ख्रिष्टियन जीवन
तपाईँ प्रचार गर्न र सिकाउन सक्नुहुन्छ!
यहोवाले मोसालाई एउटा जिम्मेवारी दिनुहुँदा तिनले आफूलाई त्यस कामको लागि अयोग्य सम्झेका थिए। (प्रस्थ ४:१०, १३) के तपाईँले पनि त्यस्तो महसुस गर्नुभएको छ? के तपाईँ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ? तपाईँलाई घरघरको प्रचार गर्न सक्दिनँ जस्तो लाग्छ कि? अथवा तपाईँ युवा हुनुहुन्छ भने तपाईँलाई स्कुलमा साक्षी दिन अप्ठेरो लाग्छ होला। अथवा तपाईँलाई सार्वजनिक साक्षीकार्य वा टेलिफोन साक्षीकार्यमा भाग लिन डर लाग्छ होला। त्यसो हो भने यहोवासित पवित्र शक्तिको बल माग्नुहोस्। (१प ४:११) यहोवाले तपाईँलाई जुनसुकै जिम्मेवारीको लागि योग्य बनाउन सक्नुहुन्छ भनेर ढुक्क हुनुहोस्।—प्रस्थ ४:११, १२.
साहसी . . . प्रचारक हुनुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
बहिनी आओयामाले कस्तो चुनौतीको सामना गरिन्?
तिनले कहाँबाट बल र साहस पाइन्?—यर्मि २०:७-९
तिनलाई यहोवाको सेवामा अझ धेरै गर्ने प्रयास गर्दा कस्तो फाइदा भयो?
यहोवाले तपाईँलाई प्रचारकार्यमा कस्ता चुनौतीहरूको सामना गर्नको लागि मदत दिन सक्नुहुन्छ?