसी हुन्छन्‌। समस्या पर्दा आफूमाथि भर पर्न सकिन्छ भनेर देखाउन श्रीमान्‌ले समाधान दिने गर्छन्‌। त्यसैले आफूले दिएको सल्लाह श्रीमतीले नसुन्दा श्रीमान्‌लाई अचम्म लाग्छ। किरण भन्छन्‌, “समाधान नै चाहिएको छैन भने किन समस्याबारे कुरा गर्ने? म त कुरै बुझ्दिनँ।”

सुखी वैवाहिक जीवनका सात सिद्धान्त भन्‍ने अङ्‌ग्रेजी किताबले “सल्लाह दिनुअघि राम्ररी कुरा बुझ्नुपर्छ” भनेर सुझाव दिएको छ। साथै यस्तो सुझाव पनि दिएको छ, “समस्याको समाधान दिनुअघि तपाईंले जीवनसाथीको कुरा राम्ररी बुझ्नुभएको छ भनेर थाह दिनुपर्ने हुन्छ। प्रायजसो अवस्थामा तपाईंको जीवनसाथीले समाधान होइन, आफ्नो कुरा ध्यान दिएर सुनिदिएको मात्र चाहिरहेको हुन्छ।”

तपाईं के गर्न सक्नुहुन्छ?

श्रीमान्‌को लागि: श्रीमतीको कुरा ध्यान दिएर सुन्‍ने अनि तिनको भावना बुझ्ने बानी बसाल्नुहोस्‌। सौरभ भन्छन्‌, “श्रीमतीको कुरा सुनिसकेपछि कहिलेकाहीं लाग्छ, ‘अनि समाधान के त?’ तर अक्सर उनले आफ्नो कुरा सुनिदेओस्‌ भन्‍ने मात्र चाहिरहेकी हुन्छिन्‌।” प्रवेश पनि यो कुरामा सहमत छन्‌। तिनी भन्छन्‌, “श्रीमतीले आफ्नो कुरा बताइरहँदा म बीचमा कुरा काट्‌ने गर्दिनँ। यसो गर्दा नतिजा राम्रो हुने गरेको छ। प्रायजसो उनले आफ्नो कुरा भनिसकेपछि हल्का महसुस गर्छिन्‌।”

यसो गरे कसो होला? अर्को चोटि कुनै समस्याबारे कुरा गर्दा श्रीमतीलाई सल्लाह दिइहाल्ने नगर्नुहोस्‌। श्रीमतीले आफ्नो कुरा बताइरहँदा अनुहारमा हेर्नुहोस्‌ अनि ध्यान दिएर सुन्‍नुहोस्‌। ध्यान दिएर सुन्दै हुनुहुन्छ भनेर देखाउन टाउको हल्लाउनुहोस्‌। तिनको कुरा बुझेको देखाउन तिनको भनाइको आशय दोहोऱ्‍याउनुहोस्‌। राजिव भन्छन्‌, “कहिलेकाहीं मेरी श्रीमती मैले उनको कुरा बुझेको छु अनि उनलाई साथ दिएको छु भनेर मात्र बुझ्न चाहन्छिन्‌।”—बाइबलको सिद्धान्त: याकूब १:१९.

श्रीमतीको लागि: श्रीमान्‌ले के गरेको चाहनुहुन्छ, स्पष्ट भन्‍नुहोस्‌। एलिना भन्छिन्‌, “म के चाहन्छु भनेर श्रीमान्‌ आफैले बुझिदिए हुन्थ्यो जस्तो लाग्छ तर कहिलेकाहीं आफूले चाहेको कुरा बताउनै पर्ने हुन्छ।” ईशा यस्तो सुझाव दिन्छिन्‌, “म यसो भन्‍ने गर्छु, ‘मलाई एउटा कुराले खाइरहेको छ। तपाईंले मेरो कुरा सुनिदिए मात्र पुग्छ। समस्याको समाधान दिनुपर्दैन, मेरो भावना बुझिदिए पुग्छ।’”

यसो गरे कसो होला? यदि श्रीमान्‌ले हत्त न पत्त सल्लाह दियो भने तिनी भावना नै नबुझ्ने मान्छे रहेछन्‌ भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। तिनले तपाईंको बोझ हल्का गर्न खोजिरहेका हुन सक्छन्‌। आभा भन्छिन्‌, “रिसाइहाल्नुको साटो उहाँ मेरो ख्याल राख्नुहुन्छ, मेरो कुरा सुन्‍न चाहनुहुन्छ अनि मलाई मदत पनि गर्न चाहनुहुन्छ भनेर सम्झने कोसिस गर्छु।” —बाइबलको सिद्धान्त: रोमी १२:१०.

दुवैको लागि: हामी आफूलाई जस्तो व्यवहार गरिएको चाहन्छौं, त्यस्तै व्यवहार अरूलाई गर्छौं। तर समस्याबारे राम्ररी कुरा गर्न चाहनुहुन्छ भने तपाईंको जीवनसाथी आफूसित कस्तो व्यवहार गरिएको चाहन्छन्‌, पहिला त्यो विचार गर्नुपर्छ। (१ कोरिन्थी १०:२४) यसबारे मिलन यसो भन्छन्‌, “तपाईं श्रीमान्‌ हुनुहुन्छ भने आफ्नो जीवनसाथीको कुरा सुन्‍न तयार हुनुहोस्‌। श्रीमती हुनुहुन्छ भने कहिलेकाहीं समाधान सुन्‍न पनि तयार हुनुहोस्‌। यदि तपाईंहरू सम्झौता गर्न तयार हुनुभयो भने वैवाहिक जीवन सुखी हुनेछ।” —बाइबलको सिद्धान्त: १ पत्रुस ३:८. (g16-E No. 3)

a यस लेखमा चर्चा गरिएको श्रीमान्‌ र श्रीमतीहरूको स्वभाव सबैसित मिल्छ भन्‍ने छैन। तर यहाँ दिइएका सिद्धान्तहरूले विवाहित दम्पतीलाई एकअर्काको कुरा राम्ररी बुझ्न र खुलस्त कुराकानी गर्न मदत गर्छ।

b यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”—याकूब १:१९.

  • “एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।”—रोमी १२:१०.

  • “एकै मनका होओ, एक-अर्काको पीडा महसुस गर।”—१ पत्रुस ३:८.

ठीक समयमा कुरा गर्नुहोस्‌

बाइबल भन्छ, “ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल हुन्छ।” (हितोपदेश १५:२३) तर गलत समयमा भनिएको कुराले नराम्रो नतिजा ल्याउँछ।

“गलत समयमा गरेको कुराकानी नराम्रै हुन्छ।”—श्रेया।

“भोकाएको अनि थाकेको बेला गम्भीर विषयमा कहिल्यै कुराकानी गर्नु हुँदैन।”—जुही।

“एक चोटि मैले श्रीमान्‌ आउनेबित्तिकै आफूलाई चित्त नबुझेको कुरा भन्‍न थालें। तर म बोल्दाबोल्दै रोक्किएँ। म कस्तो कचकचे रहेछु भन्‍ने जस्तो लाग्यो। उहाँलाई ‘खाना खाएपछि कुरा गरौं’ भने। उहाँ खुसी हुनुभयो अनि पछि हामी व्यावहारिक अनि शान्त भएर कुरा गर्न सक्यौं।”—आकांक्षा।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने